Showing posts with label artical. Show all posts
Showing posts with label artical. Show all posts

Monday, May 12, 2014

परिवर्तित नेपाली समाजको गन्तव्य र अबको बाटो

नेपालको राजनीतिमा बेला बेलामा विभिन्न समयमा विभिन्न राजनितिक पार्टि भित्र बहसहरु चल्ने  छ अहिलेको सन्दर्भमा नेकपा एमालेको नबौ महाधिबेसन नजिक आएको बेलामा निकै बहसहरु चलेका छन् जसमा समाज बिकासको चरण  आदि बारे यस सन्दर्भमा नेकपा एमालेका सचिब शंकर पोखरेलको बिचार यस्तो छ।

१. यतिवेला नेकपा(एमाले)को नवौं महाधिवेशनको चर्चासंगै वैचारिक वहसको श्रृंखला सुरु भएको छ । सुरुमा नेपालीक्रान्तिको सिद्धान्त र कार्यक्रम तथा राजनीतिक कार्यदिशा र कार्यभारहरु कै वारेमा वहस गर्न खोजिएको थियो । तर अहिले त्यस सन्दर्भमा एक प्रकारको सहमती बन्दै गएको अवस्था छ । तर वैसठ्ठी त्रिसठ्ठीको राजनीतिक परिवर्तनलाई मुल्यांकनगर्ने सवालमा र नेपाली समाजको चरित्र निरुपण गर्ने सवालमा भने अझै सहमती जुट्न सकेको छैन ।
पछिल्लो राजनीतिक परिवर्तनलाई कसैले पुरानो वुर्जवा क्रान्ति पुरा भएको अर्थमा कसैले जनताको वहुदलीय जनवादी कार्यक्रमनै पुरा भएको अर्थमा चित्रण गर्न खोजिरहेको अवस्था थियो । तर अहिले त्यस सन्दर्भमा आफ्नै विशेषताभएको राजनीतिक क्रान्ति भनेर विश्लेषण गर्ने भन्ने कुरामा समेत मतैक्य कायम भएको देखिन्छ ।
- See more at: http://www.onlinekhabar.com/2014/05/197587/#sthash.2xgEwuxS.dpuf
 १. नेकपा एमालेको नवौं महाधिवेशन नजिकिदै गरेको अबस्थामा त्यसको तयारी कहाँ सम्म पुगेको छ । तयारी नपुगेको कारणले महाधिवेशन सर्छ कि सर्दैन ।
महाधिवेशन पाँचवर्ष भित्र गर्ने भनेर पार्टी बिधानमा  व्यवस्था गरीएको छ ।  तर, केही मान्छेहरु महाधिवेशनको तयारीमा सघाउन, प्रोत्साहा गर्न भन्दा पनि हतोस्साही बनाएर पछाडी धकेल्ने प्रयासमा लागी परेका छन् । यो पार्टीको नियमीत जीवन भएको हुनाले यसलाई समयमै सम्पन्न गर्न पर्टीले ध्यान दिनु पर्छ । सोही अनुरुप हामी लागीरहेका छौं । दस्तावेज मस्यौदा समीतीले मस्यौदा तयार परिसकेको र अन्तिम चरणको छलफलमा रहेको अवस्था छ । त्यसैगरी, व्यवस्थापन सम्बन्धी बिभिन्न समीती र उपसमिति मार्फत कामहरु अगाडी बढीरहेका छन् । सदस्यता नविकरणको विषय पनि बैसाख ५ सम्ममा सकिएको छ । सबै जिल्लाले आफ्नो जिल्ला अन्तरगतका संगठीत सदस्यको नविकरण गरेको विवरण पार्टी केन्द्रीय कार्यलयमा बुझाइसकेका छन् । तसर्थ, महाधिवेशन तयारीको पहिलो चरणको कार्य सम्पन्न भएको छ ।

Wednesday, May 7, 2014

सास्कृतिक साम्रराज्यवादका विरुद्ध जवजको प्रयोग

   कल्पना थापा

विश्वबाट जसरी भू–स्राम्राज्यवादहरु समाप्त ह“ुदै गए पनि त्यसको ठाँउमा सांस्कृतिक साम्राज्यवाद-cultural imperialism) विकसित भएको छ  । विशेषगरी पश्चिमा मिडियाहरुले एसिया तथा अफ्रिका अल्प विकसित मुलुकहरुमा आप्mनो प्रभुत्व कायम गरेका छन् । हाम्रो संस्कृति लोप हुनुमा मिडियाको सबैभन्दा ठूलो भूमिका हुन्छ । किन की संचार माध्यममा आएको विषयलाई धेरैले देखासिखी गर्ने प्रवृति छ । हाम्रो समाजमा सामाजिक रुपान्तरणमा cultural change गर्न मिडियाको ठुलो भूमिका रहेको हुन्छ । तर मिडियाहरु पश्चिमा संचार माध्यमवाट प्रभावित भए भने हाम्रो जस्तो अल्प विकसित देशमा नराम्रो प्रभाव पार्छ । 
नेपालमा संचार माध्यम विशेषगरी रेडियो, टि.भी. माध्यमहरु प्रभावित भएको पाइन्छ । अन्तराष्ट्रिय समाचार एजेन्सीहरु, अन्तराष्ट्रिय विज्ञापन एजेन्सीहरु अन्तराष्ट्रिय जनसम्पर्क सस्थाहरु, फिल्म, सीडी, भिसीडीहरु को  मुख्य भूमिका रहेको हुन्छ ।  छरिएर रहेको हाम्रा अमूल्य सस्कृतीहरु  आफुमा पुर्ण नहुन सक्छन् । तर ति सबै हाम्रा बहुमुल्य पहिचान हुन । समाजवाट सस्कृती लोप भयो

