Showing posts with label अंतरास्ट्रीय. Show all posts
Showing posts with label अंतरास्ट्रीय. Show all posts

Thursday, September 10, 2009

प्रेरणादई महिला नेत्री आङ सान सुकी


प्रजातन्त्र बादी नेत्री आङ सान सुकीको जन्म १९४५ को जुन १९ मा याङुनमा भएको हो । उनका बाबु आङ सानले आधुनिक बर्मेली सेना गठन हरी बेलायत सग युद्ब र बार्त दुबइ नितिका माध्यमबाट मुलुक्लाई सन १९४७ मा मुक्त्त परेका थिए । सोही बर्ष उनको हत्या भएको थियो । बाबुको मृत्‍यु पछी आङ सान सुकी र उनको दुई दाजुभाइलाई आमा खिन किले हुर्काइन । सन १९६९ मा बेलायतको अक्सर्फोड विश्वाबिध्यालय सेन्ट ह्यू कलेजबाट दर्शन शास्त्र , राजनीति र अर्थशास्त्रमा स्नातक पास गरिन । त्यस पछी उनी अमेरिका गइन र तीन वर्ष सँयुक्त्त राष्ट्र संघमा काम गरिन । उनले सन १९७२ मा तिब्बती सन्स्कृतिका बिद्बवान माइकल अरिस सग विवाह गरिन । उनले सन १९७३ मा जेठो छोरा र सन १९७७ मा कान्छो छोरालाई जन्मा दीइन् । उनले सन १९८५ मा ल्यान्डन विश्वाबिद्यालय बाट बिद्या बारीदी गरिन । सुकिले केही समय मेनमर सरकारको कर्माचारिको रुपमा समेत काम गरिन । आमा बिरामी परे पछी सुकी सन १९८८ मा बर्मा फर्किन । यसै बर्षा उनले पदर्सन को नेत्रित्व समेटा गरिन । सन १९९० मा सम्पन्न निर्वाचनमा सुकी को दल नेसनल फर डेमोक्रासिले दुई तिहाइ मत ल्यए पनि सैनिक सरकारले सुकिलाई सत्ता सत्तहस्तन्रण गरेन । त्यस अघिनै सुकिलाई नजर बन्धमा राख्यो । सुकी र उनका पतिको सन १९९५ मा अन्तिम पटक भेटघाट भएको थियो । अरिसलाई मेनमार सरकारले प्रबेश गर्न नदिएकाले पत्नी सग भेट गर्नै नपाई सन १९९९ मा उनको मृत्‍यु भयो ।

राजनीतिमा प्रबेश
सन १९८८ मा उदारबादी जनरल ने बिनलाई अपदस्त गरिएपछी आन्दोलन भाडकियो । त्यस आन्दोलनले प्रजातन्त्रका पक्षेमा आवाज उठायो । अगस्ठ ८ सन १९८८ मा आन्दोलन दबाइयो । ३ हजार भन्दा बढी मनिसको मृत्‍यु भएको थियो । सोही बर्षा अगस्ठ २६ मा उनले यागुनमा आयोजित सभालाई सम्बोधन गरिन । उक्त्त सभामा ५ लाख मानिस शाहभागी भएका थिए । उक्त पार्टिको महासचिब भए पछी उनलाई मेनमार सरकारले नजर बन्धमा राख्यो । उनलाई सरकारले मुलुक छोड्ने भए रिहा गर्ने सर्त राखेको थियो तर उनले तो कुरालाई स्विकार गरिनन । अगस्ठ ११ सन १००९ मा डेढ बर्षाका लागि नजबन्धको म्यद थपिएको थियो । नजरबन्धमै रहेका बेला अमेरिकि नागरिक जोन इटाबलाई घरमा प्रबेश गर्न अनुमती दिएको अभियोगमा उनलाई उक्त्त सजय दीएको हो ।

