Monday, September 3, 2012

आयल निगमले सबै पेट्रोलियम पदार्थको मूल्य फेरी बढ़ायो

नेपाल आयल निगमले सबै पेट्रोलियम पदार्थको मूल्य  फेरी बढाएको छ । गएराती अबेर बसेको निगम सञ्चालक  समितिको बैठकले मुल्य बढाउने निर्णय गरेको हो ।  निगम स्रोतका अनुसार पेट्रोलमाँ  प्रतिलिटर पाँच रुपैयाँ, डिजेल तथा मट्टतिेलमा चार रुपैयाँ र हवाई इन्धनमा ११ रुपैयाँ बढाउने निर्णय भएको छ । यो मुल्य  आइतबार रातीदेखिनै कार्यान्वयनमा आएको छ । साथै खाना पकाउने ग्यासँमा प्रति सिलिण्डर ५५ रुपैयाँ बढाउने निर्णय गरेको छ ।  बढेको मूल्यसँगै अब उपभोत्ताले पेट्रोल प्रतिलिटर एकसय २५ रुपैयाँ, डिजेल ९७ रुपैयाँ, मट्टतिेल ९७ रुपैयाँ, हवाई इन्धन एकसय २० रुपैयाँ ६९ पैसा र एलपी (खाना पकाउने ग्यास ) प्रति शिलिन्डर एकहजार चारसय ७० रुपैयाँ पर्ने छ ।  यसैबीच पेट्रोलियम पदार्थको मुल्यबृद्धिको बिरोधमा विभिन्न दल सम्बद्ध युवा विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् अझै  सन्घर्ष का कार्यक्रम अघि सारिका छन । मूल्यबृद्धि फिर्ता गर्न माग गर्दै विद्यार्थीले कृषि विकास मन्त्रालयका बा १ झ ८४५२ नंबरको गाडीमाथि तोडफोड गरेका छन् । यो सरकारले एक बर्षको अबधिमा 6 पटक मुल्यब्रिद्दी गरेर ईतिहा सै रचेको छ। खाद्यान्न तरकारी लगायत दैनिक उपभोग्य बस्तुको मुल्य आकासीएको बेलामा पेट्रोलीयम पदार्थको मुल्यब्रिद्दी गरेर सरकारले जनता माथि थप कुठराघात गरेको छ । नालायक सरकार अबिलम्ब मुल्यब्रिद्दी फिर्ता गर ? आयल्निगम भित्रको कमिशन र भ्रस्टचार निर्मुल गर ? दोहोरो कर हटाउ त्यसपछी महिनै पिच्छे करोडौ को घाटा जनतालाई देखाएर मुल्यब्रिद्दी गर्नुपर्ने बाहना  देखाउने यो  सरकारले दशैको मुखमा आएरा  जनतालाई ढड़   सेकाउने उद्देश्य ले बढ़ाएको छ   .

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्