Monday, September 3, 2012

प्रविधिका प्रभावशाली महिला


ssandberg
            श्रेयल स्यान्डबर्ग

फोब्र्स म्यागजिनले सन् २०१२ का प्रविधि क्षेत्रका शक्तिशाली महिलाको सूचीमा फेसबुक की प्रमुख सञ्चालन अधिकृत स्यान्डबर्ग रहेकी छन् । सन् २००८ देखि प्रमुख सञ्चालन अधिकृतका रूपमा काम गर्दै आएकी उनले गत जुनमा मात्र फेसबुक को सञ्चालक समिति सदस्य भएकी छन् श्रेयल स्यान्डबर्ग काठमाडौ, भाद्र १६ - विश्वका ठूला प्रविधि कम्पनी जस्तै फेसबुक को कुरा गर्ने बित्तिकै मार्क जुकेरबर्गको चर्चा हुन्छ । माइक्रोसफ्टसँगै जोडिन्छन् विल गेट्स । एप्पलको चर्चा स्टिभ जब्सबाट सुरु हुन्छ । गुगल होस् वा सामसङ त्यसमा पनि पुरुष अनुहार जोडिन्छन् । विश्व अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान प्रविधिको क्षेत्रमा अहिले बिस्तारै महिलाको संलग्नता पनि बढ्न थालेको छ । तरका अनुहारले पुष्टि हुन्छ, प्रविधि क्षेत्रमा पुरुषको मात्र बोलबाला छैन, महिला पनि उत्तिकै प्रभावशाली छन् । । उनी फेसबुक को सबैभन्दा पहिलो महिला सञ्चालक समिति सदस्य हुन् । फेसबुक मा उनको झन्डै १ अर्ब अमेरिकी डलरको सेयर छ ।
हार्डवर्ड विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन पूरा गरेकी उनी अमेरिकामा विल क्लिन्टन राष्ट्रपति हुँदा अमेरिकाको अर्थ मन्त्रालयमा प्रमुख कर्मचारीका रूपमा काम गरेकी थिइन् । त्यसपछि उनी गुगलको अनलाइन ग्लोबल सेल्स एन्ड अपरेसनमा उपाध्यक्षका रूपमा काम गरेकी थिइन् । 'म यो अवस्थामा पुग्छु भन्ने मैले सोचेकी थिइनँ,' उनले भनेकी छन्, 'तर म विश्वास गर्छु कि महिला र पुरुष दुवैको सफल परिवार र करियर सम्भव छ ।' धेरै महिला शक्तिशाली अवस्थामा पुग्नेमा आफू विश्वास गर्ने उनले बताइन् ।
जेन्नी रोमिट्टी
अक्टोबर महिनामा ३० वर्षे महिलो जेन्नी आईबीएमको प्रमुख कार्यकारी अधिकृत भएकी छन् । अमेरिकाको पुरानो प्रविधि कम्पनी आईबीएममा माथिल्लो पदमा पुग्ने आईबीएम भेट्रान पहिलो महिला हुन् । आफ्नो कार्यकालको पहिलो वर्षमा उनले आईबीएमका लागि ५ वर्षे महत्त्वाकांक्षी योजना सार्वजनिक गरेकी छन् । जसमा सन् २०१५ भित्र क्लाउड कम्प्युटिङ र बिजनेस एनालाइटिक्स सफ्टवेयरको व्यापारबाट २० अर्ब अमेरिकी डलर आम्दानी गर्ने लक्ष्य छ । 'लक्ष्य प्राप्ति सकारात्मक बाटोमा अगाडि बढिरहेको छ,' उनले भनिन् ।
जेन्नीले सन् १९८१ बाट आईबीएममा काम सुरु गरेकी थिइन् । सुरुमा सिस्टम इन्जिनियरको काम गरेर उनीले पछि ग्लोबल सेल्सको प्रमुख भइन् । त्यसपछि उनले आईबीएमको बजार १ सय ७० देशमा विस्तार गरिन् ।
उर्लसुला बर्न्स
पि्रन्टर र कपियरको व्यापार गरिरहेको कम्पनी एक्सरोक्सको प्रमुख कार्यकारी बर्न्स बिस्तारै कम्पनीलाई सेवा व्यवसायतिर लैजान व्यस्त छन् । विगत तीन वर्षदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेकी उनले कम्पनीमार्फत इलेक्ट्रोनिक टिकट कारोबार, सडक टोल, पार्किङ मिटर सेवामा लागेकी छन् । यस क्षेत्रले अहिले कम्पनीको कुल आम्दानीको आधा आम्दानी बेहोर्छ । बन्र्सले सन् १९८० बाट एक्सरोक्समा प्रशिक्षार्थी इन्जिनियरका रूपमा काम सुरु गरेकी थिइन् । उनी अमेरिकामा गनिने कम्पनीलाई नेतृत्व गर्ने पहिलो अश्वेत महिला हुन् । 
मेग ह्वाइटम्यान
ह्वाइटम्यान अमेरिकी कम्पनी हेवालेट प्याकार्डको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हुन् । हार्डवर्ड विश्वविद्यालयबाट ग्य्राजुएट सकेकी उनले सन् १९८० बाट वाल्ट डेस्टिनी कम्पनीमा एक्ज्युकेटिभका रूपमा काम सुरु गरेकी थिइन् । उनले ईवेमा सन् १९९८ देखि १० वर्षसम्म प्रमुख कार्यकारी अधिकृत भएर काम गरिन् । त्यस अवधिमा उनले कम्पनीको काम गर्ने कर्मचारी ३० जनाबाट १५ हजार पुर्‍याइन् भने आम्दानी ४० लाखबाट ८ अर्ब डलर पुर्‍याएकी थिइन् ।
यसो त सन् २००९ मा उनीले क्यालिफोर्नियाको गभर्नरमा उम्मेदवारी दिइकी थिइन् । तर सफल भइनन् । उनी क्यालिफोर्नियाकी चौथो धनी महिला पनि हुन् ।
मारिसा मेयर
गुगलको २० औं स्थानमा रहेकी मेयरले गत जुलाईमा कार्यालय छाड्ने भन्दै गरेको घोषणाले धेरैलाई आश्चर्यमा पार्‍यो । तर उनीले प्राविधिको क्षेत्रलाई नै छाड्दै थिइनन् । उनले त्यहाँबाट याहुको नयाँ प्रमुख कार्यकारी अधिकृत बनिन् । जागिर छाडेपछि उनले भनिन्, 'गुगलमा बिताएको समय धेरै मज्जाको थियो । तर याहुमा माथिल्लो पदमा काम गर्नका लागि जागिर छाड्नु सजिलो निर्णय पनि थियो ।'
उनको अहिलेको मुख्य जिम्मेबारी भनेको घट्दै गएको याहुको शाखलाई बलियो बनाउनु हो । ३७ वर्षे मेयर सन् १९९९ बाट गुगलमा काम गर्न सुरु गरेकी थिइन् । उनले स्ट्यान्डफोर्ड युनिर्भसिटीबाट मास्टर गरेकी छन् । उनी विश्वमा चिनिएको कम्पनीको उच्च पदमा काम गर्ने युवा महिलामा पर्छिन् । याहुको प्रमुख कार्यकारी हुने घोषणा लगत्तै उनले अर्को घोषणा पनि गरेकी छन् कि 'म छिट्टै आमा हुँदै छु ।' 

s साभार : कान्तिपुर 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्