मेरा एकजना पत्रकार मित्र माधव धितालले मेरो फेसबुकको टाइमलाइन मा
एउटा तस्विर ट्याग गरे । सो तस्बिर ‘सर्वहारा बर्ग’को नेतृत्व गर्ने
पार्टीका अध्यक्ष भन्न रुचाउने प्रचण्ड पत्नी सीता दाहालको थियो ।
प्रचण्डसहित सबै शिर्ष नेताले सो तस्बिरमा हात उठाएका छन्, र प्रचण्डतर्फ
अर्थात आफना श्रीमान तिर फर्किएकी पत्नि दाहालले पनि हात उठाएकी छिन । पदीय
बिबाद हल गर्नका लागि आयोजना गरिएको बिस्तारित बैठकमा सहभागी हुन हिजो
खन्ना गार्मेन्टमा पुगेकी सिता दाहाल र अरुको हात उठाईमा
भने निकै फरकपन देखिएको छ, जो फरक पनि धितालजीले स्टाटसमा लेखेर देखाएका छन
। उनले लेखेका छन, ‘लेनीनले सुनलाई ट्वाइलेटमा प्रयोग गर्नुपर्छ भन्ने
सुन्या थे, सीता म्याडमले त लालसलाम गर्ने हात मै पो लगाउनु भएछ ।’ कुरो
यत्ति मात्र हो तर सो तस्विर र स्टाटस यो आलेख तयार पारुन्जेलसम्म ३५ बढीले
सेयर गरिसकेका छन् ।
Showing posts with label potical न्यूज. Show all posts
Showing posts with label potical न्यूज. Show all posts
Monday, July 22, 2013
Tuesday, September 6, 2011
माओबाधिमा बैध लाइ कारबाही गर्नको लागि ज्ञापन पत्र बुझाइयो
२० भदौ, काठमाडौँ । एकीकृत नेकपा माओवादीको केन्द्रमा देखिएको विवादको असर राज्य र जिल्ला समिति स्तरसम्म पुगेको छ ।
Sunday, August 28, 2011
बाबुराम भट्टराइ ३५ औ प्रधान मन्त्रीमा निर्वाचित
भाद्र १२, काठमाडौ, डा. बाबुराम भट्टराई ३ सय ४० सभासदको समर्थन प्राप्त गरी आइतबार ३५ औ प्रधानमन्त्री निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले २ सय ३५ मत पाएका थिए । निर्वाचित भएलगत्तै भट्टराईले शान्ति, संविधान र जनतालाई राहत आफ्नो प्राथमिकता हुने बताएका छन् । उनले भने, 'मन्त्रिपरिषद्लाई राष्ट्रिय सहमतिको स्वरूप प्रदान गर्न सोमबारबाटै काम थाल्नेछु ।
Monday, August 15, 2011
टेन्डर विवादमा प्रचण्ड र भट्टराई पक्षबीच झडप
३० साउन, गोरखा । खाद्यान्न ढुवानी टेण्डर दर्ताको विवादमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र उपाध्यक्ष डा. बाबुराम भट्टराई पक्षबीच झडप भएको छ । नेपाल खाद्य संस्थानको चामल ढुवानी गर्नका लागि माछा खोला र सिर्दीवास डिपोमा टेन्डर बुझाउने अन्तिम दिन प्रचण्ड र भट्टराई पक्षबीच झडप भएको हो ।
Thursday, August 4, 2011
निर्णय नमाने विशेष महाधिवेशन बोलाएर अध्यक्ष पदबाट हटाउने चेतावनी
रिपोर्टर्स क्लबको बिहीबारको साक्षात्कारमा सिंहले माओवादी मन्त्रीहरुलाई शपथ नगराउने स्थायी कमिटीको निर्णय बेवास्ता गरेर अध्यक्ष खनालले पार्टीको अनुशासन उल्लंघन गरेको दाबी गर्दै अनुशासन उल्लंघन गर्नेलाई कारबाही हुने दाबी गरे ।