Tuesday, August 11, 2009

२ घण्टामा ४२ चुरोट खाने सजाय

हामीहरुले बरु चुरोट खाएको कारण सजाय पाएको धेरै पटक सुन्दै आएका छौ तर सजायको रुपमा चुरोट खान दिएको कुरा सुन्नमा कमै आउने गर्दछ। मलेसियामा एक जना छात्रलाई २ घण्टामा ४२ वटा चुरोट खाने सजाय दिईएको छ। उसलाई यस्तो सजाय दिईनुको कारण थियो, स्कुलमा उस सँग चुरोट र लाईटर भेटिनु। १६ वर्षिय त्यस छात्र लाई सजायको लागी यसरी सबैको आगाडी एकै पटकमा ४ वटा चुरोट खान समेत बाध्य पारीएको थियो।Mohd Alif Arifin, नामको त्यस छात्रले त्यसरी चुरोट खानु परे पछी एक हप्ता सम्म राम्ररी खाना खान समेत नसक्ने भएको थियो।त्यस छात्रकि अन्टीले सञ्चार मध्यमहरुलाई जनाए अनुसार त्यसरी जबर्जस्ती उसलाई चुरोट खान लगाउँदा उसका ओठ सुन्निएका थिए। त्यसको लागी स्कुल त्यो छात्रको अंकल सँग माफी मागीसकेको जनाईएको छ जसले उसको हेरचाह गर्ने गर्दै आएका थिए।

Sunday, August 2, 2009

यो अस्पताल होईन


यसो हेर्दा यो अस्पताल जस्तै छ र पहिलो पटक यहाँ जो पुग्छ त्यसको मुख बाट यो शब्द निस्कन्छ, अरे यो त अस्पताल नै पो हो त? किनकी त्यहा सबै कुरा एउटा अस्पतालमा हुने कुराहरु छन तर यो अस्पताल होईन यो त एउटा रेस्टुरा हो। Riga, Latvia मा रहेको त्यस रेस्टुराको नाम हो Hospitalis Restaurant जुन पुरै अस्पतलाको थिममा आधारित छ र त्यहाँ जाने कसैले पनी म आफु कुनै होटलमा छु भन्ने अनुभव भन्दा म कुनै अस्पतालमा छु भन्ने अनुभव गर्दछ।अझ रमाईलो कुरा त के छ भने त्यहाँ नर्सको जस्तो ड्रेस लगाएर बसेका वेट्रेसहरुले तपाईको टेबलमा तपाईले अर्डर गरेको खाना ल्याईदिन्छन र यदी तपाई वियर खान खोज्नु भयो भने पनी तपाईलाई सर्जनको ड्रेस लगाएर बसेका हरुले तपाईलाई पुरा साईन्टिफिक तरिकाले वियर दिन्छन।
त्यती मात्र हैन त्यहा खानको लागी काँटा चम्चा हैन पुरा अप्रेशनमा प्रयोग गरीने सामानहरु हुन्छन र तपाईलाई एउटा विरामी लाई दिने सेवा प्रदान गरिन्छ। खाना स्टेनलेस स्टिलको थालीमा र पेय पदार्थ फ्लास्कमा आएको देख्दा त्यहाँ जाने लाई अचम्मै लाग्छ।संसारमै नभएको यस्तो अचम्मको होटल त्यहाँका लोकल डाक्टरहरुले नै शुरु गरेका हुन। यदी तपाई पनी Hospitalis Restaurant को स्वाद लिन चाहानुहुन्छ भने Riga, Latvia भने पुग्नै पर्दछ।

Wednesday, July 29, 2009

सुडानमा एक महिला प्रकारलाइ पाइन्ट लगएको आरोपमा ४० कोर्‍रा र २ सया पचास सुडानी पाउन्ड जरिवाना त्रिन पर्ने भएको छ ।

