Showing posts with label सामाजिक. Show all posts
Showing posts with label सामाजिक. Show all posts

Sunday, September 19, 2010

बेलायती सेनामा नेपाली केटी

दुई सय वर्ष पुरानो नेपाल-बेलायत सम्बन्धको एउटा मुख्य कडी बेलायती सैनिक सेवामा प्रवेश गर्दैछन्, नेपाली महिलाहरू। बिदा मनाउन हङकङ आएका वेला लान्स कर्पोरल पविन राईसँग भेटेर गरिएको कुराकानी
अफगानिस्तानमा पविन। नेपाल आएको वेला उता के काम गर्छ्यौ भनेर सोध्नेहरूलाई ब्रिटिश आर्म्ड फोर्सेस्मा छु भन्दा धेरैले उनलाई लाहुरेनी अर्थात् कुनै ब्रिटिश गोर्खा सैनिककी श्रीमती ठान्छन्।

Wednesday, September 15, 2010

साइबर अपराधमा साइबरसंसार डट कम का संचालक पक्राऊ

आज भोली बिभिन्न ऑनलाइन सैताहरूले बिभिन्न फिल्म का गीत फिल्म हरु बिना अनुमति रखने गरेको देखिएको छं । जसले गर्दा कलाकार मर्काम परेको कुरा बतौदै एका हुन । अनुमति नली आफ्नो साइटमा अरुको सिर्जना रख्नाले साईबार एन अनुसार कानून लाग्छ । तेस्तै अपराधमा साईबरसंसार डटकमका सञ्चालकद्वय अभिनव कसजु र दिपङ्कर कसजु आज पक्राउ परेका छन् ।

Monday, September 13, 2010

युवा संघ नेपालद्वारा एभरेष्ट ग्याँस कम्पनीमा छापा मार्यो ।।

काठमाडौ, भाद्र २८ - एमाले सम्बद्ध युवा संघले नेपालले चोभारस्थित एभरेष्ट ग्याँस कम्पनीमा छापा मारेर कम तौल भएका ग्याँस सिलिन्डरहरु नियन्त्रणमा लिएको छ । युवा संघको भ्रष्टाचार विरोधी अभियानले सोमबार ग्याँस कम्पनीमा छापा मारि १५ देखि २० ग्राम तौल कम भएका सिलिन्डर नियन्त्रणमा लिएको हो । सामान्यतः सिलिन्डरको तौल करीव १४ ग्राम हुनु पर्छ ।

Wednesday, August 11, 2010

आज एघारौं अन्तर्राष्ट्रिय युवा दिव

श्रबन २७ काठमांडौ , आज विश्वभर विभिन्न कार्यक्रमको आयोजना बिश्र्व युबा दिबश मनाईदै छ। सन् दुईहजार देखि संयुक्त राष्ट्रसंघको पहलमा मनाउन थालिएको यस दिवसको यसपालीको नारा सम्बाद र आपसी समझदारी रहेको छ । युवाका सवालहरुमा विश्वका सरकार तथा सरोकारवालाहरुलाई सचेत तथा जागरुक गराउन यो दिवसको घोषणा गरिएको हो। नेपालमा राष्ट्रिय युवा नीति दुईहजार छैसठ्ठी जारी भएपनि कार्यान्वयनमा नआउदा युवाहरुको समस्या घनीभुत हुन सकेको छैन। तरपनि राज्य, राजनीति, समाज र बिकासका चरणमा युवाहरुले आफ्नो उपस्थिति जनौना पाएका छैनन । युवा दिवसको अवसरमा आज विभिन्न युवा संगठनहरु र युवाहरुको लागि काम गर्ने सरकारी तथा गैर सरकारी संघसंस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरिरहेका छनत छान तारा दिबश मनौनाका लागी मात्र भन्दा पनि युबाहरुको सवालमा आगामी दिनमा कसरी अगाड़ी बडौना सकिन्छ भन्ने कुरा माँ राज्यले युबा नितिलाई लागु गर्नु पर्छ . मावोकों युबाहरू यो देश तिमिहरुको पनि हो हामी हरुको पनि हो तर अन्तिमामा तिमी हरु को नै हो भन्ने कुरा माँ हाम्रा नेताहरुको किना नबुझेका हुन . युबहरुलाई जिम्मेवार बनौना व अज हजारौ युबाहरू बिदेश पलायन भएको बेलामा अब देशमा कस्ले के गर्ने उनीहरुलाई देशको बारेमा सोच्ना सक्ने बनाउने काम राज्यको हो की होइना यस्तो बिसयामा राज्यले सोच्नु पर्ने हुन्छ . बेरोजगार बिदेश पलायन , अराजक तत्वाले युबाहरुलाई प्रयोग भैरहेको बेला राज्यले सोच्नु पर्ने हुन्छ की हुदैना हजारौ तुबहरू दुर्बेसनी माँ फसेका छन तिनको लागी पनि राज्यले सोच्नु पर्ने हुन्छ आजका युबा भाबिस्याका करधर हुन उनिहरुको लागी राज्यले कही सोच्नु पर्छ .

Sunday, July 25, 2010

इराकका नेपाली भन्छन्- गरी खान देऊ!

