Tuesday, June 7, 2011

काग्रेस नेताहरूले भने महत्वपूर्ण निर्णय नगर्नुस

 जेष्ठ २४, काठमाडौ, कांग्रेसले महत्वपूर्ण नियुक्ति, बढुवा र सरुवा नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस नेताहरुले मंगलबार बिहान प्रधानमन्त्री झलनाथ खनाललई भेटेर आफ्नो पार्टीको निर्णय जानकारी गराएका हुन् । कांग्रेस केन्द्रीय समितिको सोमबार बसेको बैठकले कामचलाउ अवस्थामा पुगेको सरकारले महत्वपूर्ण सरुवा,बढुवा र नियुक्ति नगर्न तथा त्यसो गरिए सशक्त प्रतिकार गर्ने निर्णय गरेको थियो ।
महामन्त्री प्रकाशमान सिंह सहितको टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री  खनाललाई भेटी काम चलाउ सरकारले दैनिक काम काज बाहेक अन्य काम गर्न नमिल्ने भन्दै सहमति विपरीत नजान आग्रह गरे । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सौहार्दपूर्ण वातावरणमा कांग्रेसका नेताहरुले आफ्नो पार्टीको निर्णय प्रधानमन्त्रीलाई जानकारी गराएको बताए । बिहान पौने १० देखि पौने ११ बजेसम्म कांग्रेसका नेताहरु र प्रधानमन्त्रीबीच भेटवार्ता भएको थियो । राजनीतिक नियुक्ति गर्दा प्रमुख प्रतिपक्षी दलसँग छलफल नगरीरिएको उनीहरुले आपत्ति जनाएका थिए । प्रत्युत्तरमा प्रधानमन्त्रीले सहमतिबाटै आफू अगाडि बढ्ने बताएका थिए । उनले गम्भीर र दुरगामी असर पुग्ने खालको नियुक्ति गर्ने आशय सरकारको नभएको स्पष्ट पारेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिए ।
शान्ति पक्रिया,संविधान निर्माण र पाँच बुँदे सहमति कार्यान्वयनका विषयमा पनि छलफल भएको थियो ।  प्रधानमन्त्रीले सहमतिबाट अर्को विकल्प आउनसाथ आफूले  राजीनामा दिने कांग्रेस नेताहरुलाई बताए । कांग्रेस टोलीमा एनपी साउद, दिलेन्द्रप्रसाद बडु सहभागी थिए ।  काग्रेस ले यस अघि पानी प्रधान मंत्रिलाई सुझाब दिदै आएको छ .
 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्