Thursday, July 23, 2009

फासी अघी कुमारीत्व भङ

तेहाँरान ईरानमा हिरासतमा रहेकी कुमारिको अपराध प्रृस्टि भएमा कुमारीत्व भङ गरेर मात्र फासी दिने गरिन्छ । त्यहाको धार्मिक कानुनमा कुमारीलाई फासी दिने प्रभाधान नरहेकोले अधिकारइहरुले कुमारीत्व भङ पछी मृत्‍यु दन्ड दिने गरेका हुन । यो खुलासा मिलिसियाका एक गार्डले गरेका हुन । उनले भने मलाई १८ बर्षको छदा उच्च अधिकारिले हिरासतमा रहेकी एक कुमारीलाई बलत्कार गर्न लगयका थिए । ति गार्डले एक अखबारलाई भने, ईरानको ईस्लामिक कानुन अनुसार कुनै पनि कुमारीलाई फासी दिनु हैराकानुनी भएकाले मलाई उक्त कुकर्मा गर्न लगयको हो । उच्च अधिकारिहरुले हिरासतमा रहेकी कुमारी सग कुनै गार्डको जबर्जस्ती विवाह गरिदिए र सम्सर्ग गर्नका लागि छुट दिने चलन रहेको पनि ति गार्डले बताए । ईरानमा विवाह पछीको बलात्कार लाई कानुनी मन्यता छ ।
साभार :एजेंसी

देव पटेलले हिन्दी फिल्म खेल्ने

ओस्कार विजेता फिल्म 'स्लमडग मिलेनियर'का अभिनेता देव पटेल अब छिटै नै हिन्दी फिल्ममा पनी देखिन सक्ने छन।चर्चित तमिल फिल्म 'Nadodigal' को हिन्दी रिमेकमा उनी देखिन सक्ने कुरा फिल्मका निर्देशक Samuthirakkani ले सञ्चार माध्यमहरुलाई बताएका हुन। अहिले उनी सँग यस बारेमा कुराकानी चलिरहेको उनले पत्रकार सम्मेलनमा जनाए।"हामीहरु लाई पुरा आशा छ कि हामी उनलाई यो चलचित्रको लागी अनुबन्ध गर्न सफल हुने छौं" नाम राख्न बाँकी फिल्मका निर्देशक Samuthirakkani ले भने। फिल्म 'Nadodigal' एउटा सानो शहरका तिन साथीहरु बिचको कथामा आधारित छ र यसको रिमेकले अहिलेका पुस्ता लाई राम्रो सन्देश दिने Samuthirakkani को विश्वाश रहेको छ।
साभार : एजेंसी

Thursday, July 16, 2009

मान्छेको मासु खाने राष्ट्रपति

तपाईले फिल्ममा वा कथाहरुमा मानिसले मानिसको मासु खाएको त देख्नु वा सुन्नु भएकै होला। कुनै देशको राष्ट्रपतिले पनि मान्छेको मासु खान्थे भन्दा सायद तपाईलाई पत्यार नलाग्न सक्छ। तर यो सत्य हो युगाण्डाका भुतपूर्व राष्ट्र पति ईदी अमिनले मानिसको मासु खान्थे। सन् १९७१ देखि १९७९ सम्म युगाण्डाका राष्ट्रपति भएका उनले आफ्नो शासनकालमा पाँच लाख मानिसको हत्या गरेको भनाई छ।
एकदमै रिसाहा र सन्काहा भएकाले उनलाई केही शंका लागेमा उसको तुरुन्तै हत्या गरीहाल्ने उनको बानी थियो। उनले मानिसहरुको हत्या गरी चक्कुले काटेर तिनको मासु काँचै खाने गर्थे। एकदम पिडा दिएर मानिसको हत्या गर्नु उनको सौख थियो। उनले महिलाहरु लाई समेत अत्यन्तै अमानविय तरीकाले हत्या गर्ने गरेको पाईएको छ। महिलाहरुको हत्या गर्दा उनले स्तन, नाक, कान, गुप्ताङमा हतियार प्रहार गरेर मार्ने गर्थे। उनको सन् २००३ मा साउदि अरबमा मृत्यु भएको थियो।
साभार एजेंसी