१५ दिनभित्र ३० हजार नेपाली एकै साथ बेरोजगार हुँदैछन्। ती त्यस्ता नेपाली हुन्, जसले सरकारी प्रतिबन्धको बेवास्ता गर्दै आफ्नो ज्यान जोखिममा मोल्दै युद्धग्रस्त देश इराकलाई आफ्नो गन्तव्य रोजे। अमेरिकी सेनाको इराक सेन्ट्रल कमान्डले २० जुलाईमा एउटा चिठी पठाउँदै नेपाली र फिलिपिनो कामदारहरुलाई घर फर्काउन सबै कम्पनीलाई आदेश दिएपछि यस्तो अभाव भएको हो। पासपोर्टमा नै ‘इराकमा जान नहुने’ लेखिएको हुन्छ नेपाल र फिलिपिन्सको पासपोर्टमा। त्यसो हुँदाहुँदै पनि चोरबाटोबाट इराकमा पुगेर काम गरिरहेकाहरुप्रति अमेरिकी सेन्ट्रल कमान्डले चासो देखाएको हो । इराकमा रहेका नेपालीहरु भने अहिले नै देश
ध्रुव दाहाल, इराक-२०
जुलाई २०१० मा CENTCOM Contracting Command बाट प्राप्त भएको ‘पत्र’ ले इराकमा रहेका सम्पूर्ण नेपालीहरुको ध्यान आकृष्ठ भएको छ। १५ दिनभित्र इराक छाडिसक्नु पर्ने आशयको उक्त पत्रले यहाँ कार्यरत सबै नेपाली र फिलिपिनोहरु स्तब्ध भएका छन्। नेपाल र फिलिपिन्स दुवै राष्ट्रले आफ्ना नागरिकहरुलाई इराक जान प्रतिबन्ध लगाएको आधारमा उक्त पत्र प्रेषित गरिएको देखिन्छ। तर इंडिया, बंगलादेश लगाएतका कामदारहरु पनि यहाँ आउन वैध छैनन्। इन्डियन राहदानीवाहकले पनि श्रम स्वीकृति लिंदा ‘Not valid to travel to Iraq’ उल्लेख गरेको छ। तर पत्रमा उनीहरुको नाम किटिएको छैन।
साभार : मैससार
बलियो कुटनीतिक लबिंग नहुँदा वा अन्य कुनै कारणले लगभग ३०,००० नेपाली एक साथ् बेरोजगार हुनु भनेको चानेचुने कुरा होइन। फेरि अहिलेको विषम राजनीतिक परिस्थितिमा नेपाल फर्कन चाहनेहरु पनि निकै कम छन्। वैध वा अवैध जे भएपनि इराकबाट नेपाल भित्रिने बलियो रेमिट्यान्सले अहिलेको चरम आर्थिक सङ्कटमा केही न केही योगदान त पुर्‍याएको थियो। समग्रमा यहाँ प्रति व्यक्ति आय लगभग ६०० डलरको हाराहारीमा हुने गर्दछ। कुनै पनि ‘बेस’ भित्र काम गर्ने कामदारलाइ सुरक्षाको जोखिम नहुनाले पनि यसप्रति सबै देशका कामदारहरुको आकर्षण बढ्दो छ।
सैले यहाँ काम गर्ने प्राय: नेपालीहरुको चाहना कसैगरी कुटनीतिक स्तर बाट वा अन्य कुनै तरिकाले यो समस्या समाधान होस् र तत्काल नेपाल फर्कन नपरोस भन्ने छ। अवैध हुँदाहुदै अरु देशका कामदार फर्कनु नपर्ने र नेपाली र फिलिपिनो मात्र फर्कनु पर्ने स्थिति आएकोले हजारौं नेपाली कामदारको रोजगारीलाई ध्यानमा राखी यथासम्भव कुटनीतिक पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई यहाँ स्थित नेपालीहरुको तर्फबाट हार्दिक अनुरोध छ।
तुलसी श्रेष्ठ, इराक-
यहाँका सबै नेपालीहरुको काम अहिले धरापमा परेको छ। हामीसँग जम्मा अब १५ दिन छ। त्यसपछि हामी यहाँबाट हट्नु पर्छ। यहाँ ३० हजार भन्दा बढी नेपालीहरुले काम पाइरहेको छन्, जुन हामी कुनै हालतमा पनि गुमौना चाहँदैनौ। हाम्रो सन्देश राजनैतिक पार्टी अनि नेपाल सरकारलाई के छ भने कि त हाम्रो रोजगारको ग्यारेन्टी हुनुपर्‍यो होइन भने गरी खान दिनुपर्‍यो इराकमा लगाइएको बन्देज फुकुवा गर्नुपर्‍यो।
देशमा रोजगारको अवसर बनाएर विदेशीलाई पनि काममा लगाउने भन्ने सपना त मनोज गजुरेलको व्यङ्ग्यमा मात्र हुने भो। आफ्नै नागरिकको सुरक्षाको लागि प्रतिबन्ध लगाइएका देशमा समेत हजारौँ नेपाली पुग्दा नेपाल सरकारलाई खबर छैन। अनि उनै नेपालीहरुले गरी खान देऊ भन्दै आवाज उठाउन बाध्य हुनु भनेको लाजलाग्दो अवस्था हो।

Sunday, July 11, 2010

स्पेनले जित्यो बिश्वकप


जोहानेसबर्ग, अषाढ २८ - आन्द्रेस इनेस्टाले अतिरिक्त समयको अन्त्यतिर गरेको गोल मदतले स्पेनले सोमबार बिहान पहिलोपल्ट विश्वकप उपाधि जितेको छ । उसले विश्वकप २०१० को फाइनलमा नेदरल्यान्ड्सलाई १-० ले हराएर पहिलोपल्ट ट्रफी चुमेको हो । खेल गोलरहित बराबरीमा रहेको स्थितिमा विश्वकप छिनोफानो टाइब्रेकरमा हुने सम्भावना बढेको थियो ।
इनेस्टाले दस खेलाडीमा सीमित नेदरल्यान्ड्सविरुद्ध नजिकको दूरीबाट सेस फाब्रेगासको पासमा गोल गरे । दुई युरोपेली टिमबीचको फाइनलमा इनेस्टाले दायाँ खुट्टाको शक्तिशाली प्रहार मदतले निर्णायक गोल गरेका हुन् । युरोपेली देशले विश्वकप जितेको यो दसौं अवसर हो । बाँकी नौ संस्करण दक्षिण अमेरिकी टिमले जितेका छन् ।
स्पेनी टिमको प्रभुत्व रहेको खेलमा इंग्ल्यान्डका रेफ्री हवार्ड वेबले सुरुआती ९० मिनेटमा नौ पहेंलो कार्ड देखाएका थिए । अतिरिक्त समयको दोस्रो हाफमा डच डिफेन्डर जोन हेटिङ्गाले दोस्रो पहेंलो कार्डसँगै मैदान छाडे । स्पेनले विश्वकप फाइनल खेलेको पनि यो पहिलो हो । स्पेन दुई वर्षअघि युरोपेली विजेताका रूपमा दक्षिण अफ्रिका आएको थियो ।
स्पेन विश्वकप जित्ने आठौं देश भएको छ । विश्वकप इतिहासमा १३ औं पल्ट खेलिरहेको स्पेनको यसअघिको उत्कृष्ट प्रदर्शन सन् १९५० मा चौथो स्थानमात्र हो । सन् १९७४ यता स्पेनले सबै विश्वकप संस्करण खेले पनि क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन । नेदरल्यान्ड्सले अन्तिम मिनेट दस खेलाडीमा सीमित रहेर खेलेको थियो ।
नेदरल्यान्ड्स विश्वकप फाइनलमा हारेको यो तेस्रोपल्ट हो । यसअघि नेदरल्यान्ड्स सन् १९७४ मा पश्चिम जर्मनी र सन् १९७८ अर्जेन्टिनासँग पराजित भएको थियो । निर्धारित ९० मिनेटको खेलमा कुनै गोल हुन सकेन । त्यसमा डच फरवार्ड आर्जेन रोबेनले दुई सुन्दर अवसर गुमाएका थिए । त्यो नै नेदरल्यान्ड्सको दुर्भाग्य रह्यो ।
साभार : कान्तिपुर