‘पार्टी भन्दा माथि कोही छैन । पार्टीको अनुशासन उल्लघन गर्नेलाई कारवाही हुन्छ,’ उनले भने, ‘झलनाथ खनाल पनि पार्टी भन्दा माथि छैनन् ।’
मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको विशेष अधिकार भए पनि प्रधानमन्त्री पार्टीले नै नियुक्त गरेकोले पार्टीको निर्णय बाहिर कोही पनि जान नसक्ने तर्क उनको थियो ।
सिंहले आगामी केन्द्रीय कमिटी बैठकले अध्यक्ष खनालले पार्टी निर्णयको उल्लंघन गरेको विषयमा गम्भीरतापूर्वक छलफल गरेर सरकारबाट फिर्ता बोलाउने सम्मको निर्णय गर्ने दाबी गरे ।
यसअघि अध्यक्ष खनालले आफ्नो प्रतिकुलतामा केन्द्रीय कमिटिको बैठक सार्दै आएकोले यसपटक पनि बैठक सर्न सक्छ त भन्ने जिज्ञासामा सिंहले यसपटक केन्द्रीय कमिटी बैठक र संसदीय दलको कुनै पनि बैठक नसर्ने र अध्यक्षले सार्न पनि नसक्ने ठोकुवा गरे । ‘यसपटक केन्द्रीय कमिटिको बैठक सर्न सक्दैन,’ उनले दाबी थियो ।
अध्यक्ष झलनाथ खनालले पटक–पटक पार्टीको निर्णय उल्लंघन गर्दै आएकोमा पार्टीले कारबाही गर्न नसकेको प्रसङ्गमा केन्द्रीय कमिटीको बैठकले कारवाहीको निर्णय गर्ने विश्वास ब्यक्त गर्दै उनले भने, ‘अहिले नपत्याउनुस् केन्द्रीय कमिटीले निर्णय गर्छ अनि पत्याउनुस् ।’
Refer a Friendclose
Wednesday, July 27, 2011
सपथ खुवाउने विषयमा प्रधानमन्त्री खनाल र माओवादी अध्यक्ष बीच भेटवार्ता
काठमाडौ १२ साउन, माओवादीबाट मन्त्रीमा प्रस्ताव गरिएकाहरुलाई सपथ खुवाउने विषयमा प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ । सरकारी निवास बालुवाटारमा भएको दुइ पक्षिय भेटमा राष्ट्रिय सहमति, शान्तिप्रक्रिया र संविधान निर्माणका विषयमा छलफल भएको बताइएको छ । भेटमा प्रचण्डले आज पनि मन्त्री फरेबदल गर्नु आफ्नो पार्टीको अधिकारभित्र पर्ने भन्दै त्यसले राष्ट्रिय सहमति निर्माणमा कुनै बाधा नपुग्ने धारणा दोहोर्याएको बुझिएको छ ।
Sunday, July 24, 2011
महत्वपुर्ण हेर्नै पर्ने रहेछ रहेछ मार्क्स जन्मेको ठाउ
सूर्य थापा, प्रधानमन्त्रीका प्रेस सल्लाहकार
·
कस्तो रहेछ माक्र्स जन्मेको ठाउँ ?
विश्व कम्युनिष्ट आन्दोलनका अगुवा कार्ल माक्स जन्मेको ठाउँ जर्मनी कम्युनिष्ट नेताहरुको लागै जानैपर्ने एउटा गन्तव्य मानिन्छ । हालै मात्र प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा पत्रकार सूर्य थापा त्यहाँ पुगेर र्फकनुभएको छ । विश्व कम्युनिष्ट आन्दोलनको व्याख्या विश्लेषणमा अभिरुची राख्ने थापाले कार्ल माक्र्सको जन्मस्थल कस्तो देख्नुभएको त ? प्रस्तुत छ अनलाइनखबरले पत्रकार थापासँग गरेको कुराकानी ।
·
कस्तो रहेछ माक्र्स जन्मेको ठाउँ ?