Tuesday, July 14, 2009

स्वतन्त्र तिब्बतको माग गर्दै तिब्तिहरू


स्वतन्त्र तिब्बतको माग गर्दै मंगलबार राजधानीको ललितपुरस्थित संयुक्त राष्ट्र संघको कार्यालय अगाडि प्रदर्शन गर्दै तिब्बती शरणार्थीहरु । पछिल्लो समयमा शरणार्थीहरुले नेपालमा आफ्नो गतिविधि गुप्त र खुला रुपमा सक्रिय बनाएका छन् ।

Tuesday, July 7, 2009

आफ्नै आमाको नग्न तस्विर बेच्ने छोरा

पैसाको लागी मानिसले जे पनि गर्न पछी नहटने कुरा सुन्नमा आएको थियो तर आफनै जन्म दिने आमाको सम्मान पनि अब बाँकी रहेन । कती सम्म गर्न सक्छन भन्ने कुराको एउटा अर्को उदाहरण फेला परेको छ। न्युजिल्याण्डको एउटा टिनएजर केटाले पैसाको लागी आफ्नै आमाको नग्न फोटोहरु अनलाइनमा बेच्ने प्रयास गरेको छ। अकल्याण्डको १८ वर्षिय त्यो युवकले आफ्नी ४४ वर्षिय आमा जेनिफरका अर्ध-नग्न तस्विरहरु बेच्नको लागी अनलाईनमा लिस्ट बनाएर राखेको थियो।
TradeMe नामको लिलामी साईटमा उसले 'मेरी आमाका नग्न तस्विरहरु' भन्दै लिलामीमा राखेको थियो जुन कुरा थाहा पाएर जेनिफर रिसाए पनी दोस्रो पटक भने उनकै ईच्छा अनुरुप उसले फोटोहरु राखेको थियो तर दोस्रो पटकका तस्विरहरु अली बढी कपडा लगाएका थिए जसमा एउटा अन्डरवेयर मात्र लगाएको पनी थियो।
आफु सँग पर्याप्त पैसा नभएकाले आफुले यसो गरेको उसको भनाई थियो। लगभग ८ वर्ष अगाडी आफ्नै साथीले खिचेका ति तस्विरहरु बिक्री भएर आएको पैसाको ५० प्रतिशतको चाहना आफुले राखे जेनिफरले न्युजिल्याण्डको एक पत्रीका लाई बताएकि थिईन। तर लगभग ११,००० पटक हेरिए पछी TradeMe ले ति तस्विरहरु राख्न योग्य नभएको भन्दै वेबसाईट बाट हटाएको थियो।
साभार

Sunday, July 5, 2009

विरोधको नया तरिका


हामीहरुले विरोध गर्ने धेरै तरिकाहरु देखेका छौं नेपालमा विरोध गर्दा टायर बाल्ने र चक्काजाम गर्ने गरीन्छ। त्यस बाहेक अन्य देशहरुमा हामीहरुले विरोधका धेरै शैली देखेका सुनेका छौं। तर एक ब्रिटीस महिलाले आफुलाई माछा मार्ने हुकमा झुण्ड्याएर विरोध गरेकि छन। Alice Newstead नामकी जनावर अधिकारवदी ति महिलाले आफ्नो शरिरमा सिल्भर रङ्गको पेन्ट लगाएर आफुलाई त्यसरी झुण्ड्याएकि थिईन। पेरिसको एउटा कस्मेटिक पसलको अगाडी उनले आफुलाई सार्कलाई फसाउन प्रयोग गरीने हुक आफ्नो ढाडमा फसाएर १५ मिनेट सम्म झुण्डिएकि थिईन।त्यस क्रममा उनको छाला तन्किएर रगत समेत निस्केको थियो। धेरै माछाहरु लगायत सार्क मारे पछी अहिलोए तिनको संख्या कम हुदै गए पछी यसरी विरोध गरीएको हो।विभिन्न प्रयोजनको लागी सार्कहरु अत्याधिक रुपमा समातिन थाले पछी गएको १० वर्षमा कुनै प्रजातीका सार्कको संख्या ८० प्रतिशतले घटेको International Fund for Animal Welfare (IFAW) को तथ्यांक छ। जसले गर्दा त्यहाँको पारिस्थितीक प्रणालीमा पनी गम्भिर असर पुगेको वैज्ञानिकहरु बताउछन।
एजेंसी

