Friday, June 17, 2011

महेश बस्नेतलाई बिराटनगर स्थित पार्टी कार्यलयमा ल्याएर छोडो .

विराटनगर, अषाढ ३ , बिहीबार सुनसरीको इटहरीमा प्रहरीले जबरजस्ती पक्राउ गरेको नेकपा एमालेको भातृ संगठन युवा संघका केन्द्रीय अध्यक्ष महेश बस्नेतलाई आज प्रहरीले एमालेको विराटनगर, पाञ्चालीस्थित कार्यालयमा ल्याएर केही बेरअघि छाडिदिएको छ । मोरङ एमालेका अध्यक्ष विनोद ढकालका अनुसार प्रहरीले कार्यालयमा ल्याएर छाडेको हो । बस्नेतलाई विराटनगरको रानीस्थित क्षेत्रीय प्रहरी तालिम केन्द्रमा राखिएको थियो । उनले आफूलाई पक्राउ गर्नुको कारण प्रष्ट्याउन, पत्रकारमाथि आक्रमण गरेको अभियोग लागेका आफ्ना कार्यकर्ता परशु बस्नेतविरुद्धको उजुरी फिर्ता लिन लगायत माग राख्दै प्रहरीबाट मुक्त नहुने बताउँदै आएका थिए ।
पार्टी स्रोतका अनुसार स्थानीय नेता-कार्यकर्तासँग केहीबेर छलफल गरी बस्नेत राजधानी जाने कार्यक्रम छ । पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको ठूलो भीड लागेको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्