६ असार, काठमाडौ, बढ्दो बेरोजगारी समस्याका कारण पछिल्लो समय नेपालबाट विदेश पलायन हुने युवा जनशक्तिको अनुपातमा तीव्र वृद्धि भइरहेको छ .नेपालमा पर्याप्त रुपमा रोजगारी नपाए पछी धेरै युवाहरु विदेश पलायान भएका हुन् . वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा तीन लाख १० हजार भन्दा बढी युवा कामको खोजीमा विदेसिएका छन् । यसवर्ष सबैभन्दा बढी युवा गत जेठमा बिदेसिएको तथ्याङ्कले देखाएको छ । विभागले जेठ महिनामा मात्र ४० हजार ४ सय ६१ कामदार बारिहएको जनाएको छ । यो एक महिनाको अवधिमा बिदेश पलायन हुने युवाको हालसम्मकै उच्च संख्या हो । जसमध्ये १३ हजार ७ सय १९ जना कतार र ८ हजार ७ सय ४८ मेलेसिया पुगेका छन् । यस्तै साउदी अरबमा ८ हजार २ सय ९६ कामदार रोजगारीमा लागि गएका छन् । ५ हजार ४ सय ७६ संयुक्त अरब इमिरेट्समा र २ हजार ९८ कामदार यो वर्ष कुबेत पसेका छन् । विभागका अनुसार यस वर्ष बिदेसिनको संख्या गत वर्षको तुलनामा १५ हजारले बढी छ । गत आर्थिक वर्षमा २ लाख ९४ हजार ९४ जना युवा कामका लागि विभिन्न मुलुक पुगेका थिए. नेपालमा जर्वजस्त रुपमा बढिरहेको ब्रोजगारी समस्या र मलेसिया ,कतार लगायतका मुलुकको सुधारिँदो आर्थिक अवस्थाका कारण युवाशक्ति बिदेसिनेक्रम बढेको जानकारहरु बताउँछन् ।
बैदेसिक रोजगार व्यवसायी संघका अक्ष्यक्ष सोमलाल बाटाजु अदक्ष नेपाली कामदार सस्तोमा पाइनाले पनि बैदेसिक रोजगारदाताले नेपाली कामदार छनोट गर्ने गरेको बताउँछन् । एमआरपीको वितरण सहज ढंगले भए कामका लागि बिदेसिनेको संख्या अझै बढ्ने बटाजुको भनाई छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्