Monday, June 29, 2009

राष्ट्र्पती माथी नै कुरी-कुरी

कुनै देशका राष्ट्रपतीले पत्रकार सम्मेलन गरेको बेला माथी बाट बाँदरले राष्ट्रपतीको कपडामा पिसाब गरीदियो भने कस्तो स्थिती उत्पन्न होला??यस्तै भयो जाम्बियाका राष्ट्रपतीलाई, जाम्बियाका राष्ट्रपती Rupiah Banda ले Lusaka मा रहेको आफ्नो अफिस बाहिर पत्रकार सम्मेलन गरीरहेको बेला माथी रुखमा बसिरहेको बाँदरले उनको ज्याकेटमा पिसाब गरीदियो। तर पत्रकार सम्मेलनकै बेला यस्तो भए पनी राष्ट्रपतीले भने यसलाई अन्यथा नलिई जोकको रुपमा प्रस्तुत गरीदिए। राष्ट्रपतीले त्यो कुरालाई तुरुन्तै जोकमा परिणत गरीदिदै भने, "तिमीले मेरो ज्याकेटमा पिसाब गरीदियौ"??त्यो बाँदर उनको अफिस Lusaka's State House को बाहिरको रुखमा बसेको थियो। उनले त्यही बेला आफ्ना प्रतिपक्षी माथी पनी प्रहार गर्न पनी भुलेनन। "अब म यसलाई Michael Sata लाइ लन्चको लागी दिन्छु" उनले भने। Michael Sata लाई उनले अघिल्लो वर्ष चुनाबमा पराजित गरेका थिए।त्यस पछी उनले तुरुन्तै आफ्नो कार्यकालको दोस्रो पत्रकार सम्मेलन फेरी शुरु गरे।
साभार : इमज्जा

Thursday, June 25, 2009

पपसम्राट माइकल ज्याक्सनको मृत्यु

१२ असार, एजेन्सी । पपसङ्गीतका सम्राटका रुपमा चिनिने अमेरिकी गायक माइकल ज्याक्सनको आज बिहान मृत्यु भएको छ । उनको गएराती आफ्नै घरमा हृदयघातबाट मृत्यु भएको वीवीसीले जनाएको छ । ज्याक्सन एक्कासी सिकिस्त बिरामी भएको खबर पाएपछि उपचारका लागि चिकित्सक उनको घर पुगेका थिए । त्यसपछि उनलाई युसीएलए मेडिकल सेन्टरमा राखिएको थियो । यद्यपी मेडिकल सेन्टरमा लैजानु अगावै उनको मृत्यु भएको चिकित्सकहरुले जनाएका छन् । पचास बर्षीय ज्याक्सनको मृत्युको खबर पाएपछि उनका हजारौं समर्थक शव राखिएको स्थानिय मेडिकल सेन्टरमा जम्मा भएका छन् ।
उनले आगामी महिना लन्डनमा १० वटा साङ्गितिक कार्यक्रम गर्ने तयारी गरेका थिए । ९ अगस्ट सन् १९५८ मा जन्मिएक ज्याक्सनको अफ द वाल (१९७९), थि्रलर (१९८२), बेड (१९८७) र डेन्जरस (१९९१) लगायत एल्वमहरु बढी चर्चामा छन ।