Thursday, July 8, 2010

कान्छी छाडेर फेरी जेठीसंगै घरजम

गुल्मी आशढ २३ महिलाहरु सधै पुरुशकै इसारमा चाल्नु पर्ने बाध्यता छ । गुल्मीका एकाजनाले दुइटा श्रिमति बिहे गरेका छन । रोजी छोड़ी छं उनलाई कहिले कांछी कहिले जेठी कस्तो भयो । कान्छी ल्याएपछि जेठी श्रीमतीसंग सम्बन्ध बिच्छेद गरेको त हामी सबैले सुनेकै हो तर यहाँका एक व्यक्तिले भने कान्छी श्रीमतीसंग सम्बन्ध बिच्छेद गरी पुनः जेठीसंगै घरजम गर्न थालेका छन् । अर्खले गाविस-८ का यमबहादुर खत्रीले २६ वर्षिया कान्छी श्रीमती साबित्रा खत्रीलाई ६ लाख रुपैंया क्षतिपूर्ति दिएर सम्बन्ध बिच्छेद गराएका हुन् । उनी अहिले जेठी श्रीमतीसंग बस्दै आएका छन् । भारतीय सेनामा कार्यरत खत्रीले जेठी श्रीमतीसंग सम्बन्ध नराम्रो भएपछि कान्छी श्रीमतीलाई २०६० सालमा मागी विवाह नै गरेर भित्र्याएका थिए । कान्छी श्रीमतीतर्फ एक छोरी छन् ।
छोरी जन्मिएदेखि नै हेला गर्दै आएका खत्रीले जिल्ला प्रशासनको छलफलमा ६ लाख तिर्न राजी भएपछि अदालतबाट सम्बन्ध बिच्छेद गराईएको जिल्ला प्रशासन कार्यालयको मुद्धा फाँट प्रमुख जयश्वर पन्थीले बताए । पन्थीका अनुसार जिल्ला प्रशासनले मिलापत्र गर्ने गरेका मुद्धा मध्ये यति धेरै रकम तिर्न राजी भएर सम्बन्ध बिच्छेद गरेको भने यो पहिलो हो ।
खत्रीकी कान्छी श्रीमती साबित्राले पहिलो छोरी जन्माएदेखि नै हेला गरेर माइतीमा बस्न बाध्य भएपछि सम्बन्ध बिच्छेद गरेको बताईन । उनी ४ वर्षिया छोरीसंगै छन् ।

