Saturday, October 30, 2010

एमाले स्थाई कमिटिको बैठक टुन्गियो

कात्तिक १४ काठमांडौ , नेकपा एमालेको स्थायी समिति बैठकले केन्द्रीय कमिटीको बैठक मंसिर १४ गते बोलाउने निर्णय गरेको छ ।  पार्टी कार्यालय बल्खुमा आइतबार विहान बसेको स्थायी समिति बैठकमा केन्द्रीय कमिटीको एजेण्डाका विषयमा समेत छलफल भएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा पनि छलफल भएको सचिव युवराज ज्ञवालीले जानकारी दिए ।  अन्योलका साथ अघि बढेको प्रधानमन्त्री चयन प्रक्रियालाई नयाँ ढंगबाट अघि बढाउने, सरकारले ल्याउने तयारी गरिरहेको बजेट,  सेना समायोजनमा देखिएको विवाद,  पार्टीको सांगठनिक संरचना जस्ता विषयमा पनि बैठकमा छलफल भएको छ ।
विवादकाबीच एमालेको स्थायी समिति बैठक आइतबार बसेको हो । सस्थापनपक्ष र प्रभावशाली नेता केपी ओलीपक्षधर नेताहरुबीच विवाद छ ।काङ्ग्रेसलाई प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन केपी ओली पक्षका नेताहरुले सहयोग नगरेको आरोप सस्थापन पक्षका नेताहरुले लगाएका छन भने अध्यक्ष झलनाथ खनाल माओवादीसँग मिलेर प्रधानमन्त्री खाने स्वार्थमा फसेको आरोप केपी ओली पक्षधर नेताहरुले लगाउदै आएका छन ।उक्त बिबादको बिचमा पनि एमालेको बैठा बसेकों छं  एमालेका प्रभाब साली नेता केपी शर्मा ओली एक महीने बिदेश भ्रमण माँ रहेकोले उक्ता बैठक २ दिन पर सार्ने अनुरोध ओली पक्षाले गारे पनि सस्थापन पक्षाले उनिहरुको कुरा नसुनेर बैठक बोलाएको हो

1 comment:

आफ्नो प्रतिक्रिया दिनुहोस्