Saturday, September 28, 2013

सामाजिक परिवर्तनमा महिलाहरुको भुमिका

पृश्ठभुमि
मानव विकासको एउटा चरणमा मातृसतात्मक युग थियो । यस युगमा आमाहरुकै बोलवाला चल्थ्यो , समाजका हरेक निणर्य महिलाहरुले नै गर्थे । मनव सभ्यताको विकास सगै समाजमा पतिृसत्ताको स्थापना हुदै गयो । त्यही पितृसत्ताले महिलाहरुको घर , परिवार र समाजमा हुने भुमिकालाई गौण ठान्न थाल्यो । समयसगै त्यस रितिरिवाजले महिलाहरुको भुमिकालाई अवमुल्यन ग¥यो । त्यस समयमा धर्मग्रन्थहरुमा आधारित भएर कानुनहरु निमार्ण  गरिए । जसमा पूरुषहरुलाई प्रोत्साहन र महिलाहरुलाई दाष बनाउने सामाजिक सहकार्यलाई दरिलो बनायो । यसले सामाजिक संरचानाहरुमा पूरुषको भुमिका प्रमुख बनायो । यसो गर्दा घर समाज जस्ता हरेक क्षेत्रमा पुरुष स्थापित हुदै गए ।

समाजमा ठुलाठुला राजनैतिक परिवर्तनहरु भएता पनि महिलाहरुलाई हेर्ने दृष्टिकोणमा भने सन्तोषजनक परिवर्तन भएको देखिदैन । खास गरी पुर्नजागरण कालपछि आएको चेतनाको विकासले महिलाहरु पनि विउझिन थालृे । राणशाान कालमा योगमाया न्यौपानेद्धारा थालिइको महिला आन्दोलन आजसम्म आईपुग्द केही प्रप्ती भएका छन । तर जतिहुनु पर्ने हो त्यो नभएको देन्खिछ । एककाईसौं शताब्दीसम्म आइपुग्दा पनि समाजका आधा हिंसा ओगोटेका महिलाहरु बििभनभ अधिकारबाट बन्चित छन् । यो स्थिति विकसित देशमा भन्दा विकासोन्मुख देशमाहरुमा अझ बढी भएको पाइन्छ । समान परिवर्तन गर्ने , समाजको महिलाप्रति हेर्ने दृष्टिकोणमा भिन्नता ल्याउन महिला आफै पनि लाग्न अत्यन्त जररी छ । विशेषगरी नया पुस्ताका महिलाहरु जो शिक्ष्ँित छन्, जो सामाजिक परिवर्तनमा लागिपरैका छन् । उनिहरुको भुमिका अत्यन्त महत्वपुर्ण रहन आउछ ।

नेपालको आदिवासी जनजाति जनसंख्य एक सिंहावलोकन

कल्पना थापा

नेपालको कुल जनसंख्यको सैतिस पैतिसत भन्दा बढी हिंस्सा ओगोटेको आफ्नो छुट्टै मातृभाषा र परम्परागत रीतीरिवाज भएको जनजातिहरु सदियौं देखी यस देहको बिभिन्न भु–भागमा आफ्नो छट्टै सांस्कृसतक पहिचानसहित वसोवास गर्दै आएका छन् । बढ्दो जनसख्य बृद्धि जाति व्यवस्था पश्चिमीकरण ,आधुनिकिकरण ,शहरीकरण ,प्राकृतिक स्रोतमाथिको अतिक्रमण आदिका कारण यिनिहरु कतिपयको संस्कृति लोप भइसकेका छन् भने कतिपयको लोप हुने अवस्थामा छन् । आर्थिक गरिवि बढ्दो छ ।शिक्षा स्वस्थ्य खानेपानी विजुली यातयातजस्ता सुविधा बाट अधिकांश आदिवासी ÷जनजातिहरु बन्चित छन् । २०४७ सालको प्रजातन्त्रको पुनवहाली सगै आदिवासी जनजातिहरुमा चेतनाको विकास भएको पाइन्छ ।