Monday, July 5, 2010

माया नै सबै भन्दा ठुलो रहेछ कसैले छेक्न नसक्ने

मान्छेलाई माया गर्न कसैले रोक्न सक्दैन मान्छेको मन हावा सरी उडेरा कहा समुन्र्दा पारी पानी मायाको अंकुर फुल्ना सुक्छ . यस्तै उदहारण यहाँ दिएको छ मायालाई न भाषाले छेक्छ, न जातले छेक्छ, न समुन्द्रले न, देशले माया भन्ने कुरानै यस्तै रहेछ जहा पनि फुलन र फल्ना सकने . एकले अर्काको भाषा बुझ्दैनन् स-साना कुरा बुझाउन पनि इसारा गर्नुपर्छ । तर मायाको आफ्नै भाषा हुन्छ, सायद । इसाराकै भरमा चिनियाँ प्राविधिक र नेपाली युवतीबीच प्रेम विवाह भएको छ ।
चमेलिया जलविद्युत् आयोजनाका चिनियाँ प्राविधिक थाङसेन सानलाई आफ्नो माया बुझाउन कम्ती हम्मे परेन । काम सकेपछि उनी एक घन्टा पैदल बगडी गाउँ उक्लन्थे, जहाँ गौरा बोहराको घर छ । 'पुसको जाडोमा रातको १२ बजेसम्म आँगन वरपर हुन्थे,' गौराले भनिन्, 'सुरुमा के भन्न खोजेको बुझिनँ । विस्तारै माया बस्यो ।'
आयोजनास्थलमा दिनहँुजसो चिनियाँ र नेपाली मजदुरबीच कुटाकुट हँुदा सान र गौराको माया बढ्दै गयो । उनीहरूको प्रेममा भाषा तगारो बनेन । तर प्रस्ताव कुन इसाराबाट गर्ने अप्ठ्यारोमा परेका थिए । एक दिन दोभाषे अर्जुन तामाङमार्फत सानले भनिदिए, 'आई लभ यु ।' त्यसपछि गौरा पग्लिइहालिन् । अनि त सान रातबेरात गौराको ढोकामा जाँदै चिनियाँ लबज 'आई लभ यु' भन्न थाले । 'चाइनिज मान्छे, भाषा पनि नबुझिने । सुरुमा मैले भाउ दिइनँ,' ३५ वषर्ीया गौराले हाँस्दै भनिन्, 'ढोका कुर्दै रुन थालेपछि मन पग्लियो ।'
गौरा अनमी हुन् । आयोजनामा कार्यरत कर्मचारी र मजदुरको स्वास्थ्य परीक्षण गर्ने क्रममा सानले पहिलोपल्ट गौरालाई देखेका थिए । पहिलो नजरमै गौरी असाध्यै राम्रो र मायालु लागेकाले आफू पछि लागेको उनले बताए । अपि हिमालको फेद हँुदै बग्ने चमेलियाको बगरमा उनीहरूको माया अंकुरायो । दुई वर्षअघि उनीहरू वैवाहिक बन्धनमा बाँधिएका हुन् । यो अन्तरदेशीय जोडीले छोरी जन्माएर एक-अर्काले बुझ्ने भाषा सिक्न थालेको छ । छोरीलाई चिनियाँ र नेपाली दुवै भाषा सिकाउने उनीहरूको सोच छ । सानले छोरीको नाम
चिनियाँ भाषामा जुराएका छन्, 'पिङस्युटेन ।' चिनियाँ भाषामा पिङस्युटेनको अर्थ राम्रो फल हुन्छ । 'यो हाम्रो प्रेमको राम्रो फल हो,' सानले मुस्कुराउँदै भने । दोभाषेले गौरालाई पनि अथ्र्याए ।
चीनको राजधानी बेइजिङबाट १२ हजार किलोमिटर टाढा खुबइका सहरमा छ सानको घर ।
चिनियाँ कम्पनी सीजीजीसीमा आबद्ध उनी निर्माणाधीन चमेलिया जलविद्युत्को चट्टान डि्रलिङको काम गर्छन् । दुई वर्षमा उनीहरूबीच कहिल्यै ठ्याक्क ठुक्कसम्म परेको छैन । एकले अर्काको इसारा नबुझ्दा दोभाषे बोलाएर कुरा बुझ्छन् । 'माया ठूलो कुरा रै'छ' गौराले भनिन्, 'हाम्रो प्रेम र सम्बन्ध देखेर धेरै चकित छन् ।'
गौराका परिवारलाई भने सानले आफ्नी चेलीलाई अलपत्र छाडेर चीन फर्किने पो हुन् कि भन्ने चिन्ता लागेको छ । त्यसैले बिहे नगर्न भनेका थिए । परिवारको मन्जुरीबिना बिहे गरेकाले छिमेकी र साथीसंगीले पनि उनको कुरा काट्छन् । तर गौरा आफ्नो प्रेमप्रति ढुक्क छिन् । उनीहरूले विवाह दर्तासमेत गराएका छन् । उनीहरूको विवाहले चीनमा कानुनी मान्यता पाउने वा नपाउने प्रस्ट छैन । किनभने छिमेकी भएर पनि चिनियाँ र नेपाली नागरिकहरूबीच सीमावर्ती गाउँमा वैवाहिक सम्बन्ध भएका छैनन् ।
उनीहरूको भान्सामा चिनियाँ र नेपाली परिकार पाक्छ । सान स्वादिष्ट चाइनिज खाना बनाउन सिपालु छन् । गौराले पकाएको दाल, भात र तरकारी उनलाई औधि मन पर्छ रे । 'चिनियाँ ज्वाइँ' ससुराली जान खुब रमाइलो मान्छन् । सातामा एकदिन छुट्टी मिल्छ । फुर्सद पाउनासाथ उनी कोसेेली बोकेर बगडीगाउँतिर उक्लिहान्छन् । सानको व्यवहारबाट गौराका बुबा-आमा र छिमेकीलाई पनि मन पर्न थालेको छ । 'भाषा पनि नबुझिने केटासँग छोरी पोइल गई भनेर रिसाएका बुवा-आमा उहाँको व्यवहार र माया देखेर अहिले खुसी छन्,' गौराले भनिन् ।

Sunday, June 6, 2010

अझै महिला माथी शोषण

रोल्पा, २३ जेठ , महिलाहरु पहिला देखिने दमित रा पीड़ित हुदै आएका हुन . रोल्पाको जङ्कोट गाविसमा अहिले पनि पुरुषहरूले महिलामाथि शोषण गर्ने तथ्य खुलेको छ । मानवअधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) रोल्पाले जङ्कोटमा आयोजना गरेको द्वन्द्वपछिको मानव अधिकारको अवस्थामाथि स्थानीय सरोकारवालाहरूसँगको छलफलमा सहभागी वक्ताहरूले महिला हिंसा गर्ने धेरैजसो पुरुषहरू विवाहित भएकोसमेत बताएका छन् ।
यहाँका अधिकांश पुरुषहरूले जुवातास खेल्ने र मदिरा सेवा गर्नेसमेत वक्ताहरूले बताए । केहि विवाहित पुरुषहरूले आफ्ना पत्नीलाई जाँडरक्सी खाएर पिट्ने, गाली गर्ने गरेको पाइएको छ । तर कार्यक्रममा छोराछोरीबीच भेदभाव, जातीय भेदभाव जस्ता घटनाहरूमा भने कमी आएको बताएका छन् ।

Saturday, June 5, 2010

विदेशी नागरिक वेपत्ता भएकोमा प्रहरीबाट खोजी

नेपाल घुम्न आएका परेतक बेपत्ता भएका छन । मकालु हिमाल आरोहणको क्रममा वेपत्ता भएका ग्रीस नागरिक ४२ वर्षीय जाहारिस किरिकाकिसको प्रहरीले खोजी सुरु गरेको छ । गत चैत २५ गते नेदरल्याण्डका नागरिक अरनोल्ड कोस्टर र गाईड सोलु जिल्ला तामाखानी–९ बस्ने ४० वर्षीय दावा शेर्पाले संखुवासभास्थित मकालु हिमाल आरोहरण गर्न ७ जना बिदेशी नागरिक लिई गएकोमा जेठ ११ गते फर्कनेक्रममा उक्त हिमालको ८ हजार २ सय मिटरबाट निज जाहारिस बेपत्ता भएको बताइएको छ । पैदल तथा हेलिकप्टरद्धारा खोजी गर्दा पनि निजलाई फेला पार्न नसकिएको भनी गु्रप गाईडले जेठ २१ गते प्रहरीमा लिखित जानकारी गराएपछि प्रहरीले खोजी सुरु गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान समेत सुरु गरेको छ ।