-बितेका दुई शताब्दीमा सिंगो संसारलाई सबभन्दा बढी प्रभावित गर्ने विश्वबिख्यात दार्शनिक कार्लमाक्र्स सन् १८१८ को मे ५ तारिखका दिन जन्मिनुभएको थियो । हामी बसेको होटलको अगाडिपट्टि नै अवस्थित रहेको कार्ल माक्र्स संग्राहलय पुग्दा मानिसहरुको चाप निकै कम भइसकेको थियो । सन् १७२७ तिर बनेको भएपनि १८१८को अपि्रल अर्थात् माक्र्स जन्मिनुभन्दा एक महिना अघि मात्रै उहाँका पिता हेनरी माक्र्सले आफ्नो परिवार र कानूनी कार्यलयका निम्ति यो घर भाडामा लिनुभएको थियो । माक्र्सको बाल्यकालका केही वर्षहरु यही बिते । उहाँ हेनरी माक्र्स र हेनरी प्रेसवर्गका नौं छोराछोरीमध्ये तेस्रो सन्तान हुनुहुन्थ्यो ।
Monday, July 18, 2011
बेपत्ता परिवारले माओवादी मन्त्रीसँग मागे आफन्त
२ साउन, काठमाडौ, सशस्त्र द्वन्द्वका बेला राज्यद्वारा बेपत्ता पारिएका नागरिकका परिवारले माओवादी मन्त्रीहरुसँग आफ्ना बेपत्ता आफन्तहरुको सार्वजनिकीकरणका लागि भए/गरेका प्रयासका बारेमा जानकारी मागेका छन् ।
Tuesday, July 12, 2011
पूर्वमा जतातजै बम आतंक
२८ असार, सुनसरी, पूर्वका विभिन्न स्थानमा राखिएका बमका कारण यस क्षेत्रको जनजीवन आतङ्कित बनेको छ । सुनसरीको इटहरीस्थित राजश्व अनुसान्धान कार्यालय पूर्वाञ्चल इकाई र धरानस्थित आन्तरिक राजस्व कार्यालयमा मंगलबार प्रेसर कुकर बम फेला परेको हो । यस्तै जिल्ला विकास समितिको कार्यालय उदयपुर र उदयपुरको तपेश्वरी गाविस-९ स्थित एक क्रसर उद्योगमा मंगबलार नै शक्तिशाली पे्रसर कुकर बम फेला परेको छ ।
Thursday, July 7, 2011
माओवादीमा प्रेम, विवाह र यौन
शान्ति प्रक्रियामा आउनु दुई वर्षअघिसम्म विमला घले माओवादीको भगिनी संगठन क्रान्तिकारी महिला संगठनकी रसुवा, नुवाकोट र सिन्धुपाल्चोक क्षेत्र हेर्ने सचिव थिइन्। उनी माओवादी सहिदकी पत्नी हुन्। विमलाकै शब्दमा, उनका जीवनसाथीलाई तत्कालीन शाही नेपाली सेनाद्वारा 'कायरतापूर्वक' हत्या गरयिो। २०६० को अन्त्यतिर पार्टीकै सहमतिमा जनवादी विवाह गरेकी उनले चार महिना नबित्दै पति गुमाइन्। "नेपाली क्रान्ति यो स्थितिसम्म आइपुग्न १० हजार नेपाली छोराछोरीले आफ्नो बलिदान दिइसकेका छन्," २६ साउन ०६१ को माओवादी मुखपत्रजनादेशमा विमलाले भनेकी छन्, "हाम्रो गौरवशाली पार्टीले निकट भविष्यमा प्रत्याक्रमण गर्ने तयारी गर्दै छ, त्यसैले सम्पूर्ण सहिद परिवारले शोक र पीडालाई आक्रोशमा बदली हत्याको बदला रणभूमिबाट लिनुपर्छ।"
Wednesday, July 6, 2011
कतारमा महिनाको १२ नेपालीको मृत्यु हुन्छ .
असार २२, रुकुमबाट काम गर्न कतार पुगेका मानबहादुर पुन (४०) असार ११ गते राति खाना खाएर सुते। भोलिपल्ट बिहान ६ बजे नै काममा जानुपर्ने उनी उठ्नै सकेनन्। ३१ महिनाअघि यो मरुभूमिमा पाइला टेकेका उनी सुरुदेखि नै दोहा मैजारस्थित इलाइट इन्जिनियरिङ कम्पनीमा 'लेबर' को काम गर्दै आएका थिए। कम्पनीकै शिविर (कामदार बस्ने ठाउँ) मा उनीलगायत अन्य सात नेपाली एउटै कोठामा सुत्थे। बिहान उठेर तीनजना काममा गए। सुतिरहेको ठानेर कसैले उनको ख्यालै गरेन। राति ड्युटी परेका तीन जना फर्किसकेकै थिएनन्। तर उनि दुई घन्टा बितिसक्दा पनि पुन काममा नगएपछि कम्पनीका सुपरभाइजरले सोधिखोजी गरे। कोठामा पुगेर हेर्दा पुन चीरनिद्रामा थिए। सहकर्मीका अनुसार मृत्युअघि पुनलाई कुनै स्वास्थ्य समस्या थिएन। उनका सहकर्मी राजेन्द्र कुँवरका अनुसार हृदयाघातले उनको मृत्यु भएको स्थानीय अस्पतालले पुष्टि गरेको छ। केही दिनभित्रै पुनको शव नेपाल पठाउने तयारी गरिएको छ। कुँवर भन्छन्, 'बेलुका दुरुस्त मान्छे बिहान त्यस्तो फेला पर्दा पत्याउनै गाह्रो, अरू ठाउँमा पनि यस्ता धेरै घटना भएका छन्।'
Monday, June 27, 2011
चिनियाँ राजदूतले भने तिब्बती मामलामा संवेदनशील भइदिनुस्
अषाढ, १३ काठमाडौ, नवनियुक्त चिनियाँ राजदुत यङ होउलानले सोमबार बिहान उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महरालाइ भेटी तिब्बती सन्दर्भमा चासो ब्यक्त गरेका छन् । उनले चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो स्थापना दिवस मनाउँदै गर्दा नेपालमा हुन सक्ने फ्रि तिब्बतसम्बन्धि गतिविधि सम्बन्धमा चासो राखेका हुन् ।
Friday, June 17, 2011
महेश बस्नेतलाई बिराटनगर स्थित पार्टी कार्यलयमा ल्याएर छोडो .
