Wednesday, December 5, 2012

लुम्बिनी महोत्सब आज देखि

२१ मंसिर, कपिलबस्तु  लुम्बिनीमा आजदेखि लुम्बिनी पर्यटन महोत्सव, कृषि तथा राष्ट्रिय औधोगिक व्यापार मेला सुरु हुदैछ । १० दिनसम्म चल्ने मेलाको सवै तयारी पुरा भएको आयोजकले जानकारी दिएका छन । भैरहवाको सिद्धार्थनगर उद्योग बाणिज्य संघको आयोजनामा सञ्चालन हुने महोत्सवमा सूचना केन्द्र, आईटी तथा फिना जोन, कृषि, अटो, होटल रेष्टुरेन्टका स्टलहरुसमेत रहने मेला मुल आयोजक समितिका सयोजक बिष्णु शर्माले जानकारी दिनुभयो । मेलाको नेपाल उद्योग वाणिज्य महासघंका उपाध्यक्ष भास्कर राज राजकर्णीकारले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
लुम्बिनी भ्रमण बर्ष २०१२ तथा लगानी बर्षको अबसरमा हुने कुरा महोत्सबले पर्यटन विकास, स्वदेशी उत्पादनको प्रवर्द्धन, कृषिको व्यवसायीकरण तथा बजारीकरण, उद्योगी तथा व्यवसायीहरुको पेशागत हकहित र अधिकारका साथै सामाजिक विकासमा समेत टेवा पुग्ने संघले जनाएको छ ।
हेलीकप्टरबाट लुम्विनीको दर्शन र अस्ट्रीज अवलोकनलाई मेलाको मुख्य आकर्षणको रुपमा राखिएको आयोजनकहरुले जनाएका छन् । मेला उद्घाटन पूर्व भैरहवा ब्रमेलीटोलबाट झाकींसहितको र्याली निकालीने  भएको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्