डा भक्तमानको अपहरण मुक्त संकास्पद

डा भक्तामानलाई अपहरण कारिले मुक्त्त त गरे तर नाम नै नसुनेको पार्टीले गरेको भनेर ध्यान अन्ते मुडेको जस्तो लाग्छ यसको यथ्य बाहिर आउनु पर्छ किना की यदि नेपाल हिन्दू पार्टीले गरेको भए उसले बिग्यप्ती दिनु पर्ने कीन उ चुप छ त यसको सोवात्न्त्र रुपमा छानबीन हुनु पर्छ . उनलाई कुनै धम्की दिएर कुरा बाहिर लेउनाबात कोसैले रोके जस्तो आभास हुन्छ उनीहरूले कतई न कतई डा लाई डर र धम्किमा पारेको महसूस गर्न सकिन्छ अखीर कुरा जे जे भए पनि सत्य तथ्य बाहिर ल्याउनु पर्छ

Saturday, May 22, 2010

महिलाहरु कसता पुरुष मन पराउदैनन


हाम्रो समाजमा पहिला देखिनै महिला रा पुरुषको बिचमा भिन्नता देखिदै आएको छ । सबै पुरुसले यस्तो केटी मन पर्छ उस्तो केटी मन पर्छ भनेर सर्बजनिक ठाउमा भन्छन तर महिलाहरु कस्तो पुरुष मन परौछान वा कस्तो पुरुष मन परौदैनन यो मनोबिज्ञान को बिषय हो यहाँ महीले महिलाहरु कस्तो स्वभाब भएका पुरुष मन परौदैनन भन्ने बिषयालाई उठौना खोजेको छू ।


डोमिनेटिङ ः पुरुष प्रधान हाम्रो सामाजिक परिवेशमा, महिलासामु आफ्नो प्रभुत्व जमाउने, आफ्नो वर्चस्व, सामथ्र्य प्रदर्शन गर्ने एक किसिमको प्रतिस्पर्धा देखिन्छ । विगतमा महिलाहरू पुरुषको यस्तो वर्चस्वलाई स्वीकार गर्थे अनि उनीहरूबाट दबिएर रहन्थे । पुरुषहरू महिलामाथि आफ्नो अधिकार जमाउँथे । आजका महिलाहरू आफ्नो सम्बन्धमा दुवै तर्फबाट समान रूपमा मानसम्मान चाहन्छन् । उनीहरू डोमिनेटिङ नभएर आफूलाई प्रेम र सम्मान दिने, आफ्नो भावना बुझ्ने, समझदार एवं योग्य पुरुषको चाहना राख्छन्

एंग्री य· म्यान ः दुष्टलाई नाश गरी जनताको भलो गर्ने, एंग्री यंग म्यान स्वभाव अर्थात् अन्याय, अत्याचारविरुद्ध आवाज उठाउने, समाजका विकृति विसंगतिविरुद्ध लड्ने इमेज, चलचित्रमा सुहाउँदो भए पनि रियल लाइफमा पुरुषको यो स्वभाव र इमेजलाई महिलावर्गले त्यति रुचाएको पाइँदैन । महिलाहरू रफटफ, दादा टाइपको अथवा रिसाहा प्रवृत्तिको पुरुषको तुलनामा शान्त, संस्कारी एवं समस्याहरूको समाधान समझदारीपूर्वक गर्ने पुरुषसित प्रेम गर्छन् ।

रूढिवादी र केयरिङ पुरुष ः युवतीहरूलाई कम समझदार, पुरातन सोच भएका, अत्यधिक परम्परावादी, हरेक कुरामा कमेन्ट गर्ने पुरुष पटक्कै मन पर्दैनन् । अत्यधिक केयरिङ अर्थात् पोजेसिभ व्यवहार पनि महिलाहरूलाई हस्तक्षेपकारी लाग्छ ।

यौनको चाहना राख्ने पुरुष ः महिलाहरू यौनबाट परहेज गर्छन्, यो पक्कै पनि होइन तर जबसम्म पुरुष पार्टनरसित भावनात्मक लगाव वा प्रेम हुँदैन, उनीहरू शारीरिक रूपबाट नजिकिन रुचाउँदैनन् । यसको ठीकविपरीत अधिकांश पुरुष प्रेमलाईभन्दा यौनलाई प्राथमिकता दिन्छन् । कैयन पुरुष यौनका लागि सीधा अभिव्यक्ति दिन्छन् । यसप्रकारका पुरुष पनि महिलाहरूलाई मन पर्दैनन् । अपशब्द एवं


गालीगलौज प्रयाग गर्ने ः कैयन् पुरुषको भाषा अरूलाई तिरस्कृत गर्ने, भड्काऊ, तल्लो स्तरको अनि अस्वाभाविक हुन्छ । तिनका अभिव्यक्तिमा अरूका लागि आदर सम्मान झल्कँदैन । कुराकानीका बखत उनीहरू गाली र अपशब्दसमेत प्रयोग गर्छन् । यसप्रकारका पुरुषलाई महिलाले रुचाउँदैनन् । महिलाहरू, पुरुषमा शालिनतापूर्वक कुरा गर्ने शैली, सोसियल मेनर्स, एटिकेट आदिको अपेक्षा राख्छन् ।
सोर्स : साप्ताहिक