विराटनगर, अषाढ ३ , बिहीबार सुनसरीको इटहरीमा प्रहरीले जबरजस्ती पक्राउ गरेको नेकपा एमालेको भातृ संगठन युवा संघका केन्द्रीय अध्यक्ष महेश बस्नेतलाई आज प्रहरीले एमालेको विराटनगर, पाञ्चालीस्थित कार्यालयमा ल्याएर केही बेरअघि छाडिदिएको छ । मोरङ एमालेका अध्यक्ष विनोद ढकालका अनुसार प्रहरीले कार्यालयमा ल्याएर छाडेको हो । बस्नेतलाई विराटनगरको रानीस्थित क्षेत्रीय प्रहरी तालिम केन्द्रमा राखिएको थियो । उनले आफूलाई पक्राउ गर्नुको कारण प्रष्ट्याउन, पत्रकारमाथि आक्रमण गरेको अभियोग लागेका आफ्ना कार्यकर्ता परशु बस्नेतविरुद्धको उजुरी फिर्ता लिन लगायत माग राख्दै प्रहरीबाट मुक्त नहुने बताउँदै आएका थिए ।
Wednesday, June 15, 2011
युथफोर्स अध्यक्ष महेश बस्नेत पक्राउ
२ असार, सुनसरी, एमाले युवा दस्ता युथफोर्सका अध्यक्ष महेश बस्नेतलाई प्रहरीले आज बिहान सुनसरीको इटहरीबाट पक्राउ गरेको छ । विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि भएको कुटपिटको मुख्य योजनाकार भनिएका युथफोर्स मोरङ उपाअध्यक्ष पर्शुराम बस्नेतलाई संरक्षण दिएको भन्ने आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई उनी बसेको इटहरीस्थित रिभर साइड होटलबाट पक्राउ गरेको हो । बस्नेतलाई पक्राउ गर्ने क्रममा प्रहरी र युथफोर्स कार्यकर्ताबीच केहीबेर झडपसमेत भएको थियो । झडपका क्रममा आफ्ना आधादर्जन कार्यकर्ता घाइते भएको युथफोर्सले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका पूमुख प्रही निरीक्षक महेन्द्रकुमार श्रेष्ठले माथिको आदेशमा बस्नेतलाई समातिएको बताउनु भएको छ । बस्नेतलाई प्रहरी नायव उपरीक्षक भिम दाहालको नेतृत्वमा विराटगनरबाट आएको प्रहरी टोलीले पूर्व क्षेत्रिय प्रहरी कार्यालय विराटनगर पुरयाको छ ।
नेकपा एमालेको गण्डकी अंचल संपर्क कमीटीको सम्मान कार्यक्रम सम्पन्न
काठमांडू ३१ , जेस्ठ नेकपा एमाले गण्डकी अंचल सम्पर्क कमिटिको आयोजनामा यहि जेस्ठ ३१ गतेका दिन विभिन्न क्षेत्रमा गण्डकी अंचलवाट राजनीतिक नियुक्ति प्राप्त गर्ने ब्याक्तित्वाहरू र सगरमाथा आरोही सुरथ पोखरेल लाइ सम्मान कार्यक्रम सम्पन्न भएको छ . उक्त कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका बरिस्ठ नेता माधब कुमार नेपाल हुनुहुन्थ्यो . सम्मानित हुने ब्यतित्वहरुमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दिनेश चन्द्र देबकोटा , त्रीबी अनुदान आयोगका उपाध्यक्ष प्रा. डा. गणेशमान गुरुङ , उच्च मांध्यमिक सभा सदस्यहरु बाबुराम अधिकारि र दिपक सुबेदी , सगरमाथा आरोही सुरथ पोखरेल हुनु हुन्थ्यो . उहाहरु सबैलाई ताम्रपत्र सहित दोसल्ला ओडाएर बरिस्ट नेता माधब नेपालले सम्मान गर्नु भएको थियो . उक्त कार्यक्रममा नेकपा एमालेका पोलितब्यूरो सदस्य पृथिबी सुब्बा गुरुङ , सभासद् रबिन्द्र अधिकारि शान्ति देबी खनाल र केन्द्रिया विभागका सदस्यहरुको उपस्थिति थियो . उक्त कर्क्रमको अध्यक्षता गण्डकी अंचल संपर्क कमिटीका अध्यक्ष खिम थापाको अध्यक्षता माँ सम्पन्न भएको थियो भने संचालन सचिब केशब लोहोनीले र स्वागत भाषण कमीटिका उपाध्यक्ष कल्पना थापाले गर्नु भएको थियो .
