Sunday, September 16, 2012

नेपाली तीजमा विकास र बिक्रिती सगै भित्रिएको छ

नेपाली महिलाहरुको महान चाड तीज नजिकीदै छ । पहिला पहिला यो तीजलाई वर्ष दिनको दुख पोख्ने थल्योको रुप लिने गरिन्थ्यो । किन की महिलाहरुको सानै उमेरमा विहे हुने र उनिहरु धेरै समय सम्म माइत जान नपाउने  कारणले वर्ष दिनमा एक पल्ट माइत जाने र आफ्ना घरमा भोगेको सबै दुख कष्टलाई गीतको माध्यमवाट माइती घरमा साथीभाई संग सुनाउने र रमाइलो गर्ने हुँदा उनिहरुले आफ्नो दुख हल्का भएको महसुस गर्थे । कीन कि त्यस समयमा महिलाहरु पढे लेखेका पनि हुदैन थे उनिहरुलाई धेरै सामाजिक र आर्थिक वन्धनहरु ह्ुन्थे त्यसैले आफ्ना कुरा राख्न वर्ष दिनमा एक दिन तीज कुर्नु पथ्र्यो । साथि भाई संग आफ्ना दुख पोख्नु पथ्र्यो । तर अहिले समय फेरीएको छ ।


महिलाहरुको सदियौं देखिको दासत्व पनि केही कम भएको छ । किन कि उनिहरु पढ्न लेख्न सक्ने भएका छन् । नेपालका गाँउका केही र सहरका प्राय सबै महिला पढे लेखेका छन् ।  आफ्ना कुरा राख्नलाई तीजनै कुर्नु पर्दैन । धेरै फोरमहरु वनेका छन् तर पर्याप्त छैन्न । जति महिलाहरुले संघर्ष गरेका छन् तेति उनिहरुले उपलव्धि हासिल गरेका छैन्न  । पहिलाको तुलनामा केही प्रगती गरेका छन् , केही अवसर प्राप्त गरेका छन्, तर जति पाउनु पर्ने तेती अधिकार कागजमा त पाएका छन् व्यवहार मा अझै आई सकेको छैन । अहिले पनि धेरै महिलाहरुले दायिजो नल्यएको निहुमा ज्यान  गुमाउनु परेको छ , दायिजोको निहुमा दिन दिनै घरेलु हिंन्सा सहनु परेको छ । तर पनि विश्वलाई हेर्ने हो भने केही परिवर्तन पक्कै भएको छ ।  पहिला पहिला हाम्रा आमा दिदि वहिनीले तीजको गीतमा आफ्ना सासु , नन्दले दुख दिएको गीत गाउथे तर अहिले देश विकासका गीत घन्किन थालेका छन् महिला अधिकारका गीत घन्किन थालेका छन् । यसलाई पनि महिलाहरुमा आएको चेतना मान्नु पर्छ  । 

अहिले धेरै सुन्न सकिन्छ तीजमा विक्रिती वढेको छ । एक महिना सम्म तीज मनाउन थाले नेपाली दिदी वहीनी विग्रिए भन्ने गरेको सुनिन्छ । हुन पनि हो तीजमा केही मात्रमा विक्रिती पनि आएका छन् । पहिला पहिला समुहमा मिलेर गाउने तीज गीत अहिले सिडीमा आउन थालेका छन् । समुहको सट्टा सिडी वजाएर तीज गीत मा नाच्न थालेका छन् महिलाहरु ।  अहिले गीत वानाएर गाउन गाउ गाउमा समेत छोडिसकेको भान हुन्छ । सी डीमा आएको गीत पनि वेदना को होइन केटा र केटीको माया प्रेमका हुन्छन  यसलाई विक्रिती नै मान्नु पर्छ । किन की तीजमा त महिलाले मात्र दुख सुखका गीत गाउने चलन थियो तर केटा र केटी विचको प्रेमको गीत होइन । माया र प्रेमका गीत पनि हुन्थे तर दाजु भाई दिदी वहिनी र माइती मामलीका मात्र हुन्थे तर अहिले त भेट्न आउ है तीजको दीन विजि हुन्छु भोली पल्ट आउ फोन गर भन्ने जस्ता छन् यस्ता गीत केही भट्कीला नै हुन । किन की परम्परालाई विकासित गर्नु पर्छ सभ्य र भव्य वनाउनु पर्छ तर विक्रिती फैलाउनु हुदैन । अचेल भन्ने गरिन्छ हुने खाने महिलाहरु २० हजारको सारी गहना लगाएर तीजमा सजिने गर्छन । त्यसले तीज भनेको गहना देखाउने चाड पो होकि जस्तो देखिन्छ । तर नहुनेहरुका लागि एउटा सामान्य नयाँ लुगा लगाउन पनि धौ धौ हुन्छ । यस्ता विक्रितीले नहुने महिलाहरुको मनमा एउटा नैराश्यता पैदा गर्छ त्यसैले आफ्नो औकात मात्र होइन समाजको पनि औकत हेरेर चाड पर्व मानाउदा राम्रो होला । ताकि आफ्नो चाड मनाउने तरिकाले समाजमा वस्ने अन्य मानिसको मनमा नैराश्यता पैदा नगरोस ।

अहिले धेरै महिला नेतृहरु तीज कार्यक्रम नै व्यस्त भएका छन् । भन्न त उनिहरुले आफ्ना उदेश्य अनुसार आफ्ना धारण राखेको पाइन्छ । तर  अवको तीज कसरी मनाउने भन्ने योजना कतैवाट आएको सुनिन्न । यो तीज भडकिलो भयो सबैले भन्छन् तर कसरी मनाउनु पर्छ भन्ने आवज कतै आउदैन । अवको दिनमा तीजलाई महिला अधिकारको लडाई संग जोड्नु पर्छ । किन की नेपाली समाजका सबै महिलाहरु तीज मनाउछन् । यो तीजमा सबैले खुलेर आफ्ना कुरा राख्ने र संघर्षका आवज उठाएर मनाउनु पर्छ । यो तीज हिन्दु महिलाहरुको मात्र नभै सबै महिलाको पर्वको रुपमा विकास गर्नु पर्छ । भनिन्छ अंश र वंश को आवज उठाउने नेपाली महिलाहरु तीजको दरमा मंख पर्नु हुदैन , हो अव यो तीजलाई पनि अंश र वंशको आवज उठाउने माध्यमको रुपमा विकास गर्नु पर्छ । ताकि दर खाने , गहना प्रदर्सन गर्ने सारी प्रदर्सन गर्ने थलोको रुपमा मात्र होइन ।
अहिले तीजको वेलामा फेसन सो हरु हुने गरेका छन् ती पनि विक्रिती हुनु, महिलाहरुमा सुन्दरी प्रतियोगिहरु हुने गरेका छन ती पनि विक्रिती हुन । किन कि यस्ता फेसन सोले महिला भनेका सौनदर्यका साधान हुन भन्ने भान दिन्छ । त्यसैले यस्ता विक्रीती विसंगतीलाई हटाएर सामुहीक तीज मनाउने , आफ्ना कुरा राख्ने अधिकारका कुरा गर्ने साधारण किसिमले दर खाने चलन ल्याइयो भने तीज मनाएको सार्थक हुन्थ्यो तीज सबैको तीज वन्न सक्थ्यो  , महिला अधिकारको लागि कोसे ढुंगा पनि  तीज वन्न सक्थ्यो । 





No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्