Showing posts with label prabaasi. Show all posts
Showing posts with label prabaasi. Show all posts

Sunday, March 20, 2011

स्विमिङ खेल्दा केटी गर्भवती

 तुलसीराम के सी
 एक जवान युवती गर्भवती हुन के हुनु वा गर्नुपर्छ भन्ने तपाईहामी अधिकांशलाई थाहा भएकै कुरा हो । प्राकृतिक यौनसम्पर्कबाट गर्भवती नभएकाहरु आजभोली टेष्टट्युव बेवी पनि जन्माउन थालेका छन् । तर पोल्याण्डकी एक युवती भने तारे होटलमा स्वीमिङ खेल्दा गर्भवती भएकी छन, कुनै पुरुषसंगको संसर्गबिनै ।

Monday, March 14, 2011

जापानमाँ फेरी अर्को बिस्पोर्ट भयो

फाल्गुन ३०, जापान , जापानको फुकुशिमा रहेको परमाणु संयन्त्रको ३ नम्बर रियाक्टरमा सोमबार बिहान अर्को विष्फोट भएको कुरा थाहा भएको छ  । उक्त विष्फोट हुन नदिन जापानी अधिकारी तथा वैज्ञानिकहरुले अत्यधिक कोशिश गरे ता पनी बिस्पोर्ट भएको छ  । यो विष्फोटबाट रेडियोएक्टिभिटी चुहिने सम्भावना धेरै कम रहेको जापानका एक अधिकारीले दावी गरेका छन् ।

Sunday, March 13, 2011

अहिले सम्म जापानमा कोही नेपाली हताहत नभएको

३ मार्च, जापान  ,  गत शुक्रबार जापानमा आएको शक्तिशाली भूकम्प र सुनामीका कारण अहिलेसम्म कुनै पनि नेपालीको मृत्यु नभएको जापानस्थित नेपाली राजदूतावासले जनाएको छ । जापानको परराष्ट्र मन्त्रालयको आकस्मिक शाखासँग नियमित सम्पर्कमा रहेको जानकारी दिंदै दूतावासले सम्पर्कबिहीन भएका नेपालीहरु पनि धमाधम सम्पर्कमा आइरहेको बताएको छ । ‘नेपाली राजदूतावास जापान सरकारको परराष्ट्र मन्त्रालयमा स्थापित आकस्मिक शाखा सँग निरन्तर सम्पर्कमा रहेको र त्यहांबाट प्राप्त सूचनाको आधारमा हालसम्म कोही नेपाली हताहत भएको बुझिएको छैन ।’- दूतावासले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।  तारा पानी खोजी कार्य जारी राखिएको कुरा पनी उक्त बिग्याप्तिमा उल्लेख छ . 

Wednesday, November 24, 2010

भारतको एक गाउमा अविवाहित महिलालाई मोबाइल फोन चलाउन प्रतिबन्ध

९ मङ्सिर, नयाँदिल्ली,  उत्तरी भारतको एक परिषद्ले अविवाहित महिलालाई मोबाइल फोन प्रयोगमा प्रतिबन्द लगाउने निर्णय गरेको छ । अविवाहित युवायुवतीले अत्यधिक मात्रामा मोबाइल फोनको प्रयोग गरी नमिल्दो जातमा विवाह गरेको र सञ्चारका रूपमा यो साधनको दुरुपयोग गरेको भन्दै त्यहाँ यस्तो फोनको प्रयोगमा विशेषगरी अविवाहित महिलालाई प्रतिबन्द लगाउने निर्णय गरेको समाचारमा उल्लेख छ ।

Sunday, November 14, 2010

साउदीका राज कुमार राजनीतिक भेट घाटमा बेस्त

काठामांडू कात्तिक २९ , निजी भ्रमणका लागि नेपाल आएका साउदी अरबका राजकुमार अल वालिद विन तलालले  राजनीतिक भेटघाट गर्दै छन । उनले राष्ट्रपति डा. रामबरण यादव, प्रधानमन्त्री माधबकुमार नेपाल, परराष्ट्रमन्त्री सुजाता कोइरालासँग लगायतसँग भेटवार्ता गर्ने भएका हुन ।

Wednesday, November 10, 2010

आङसाङ सुकीलाई छिट्टै रिहाइ गर्ने

(एजेन्सी), म्यान्मामा सेना समर्थित दलले भारी मतले जित हात पारेपछि नजरबन्दमा रहनुभएकी प्रजातन्त्रवादी विपक्षी नेत्री आङसाङ सुकीलाई रिहाइ गर्ने संकेत जुन्ता सरकारले दिएको छ। नोबेल शान्ति पुरस्कार विजेता नेत्री सुकीलाई शनिबार मुक्त गरिने सरकारी अधिकारीहरुले बताएका छन्। उहाँलाई विगत दुई दशकमा प्रायः समय नजरबन्दमा राखिएको छ। उहाँको पार्टीले हालै सम्पन्न निर्वाचन बहिष्कार गरेको छ। 

Tuesday, November 9, 2010

रामबरण यदबको नामले करोड़ पति

कातिक २४ काठमांडौ , भारतको चर्चित टिभी 'सोनी' टेलिभिजनबाट प्रसारण हुने 'कौन बनेगा करोडपति' मा सोधिएको प्रश्नको 'रामवरण यादव' भन्ने उत्तर दिएर मंगलबार एक प्रतियोगीले एक करोड भारतीय रुपैयाँ जिते । सबै प्रश्नको सही उत्तर मिलाउँदै प्रशान्त बत्तारले ५० लाख जितेपछि करोड जित्ने प्रश्नका पालामा कार्यक्रम सञ्चालक बलिउड स्टार अमिताभ बच्चनले सोधे, 'यीमध्ये को उनको देशका प्रथम राष्ट्रपति हुन् ?' त्यसमा छनोट थिए- चन्दि्रका कुमारातुंगा, हमिद करजाई, रामवरण यादव र बेगम खालिदा जिया ।

Saturday, October 30, 2010

आयरल्याण्डमा बस्ने नेपाली लाइ बेवस्था गर्यो दुताबासले

नेपालीहरुको भनाई अनुसार नेपाली राजदुताबास लण्डन र एनआरएन युके जस्ता ठुला संस्थाले उत्तरी आयरल्याण्डमा बस्ने नेपालीलाई बेवास्ता गरेको त्यहाका नेपालीहरुले आरोप लगाएका छन । अहिले सम्म आयार्ल्यंड  बाट  नारायण कंडेल दिएको जानाकारी अनुसार हाल त्यो 
क्षेत्रमा एनआरएन र दुताबासबाट कुनै गतिबिधी गरिएको छैन । हाल सम्म कुनै औपचारिक कार्यक्रम समेत भएको छैन ।
आयरल्याण्डबासी नेपालीहरुले स्वफुर्तरुपमा वेलफास्टमा तिहार स्पेसल कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रममा देउसी भैलो लोकदोहोरी जस्ता सास्कृतिक झलकहरु प्रस्तुत हुनेछन् । तिहारका उपलक्ष्यमा सात नोभेम्बरमा आयोजना गरिने यो पहिलो नेपाली कार्यक्रम हो । उत्तरी आयरल्याण्डमा लगभग २०० जना नेपाली हरु बसोबास गर्दछन् ।