अब सेलिब्रेटीहरु डेटिङ गएको खबर त्यती रोचक हुन छाड्यो अब त सञ्चार माध्यमहरुमा सेलिब्रेटीका कुकुरहरुको डेटिङको खबर आउन थालेको छ। अब सेलिब्रेटीहरु चाहान्छन कि आफ्नो कुकुर पनी डेटिङ जाओस। हो, पेरिस हिल्टन चाहान्छिन कि आफ्नो कुकुर्नी 'टिंकरबेल' स्टार गायिका चेरील कोलको कुकुर सँग डेटिङ जाओस। फिमेल फर्स्टका अनुसार २८ वर्षिय 'होटल प्रिन्सेस' चाहान्छिन कि उनको प्यारी कुकुर्नी 'गर्ल्स एलाउड'कि स्टार कोलको कुकुर 'बस्टर' सँग डेटिङ जाओस। उनी भन्छिन "कोल के तिम्रो कुकुर एक्लै छ? उ मान्छे कि तिम्रो कुकुर एकदमै हट छ। अर्को पटक अमेरिका आउँदा उ तिम्रो कुकुर सँग डेटिङ जान चाहान्छे"।
तर चेरिलको कुकुर भने निकै नै चकचके भएको चेरिल बताउँछिन "त्यसले बगैँचामा खाल्डो खनेर मेरा अन्डरवेयरहरु लुकाउने गर्दछ। उसले किन यस्तो गर्दछ त्यो भने मलाई थाहा छैन" उनी भन्छिन।
पेरिस अहिले आफ्नो दोस्रो एल्बमको तयारीमा व्यस्त रहेकि छन।