Tuesday, May 18, 2010

युनिटिका संचालकलाई ठगीमा म्याद थप

युनिटीले नेटवर्किङको नाममा बंैक र सर्वसाधारणलाई झुक्याएको अभियोगमा प्रहरीले सोमबार पक्राउ गरेका दुई जनाविरुद्ध ठगी मुद्दा दर्ता गरेको छ । गृह मन्त्रालयले युनिटीका सञ्चालकहरूलाई पक्राउ गरेलगत्तै राजस्व अनुसन्धान विभागमा बुझाउन निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशनअनुसार ललितपुर प्रहरी परिसरका अधिकारीहरूले पक्राउ गरिएका दुई जनालाई बुझाउन लैजाँदा विभागका अधिकारीहरूले बुझ्न नमानेर फर्काएका थिए । प्रहरीले विभागका अधिकारीहरूलाई तीन घन्टासम्म अभियुक्तहरूलाई बुझिदिन आग्रह गरेका थिए ।
राजस्वले नबुझेपछि प्रहरीले माथिल्लो निकायमा पुनः परामर्श गरी जिल्ला अदालतबाट ठगी मुद्दाका लागि म्याद लिएको छ । अदालतले पनि अभियुक्तहरूविरुद्ध अनुसन्धान गर्न पहिलो पटकका लागि भन्दै चार दिन मात्रै म्याद दिएको छ ।
ललितपुर प्रहरीले सोमबार युनिटी टावरबाट सञ्चालकहरूमध्येका दुई जना आर्थिक विभागका निर्देशक भीम गुरुङ र ट्राभल निर्देशक नेत्र राजवंशीलाई पक्राउ गरेको थियो । ठूलो संख्यामा नेपाली कामदार रहेका मुलुकहरूमा समेत युनिटीले रकम संकलन गरिरहेको छ । कतार, यूएई, मलेसियालगायत देशमा समेत पुगेर सदस्य बनाई रकम लिए पनि त्यो रकम के गरेको छ भन्ने कुरा अनुसन्धानको अर्को विषय भएको सम्बद्ध अधिकृत बताउँछन् । युनिटीका सञ्चालकले नेपालीमात्र नभई विदेशीलाई समेत सदस्य बनाएको बताउँदै आएका छन् । नेपाल र बिदेशमा गरी करीब ६ लाख ५० हजार सदस्य बनाएको छं । त्यसले ५ अरबा रूपया ठगी गरेको देखिएको छं ।

Monday, May 17, 2010

शरण लिन पुगेका १६ महिला आज नेपाल फर्किदै

जेष्ठ ३ - घरेलु कामदारको रुपमा साउदी अरेविया पुगेर विभिन्न समस्यामा परेका १६ नेपाली महिला सोमवार दिउसो स्वदेश फर्किदै छन् । एयर अरेवियाको उडानमा रहेका उनीहरु दिउसो त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा पुग्ने रियादस्थित नेपाली दूतावास जनाएको छ । अत्याधिक कामको बोझ, साहुको कुटपीट, हात पात तथा काम गरेको पारिश्रमिक नपाएपछि नेपाली दूतावास पुगेका उनीहरुलाई कानुनी उपचार पछि दूतावासले स्वदेश पठाएको हो । स्वदेश फर्किने मध्ये तीन महिला विरामी अबस्थाका छन्, जसलाई दुतावासले नै टीकटको व्यवस्था गरेको थियो ।
दूतावासका अनुसार घर फर्किनेमा झापा धरमपुरकी अम्बिका अधिकारी, रुपन्देही मनिग्रामकी सरिता अर्याल, धादिङ बसरीकी कल्पना भट्टराई, मोरङ याङ्गसीलाकी बसन्ती रानामगर, बर्दिया गुलरीयाकी माना नाथ योगी, पाँचथर फिदीमकी मीना साम्बाहाम्फे, नवलपरासी अमरापुरकी टीका कुमारी थापा र स्याङ्ग्जा वालिङ्की अम्बिका कुँबर छन् ।
त्यस्तै, बर्दिया मोतिपुरकी पार्वती बुढा, बर्दिया मुनालबस्तीका दीपा सुनार, रुपन्देही मधैलियाकी कविता कुमारी कुँबर, नवलपरासी सुमनीकी यशोदादेवी बीन, झापा सोमबारेकी चन्द्रकला भुजेल, नबलपरासी रामनगरकी शान्ति बिक, झापा राजगढकी रामधना शर्मा र झापा सुरुङ्गाकी रुपो राजवंशी फर्किएको दूतावासले जनाएको छ । उनीहरुमध्ये शान्ति विक, रामधना शर्मा र रुपो राजवंशी विरामी छन् ।
नेपाल सरकारले खाडी मुलुकमा घरेलु कामदारको रुपमा महिलालाई पठाउन रोक लगाए पनि दलालहरुले भारतको बाटो खाडी मुलुक पुर्‍याउने गरेका छन् । भारतीय नाकाबाट घरेलु कामदारको रुपमा विदेश जाने क्रमलाई रोक्नु पर्ने आवाज वर्षौ देखि उठ्दै आए पनि अहिलेसम्म काम हुन सकेको छैन ।
दूतावासले घर मालिकको शोषणमा परेर दैनिक दुई/तीन महिला भाग्दै दूतावास आउने गरेको जनाउँदै उनीहरुको हेरचाह गर्न एक महिला सेविकाको माग गरे पनि हालसम्म व्यवस्था हुन नसकेकोमा दुःख व्यक्त गरेको छ । 'पटक पटक गरेको अनुरोध प्रति वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र श्रम मन्त्रालयबाट बिल्कुलै सुनुवाई नभएकोमा दुःख छ' दूतावासबाट जारी विज्ञप्तीमा उल्लखे छ ।