Tuesday, June 23, 2009

निदाउँदाको करामत

बेल्जियमकि एक युवतीलाई टाटु बनाउँदा निदाए पछी ठूलो फसाद परेको छ। Kimberley Vlaminck नामकी ति युवती टाटु ३ वटा टाटु बनाउन लगाई निदाएकि थिईन तर जब उनले बिउझेर आफ्नो अनुहार हेरिन त आफ्नो अनुहारमा ५६ वटा स्टार आकारका टाटु बनाईएको पाईन। Courtrai, Belgium स्थित Tattoo Boy studio मा उनी आफ्नो अनुहारमा टाटु बनाउन गएकि थिईन। उनले आफुले भने जस्तो नपाए पछी त्यो टाटु बनाउने मान्छे विरुद्द £10,000 क्षतीपूर्ती माग गर्दै मुद्दा दायर गरेकि छन। ति युवतीका अनुसार उनले ३ वटा स्टार आकारका टाटु बनाउन भनेकि थिईन तर जब सकिए पछी उनले आफ्नो अनुहार हेरिन आफै अचम्म परीन।"यो निकै नै डरलाग्दो काम भयो । अब म बाटोमा हिड्दा सबैले मलाई नै हेर्ने छन। उसले मलाई बर्बाद गरीदियो" उनी भन्छिन।तर टाटु बनाउने Rouslan Toumaniantz को भनाई भने अर्कै छ," उनले जस्तो भनेकि थिईन त्यस्तै बनाई दिएको हुँ।" उनले आफ्नो घरमा बाबुले टाटुकै कारण नराम्ररी गाली गरे पछी र ब्याय फ्रेन्डले पनी टाटु कै कारणले छाडे पछी क्षती पूर्ति माग गरेकि हुन।
टाटोकै कारण सबै ठाउबाट nikaalinu pare pachhi teti ta garnai paro ni

Thursday, June 18, 2009

आफ्नै ओला कटरा बिरोध

सर्बियाको सरकारी स्वामित्वमा रहेको कपडा-कारखाना, रास्का होल्डिङ फ्याक्ट्री कुनै बेला देशको सबैभन्दा बढी कपडा उत्पादन गर्ने कारखाना थियो । यहाँ चार हजार मानिसले रोजगारी पाएका थिए । तर, अहिले यस कम्पनीमा एक सयजति कर्मचारी मात्र छन् । त्यसमाथि कयौँले वषौंदेखि तलब पाएका छैनन् । यही झोंकमा यस कम्पनीका एक कर्मचारीले आफ्नो औँला करौँतीले रेटीरेटी काटे र काटिएको औँला मूला चपाएझैँ चपाएर खाइदिए । आफ्नै औँला भक्षण गर्ने उनी थिए, जोरेन बुलाटोभिच । जोरेन भन्छन्, 'हामी कामदारसँग खाने कुरा छैन । हामीले वैकल्पिक खाना खोज्ने बेला भइसकेको छ । मैले वैकल्पिक खानाको उदाहरण मात्रै प्रस्तुत गरेको हुँ ।' उनीसँगै काम गर्ने एक महिला कर्मचारीले वर्षांसम्म तलब नपाएका कारण आफ्नो हात काट्न अघि सरेपछि उनलाई रोक्न आफूले हात काटेको बताउँछन् बुलाटोभिच । 'तीन छोरा-छोरीकी एकल आमाले हात काटेको आफूले कसरी हेर्न सक्थेँ र म ?'यस कारखानामा तलब नपाएको विरोधमा भएका हजारौँ प्रदर्शनमध्ये यो सबभन्दा अनौठो थियो । गत वर्ष करिब दुई दर्जन कर्मचारीले १९ दिनसम्म भोकहडताल गरेका थिए ।
साभार : नेपाल जर्मन