Tuesday, June 7, 2011
सुडानकाण्ड को मुद्दा दायर गर्न जादै
काठमान्डौ, २४ राष्ट्रसंघको आह्वानमा सुडानमा खटिएका नेपाल प्रहरीको लागि एपीसी खरिद गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै तीनजना पूर्व प्रहरी महानिरीक्षक, बहालवाला प्रहरी अधिकृत तथा ठेकेदारसहित ३६ जनाको बिरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आज अधिकारीहरु मुद्दा दायर गर्न बिशेष अदातल जाँदै छन । अहिले केहिबेर पहिला अधिकारिहरु टोली बिशेस अदालत तर्फ लागेका हुन । आस गरौ उक्त मुद्दा दाएर हुने छ ।
काग्रेस नेताहरूले भने महत्वपूर्ण निर्णय नगर्नुस
जेष्ठ २४, काठमाडौ, कांग्रेसले महत्वपूर्ण नियुक्ति, बढुवा र सरुवा नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस नेताहरुले मंगलबार बिहान प्रधानमन्त्री झलनाथ खनाललई भेटेर आफ्नो पार्टीको निर्णय जानकारी गराएका हुन् । कांग्रेस केन्द्रीय समितिको सोमबार बसेको बैठकले कामचलाउ अवस्थामा पुगेको सरकारले महत्वपूर्ण सरुवा,बढुवा र नियुक्ति नगर्न तथा त्यसो गरिए सशक्त प्रतिकार गर्ने निर्णय गरेको थियो ।
Saturday, June 4, 2011
नेकपा माओवादीका नेताहरुको सुरक्षार्थ खटिएका लडाकूका साथमा रहेका हतियार अस्थायी शिविर पठाउने तयारी गरियो
२२ जेठ, काठमाडौ , आन्तरिक रुपमा धेरै विवादका बावजुद पनि एकीकृत नेकपा माओवादीका नेताहरुको सुरक्षार्थ खटिएका लडाकूका साथमा रहेका हतियार अस्थायी शिविर पठाउने तयारी गरिएको छ । गत बुधबार बसेको पदाधिकारी बैठकले दोहोरो सुरक्षा व्यवस्था अन्त्य गर्दै नेताका सुरक्षामा खटिएका लडाकूलाई फिर्ता पठाउने निर्णय गरेको थियो । नयाँबजार स्रोतका अनुसार अध्यक्ष प्रचण्डको निवास नयाँबजारमा जम्मा गरिएका हतियार आज चितवनको शक्तिखोर स्थित मुख्य शिविर पठाउने तयारी गरिएको छ ।
Wednesday, June 1, 2011
राजदरबार हत्याकाण्ड भएको १० बर्ष पूरा भयो
१९ जेठ, काठमाडौ, आज जेठ १९ गते, अर्थात नेपाली राजनीतिको इतिहासमा कालो दिनका रुपमा सधै सम्झना भइरहने राजदरबार हत्याकाण्ड भएको दिन । २०५८ साल जेठ १९ गते मध्यरातमा भएको अकल्पनीय हत्याकाण्डमा तात्कालीन राजा वीरेन्द्र, एश्वेर्य, युवराज दीपेन्द्रसहित राजपरिवारका १० सदस्यको ज्यान गएको थियो ।
Thursday, May 26, 2011
आज बंद बिरुद ब्याबसाहिले रयाली निकलने
१३ जेठ, काठमाडौँ । चुरेभावर राष्ट्रिय एकता पार्टी र विश्वहिन्दु महासंघलगायतका समूहले आहृवान गरेको उपत्यका बन्दको विरोधमा पर्यटन व्यवसायी र उद्योगीले राजधानीमा विरोध र्याली निकाल्दै छन् । ब्यवसायीले बिहान ११ बजे ठमेलको कर्मचारी सञ्चयकोष अगाडिको त्रिदेवीमार्गबाट व्यवसायीले मोटरसाइकल र्याली निकालिने बताएका छन् ।
Subscribe to:
Posts (Atom)
साभार : अनलाइन खबर