Wednesday, May 12, 2010

अब तपाईले बिना झंझट राहाधानी पाउने हुनु भयो

वैशाख ३० - राहदानी बनाउन सिफारिस गरिदिने सभासद वा सरकारी अधिकृत नपाएर दिक्क हुनुहुन्छ ? के कसैले सिफारिस गराइदिन्छु भनेर तपाईंसँग पैसा मागिरहेका त छैनन् ? यदि यस्तो हो भने तपाईं ढुक्क हुनुहोस् । परराष्ट्र मन्त्रालयले राहदानी बनाउन कसैको सिफारिस नचाहिने व्यवस्था गरेको छ । र, यो व्यवस्था बिहीबारदेखि नै लागू हुँदैछ ।
हो, तपाईंले राहदानी बनाउन बिहीबारदेखि दलालको सहारा लिनु पर्दैन । सर्वसाधारणलाई छिटो, छरितो र बिनाझन्झट राहदानी उपलब्ध गराउन परराष्ट्र मन्त्रालयले नागरिकताकै आधारमा राहदानी दिने व्यवस्था गरेपछि यस्तो अवस्था आएको हो । 'सर्वसाधारणले दुःख नपाऊन् भनेर सिफारिस नचाहिने व्यवस्था गरेका हौं,' परराष्ट्र प्रवक्ता दुर्गा भट्टराईले कान्तिपुरलाई भने, 'राहदानी बनाउन आउने सर्वसाधारणलाई सिफारिस गराइदिन्छु भनेर पैसा असुलेको सूचनाका आधारमा यस्तो व्यवस्था गरेका हौं ।' यसअघि सर्वसाधारणलाई राहदानी बनाउन सभासद वा न्यूनतम शाखा अधिकृत तहको सरकारी कर्मचारीको सिफारिस आवश्यक पथ्र्यो ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को प्रावधानअनुसार नेपाल सरकारले गत चैत १९ गतेदेखि मेसिन रिडेबल पासपोर्ट जारी गर्न नसकेपछि परराष्ट्र मन्त्रालयले अंग्रेजी भाषामा 'यो मेसिन रिडेबल पासपोर्ट होइन' लेखेर सर्वसाधारणलाई राहदानी वितरण गर्दै आएको छ । यस्तो राहदानीले सन् २०१५ को नोभेम्बरसम्म अन्तर्राष्ट्रिय यात्राका लागि वैधानिकता पाउँछ । तर यस्तो राहदानी जिल्ला प्रशासन कार्यालयबाट वितरण नहुने भएकाले परराष्ट्रमा चाप बढेको छ । त्यही चापको फाइदा उठाउँदै परराष्ट्र मन्त्रालयमा दलालहरू सक्रिय हुन थालेका छन् ।
'दैनिक करिब ५ सय राहदानी वितरण हुन्छ,' परराष्ट्रका शिष्टाचार महापाल मोहनकृष्ण श्रेष्ठले भने, 'हामी बिहान ८ देखि बेलुका ६ बजेसम्म राहदानी वितरण गर्छौं ।' उनका अनुसार परराष्ट्रमा राहदानी बनाउने मानिसको चाप बढेपछि संसद् वा सरकारी अधिकारीबाट सिफारिस गराइदिन्छु भन्दै दलाले साधारणबाट पैसा असुलेको सूचनाका आधारमा सिफारिस नचाहिने व्यवस्था गरिएको हो । 'सिफारिस गराइदिन्छु भन्दै पैसा असुली गरेको सूचना आयो,' उनले भने, 'त्यही भएर सर्वसाधारण कसैबाट नठगिऊन् र शोषणमा नपरून् भनेर हामीले सिफारिस नचाहिने नयाँ व्यवस्था गरेका हौं ।' नागरिकताको आधिकारिकतामा शंका लागे परराष्ट्र आफैंले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझ्ने बुधबार विज्ञप्ति जारी गरी जनाएको छ ।

Sunday, April 25, 2010

कसरी पुग्छन् युवतीहरू मसाज सेंन्टरमा ?

करबि पाँच फिट उचाइ, गोलो र गोरो अनुहार भएकी १८ वर्षको कल्कलाउँदो उमेरकी ठमेलको हिमालय आयुर्वेदिक मसाजमा छिर्ने जोसुकै ग्राहकको पहिलो रोजाइ बन्ने गरेकी थिइन् उनि केही समययता त उनी धेरै ग्राहकको रोजाइ बनेका कारण सहकर्मीकै लागि ईष्र्याको पात्र भएकी थिइन् । उनलाई पनि अरूभन्दा बढी आकर्षक भएकामा गर्व थियो। किनभने, जति धेरै ग्राहक तान्न सक्यो, त्यति नै आम्दानी बढी हुन्थ्यो। "भित्री मनमा जे भए पनि पहिलो कुरा त पैसा नै रहेछ," उनले प्रहरी नियन्त्रणमै रहेको अवस्थामा काँपेको स्वरलाई दह्रो पार्दै भनिन्। पाँच महिनादेखि उक्त मसाजमा काम गरेकी उनलाई त्यसयता आफ्नो टोलछिमेकमा पनि अरूसरहको जीवन गुजारा गर्न सजिलो भएको थियो। तर, उनलाई त्यस ठाउँसम्म पुर्‍याउन बाध्य पार्ने कारणहरू खोतल्न लाग्दा उनी रुन पुगिन्।
फागुन २९ गते पक्राउ परेका सात महिलामध्येकी सविना थापा -नाम परविर्तन), १८, ले आर्थिक अवस्थाकै कारण ९ कक्षा पढ्दापढ्दै स्कुल छाड्नुपर्‍यो। काठमाडौँ, गागलफेदीकी उनी अहिले बालाजु हाइटमा आमासँग बस् िछन्। बुबाले तेस्रो विवाह गरेपछि उनकी आमा कान्छीबाट माइली भइन्। बाबुले नयाँ श्रीमतीलाई मात्रै हेर्न थाले। माइली र उनीबाट जन्मेकी एक मात्र छोरी सविनालाई हेलाँ गर्न थाले। उनकी आमाले अर्काको घरमा मजदुरी गरेको ज्यालाले मात्रै आमाछोरीको गुजारा चल्न मुस्किल भयो। फेर सविनाका साथीहरूको ठाँटबाँठले उनलाई पनि मीठो खाने र राम्रो लगाउने इच्छा जाग्न थाल्यो। "तर, मसँग बाहिर जाँदा २० रुपियाँ खाजा खाने पैसासमेत हुन्थेन," उनी भन्छिन्। अन्ततः उनी एक चिनेको दिदीसँग ठमेल पुगिन्। घरमा र साथीहरूलाई 'अफिसमा काम गर्छु' भने पनि अफिसको नाम र कामबारे कसैलाई भनेकी थिइनन्।
सविना एक उदाहरण मात्रै हुन्। राजधानी छेउछाउका गाउँ, सहरभित्रैका कमजोर आर्थिक र पारविरकि स्थति भएका घर, राजधानीसँग जोडिएका जिल्लाबाट थुप्रै महिला यसरी बाध्य भएर आफ्नो यौवन बेच्न बाध्य छन्। साँझ-बिहान खान नपुग्ने, खोजेजस्तो रोजगार नपाइने, परविारमा अपहेलित भएर बाँच्नुपर्ने धेरै महिला सुखको खोजीमा सदरमुकाम, सहर र राजधानी पस्ने क्रम त छँदै थियो। त्यसलाई १० वर्ष चलेको सशस्त्र द्वन्द्वले झन् बढावा दियो। धेरै परविार विखण्डित भए। "आन्तरकि विस्थापन र बाध्यताको बसाइँसराइले धेरै महिलालाई सहरका निकृष्ट प्रकारका श्रममा धकेल्यो," राष्ट्रिय मानव अधिकार आयोगको चेलीबेटी बेचबिखन तथा ओसारपसारसम्बन्धी समाधीक्षक पद्मा माथेमा भन्छिन्।
हालै एक १३ वर्षकी बालिकालाई यौन व्यवसाय हुने मसाज केन्द्रमा प्रहरीले फेला पार्नुले बालबालिकालाई समेत यसमा प्रयोग गरएिको प्रस्ट पार्छ। सिन्धुली बेलघारीकी ती बालिकालाई ठमेलको जोमसोम मसाजबाट गत असोज २२ गते प्रहरीद्वारा उद्धार गरएको थियो। उनले मसाजमै काम गर्ने दिदीसँग काठमाडौँ आएको बताएकी थिइन्। प्रहरीले त्यसबेला ठमेलका एभरेस्ट, निर्वाण, जोमसोम र आयुर्वेदिक नामका मसाज पार्लरमा फेला परेका अरू सात बालिकाको समेत उद्धार गरेको थियो। ती सबै अहिले माइती नेपालको संरक्षणमा छन्।
मसाजका नाममा यौन व्यवसाय सञ्चालन गर्नेहरूले अहिले नयाँनयाँ कलिला किशोरीलाई आफ्नो कोठीसम्म तान्नका लागि अर्को उपाय अपनाउने गरेका छन्। आफूकहाँ काम गर्ने युवतीलाई दसैँ, तिहार, नयाँ वर्षजस्ता चाडपर्वका बेला केही बढी रकम दिन्छन्। धेरै समयपछि गाउँघर फर्किने बेलामा ती युवतीहरू पनि भड्किलो भएरै जान्छन्। "उनीहरूको जीवनशैलीबाट गाउँघरमा कष्टपूर्ण जीवन भोगिरहेका किशोरीहरू उनीहरूप्रति सजिलै आकषिर्त हुन्छन्," रक्षा नेपालकी अध्यक्ष मेनुका थापा भन्छिन्। उनका अनुसार, सहरमा के काम गर्नुपर्छ भन्ने कुराबारे थाहै नपाई उनीहरू पछि लाग्छन्। बाबुआमाले पनि काम लगाइदिन आग्रह गरेर जिम्मा लगाउँछन्। "अनि सहरमा यस्तै निकृष्ट काममा फस्छन्," थापा भन्छिन्, "फसेपछि उम्किनै सक्दैनन्।"
साभार : नेपाल

आज देखि निजी स्कुलहरू बन्ध

अब जनताले के के सहनु पर्ने हो थाहा भएको छैन केहि दिन देखि बिधालायको लेखा शाखा मात्र बांध थियो आज देखि बिधालयहरुनै बन्ध गरेका छन । निजी विद्यालयहरूले मनोमानी तवरले शुल्क बृद्धि गरेको विरोधमा एकीकृत नेकपा माओवादीको भातृसङ्गठन अखिल क्रान्तिकारीले आइतबारदेखि सबै निजी विद्यालय बन्दको आहृवान गरेका छन् ।
बढेको शुल्क फिर्ता गर्न माग गर्दै क्रान्तिकारीले निजी विद्यालय बन्द गराएको अध्यक्ष लेखनाथ बताउछन। निजी विद्यालय बन्दको आहृवान गरेपछि करिब १५ लाख विद्यार्थी प्रभावित भएका छन् । क्रान्तिकारीले बैसाख ६ गतेदेखि देशभरका निजी विद्यालयको लेखा शाखामा तालाबन्दी गर्दै आएको थियो । विद्यालय बन्द भए नभएको अनुगमनसमेत गर्ने अखिल क्रान्तिकारीले जानकारी दिए ।
यसैबीच अखिल क्रान्तिकारीका युवाहरूले धनगढीको हसनपुरमा रहेको वीरेन्द्र ऐश्वर्य विद्यालयमा विद्यालय तोडफोड गरेको छ । साथै विद्यालयका प्रचार्य धर्मदेव भट्टलाइ पनि कुटपिट गरेको थाहा भएको छं ।

Friday, April 23, 2010

शान्ति बाटिकामाँ भएको नागरिक समाज को
र्याली

अनेरस्वबियु काउन्सिल नेपालले आज राष्ट्रिय म्याराथुन प्रतियोता सम्मन्न गरेको छ

स्ववियु काउनासिल्ल नेपालले आज राष्ट्रिय म्याराथुन प्रतियोता सम्मन्न गरेको छ उक्त कार्यक्रममा जुम्मला क्याम्पस प्रथम भएको छ भन चितवनका दोस्रो र काठामाडौका गीतामाता क्याम्पश तेस्रो

Monday, April 19, 2010

देवीदेखि वारगर्लसम्म


भारतीय चलचित्रमा नारी पात्रको अवस् था कस्तो छ ? चैतको अन्तिम दिनदेखि सुरु भएर पाँच दिनसम्म चलेको वलिउड चलचित्र महोत्सवले यही प्रश्नको जवाफ दियो । महोत्सवमा झन्डै एक दर्जन चलचित्र प्रदर्शन भए । भारतीय सांस्कृतिक केन्द्रको आयोजनामा भएको यस महोत्सवमा भारतीय चलचित्रको ५० वर्ष समेटिएको छ । 'र ोल अफ द इन्डियन फिल्म हिरोइन, द चेन्जिङ् इकोज' नाम दिइएको महोत्सवमा साहिव बीबी, चारुलता, अंकुर, अमराओजान, माया मेम साहेवदेखि पछिल्लो चलचित्र ब्ल्याकसम्म प्रदर्शन गरिए । यी चलचित्रमार्फत भारतीय चलचित्रमा नारी पात्रको भूमिका हिजो कस्तो थियो र आज कस्तो छ भन्ने देखाइयो ? एकताका देवीको अवतारसम्म मानिएका नायिकाहरू पछिल्लो समयमा वारगर्ल भएर पनि देखापरे । यसले नारी पात्रमा आएको परिवर्तनलाई स्पष्ट झल्काउँथ्यो । महोत्सवमा विचार गोष्ठीसमेत आयोजना गरएिको थियो ।