आदिवासी, जनजातिको परिभाषा

आदिवास्ी जनजातिको सम्बन्भमा बिभिन्न समाजशास्त्री, मानवशास्त्री ,स्रयुक्त राष्ट्रसंघलगायतका अन्तराष्ट्रिय सघंसस्थाहरुले लेपालको सन्र्दभमा र नेपालमै आदिवासी जनजातिसमबन्धी अन्तराष्ट्रिय र नेपाली सघं सस्थाहरु तथा बििभनभ विद्धानहरुले बििभन्न तरिकाले परिभाषित गरेको पाइन्छ । आदिवासी आन्दोलनका अगुवा वा कार्यकर्ता ,आदिवासी जनजाति विद्धानसित परामर्श गरि नेपाल आदिवासी जनजाति माहासंघ १९९४ ले नेपालको सन्दर्भमा आदिवासी जनजातिलाई परिभाषित गर्न देहाय बमोजिमका मापदण्डको विकास गरेको हो जनजाति महासघंका अनुसार आदिवासी भन्न्ाँले भिन्न सास्कृति परम्परा र आफ्नो मात्रृभाषा भएको पितृ तथा प्रकृति पुजने धर्ममा आधारित धार्मिक विस्वस   गर्ने जातिलाई बुझाउछ । ती पुर्खाका वर्तमान सन्ततीहरु जसका पुर्वजहरुले पहिलो वासिन्दा वा मुलािसीका रुपमा हालको नेपालराज्यको भु–भागहरु भिन्न नश्व जाति वा संस्कृतिका मानिसहरु आउनु अगावै र्चचेका थिए र जसका आफ्ै लिखित वा मैखिक इतिहास छन् ।

Thursday, July 25, 2013

पूँजीवाद र समाजवादमा महिलाहरु

पृष्ठभुमि
मानव  जाती लैङ्गिक रुपले दुई लिङ्गमा विभाजित छ । त्यो हो एउटा स्त्री र अर्को पुरुष । हाम्रो समाजमा पुरुष स्वाधिन छ र शासकको रुपमा स्थापित छ । यहि समाजमा महिलाहरु हाम्रो समाजको अघोषित रुपमा रहेको परम्परा, रितिरिवाजको कारणले पराधिन र शासित भएर बाच्न विवस छन् । तर यो सबैको मुल तत्व भनेको नै लैङ्गिक विभेद हो । तर यो नै स्त्री र पुरुष विचमा भएको वर्तमान अवस्थाको कारक तत्व हो त ? यो अवश्य पनि होइन बरु त्यस विभाजनको माध्यमबाट विकसित अन्य कारक तत्वहरु छन् । जसको कारणले स्त्री र पुरुषको विचमा प्रभुत्व र दासत्वको सम्वन्ध स्थापित हुन पुगेको छ । अब हामीले बुझ्नु परेको छ कि ती कारक तत्व कसरी उत्पन्न भए र त्यसलाई उन्मुलन गर्न सकिन्छ । यी सबै प्रश्नहरु माथि प्रकाश पार्नको लागि हामी सबैले चिन्तन मनन् र विश्लेषण गर्न आवश्यक छ ।

Thursday, June 20, 2013

अस्तित्वको लडाई

जव म केहि नबुझ्ने थिए आमाले भन्नु हुन्थ्यो आज शनिवार स्कुल पढ्न नजाउ । किन कि शुक्रवार घर मा धेरै काम गर्नु पथ्र्यो । तेहि दिन म संगै पढ्ने मेरो भाई भने स्कुल जान्थ्यो ताकि उसलाई आमाले राक्नु हुँदैन किन कि छोराले पढ्नु पर्छ प्रथम श्रेणीमा एस.एल.सी पास गर्नु पर्छ भन्ने वावा आमा चाहानु हुन्थ्यो । छोरिले त पास मात्र गरे हुन्छ । किन कि उ भोलि विहे गरेर अर्काको घरमा जान्छे भनेर होला पढ्नलाई तेति महत्व दिनु भएन । ढिपि जितेर पढ्न जान्छु भन्यो भने गाँउ भरिका सबै मान्छे आउथे र भन्थे हाम्रो छोरीले त पढ्की छैन तहिले मात्र किन पढ्न प¥यो र ? आज म तेहि कुरा सम्झन्छु जति वेला घर, गाँउ सबैका कुरालाई नकार्दै म स्कुल जान्थे र पढ्थे । महिले बल्ल आज कुरा बुझेको छु हाम्रो समाज जहा पित्रिसत्तात्मक सोचले भरिएको छ । त्यहाँ अलि अलि पाईला चाल्ने हिम्मत गरेको रहेछु भनेर । आज बल्ल मलाई थाहा भएको छ , हाम्रो समाज हामिले कल्पना गरे जस्तो रहेनछ । एउटी नारी प्रत्येक पाइलामा ठक्कर खाएर अगाडी बढेकी हुन्छे । उसको सबैले रमिता मात्र हेर्छन् किन की उ नारी हो ।

Sunday, September 16, 2012

नेपाली तीजमा विकास र बिक्रिती सगै भित्रिएको छ

नेपाली महिलाहरुको महान चाड तीज नजिकीदै छ । पहिला पहिला यो तीजलाई वर्ष दिनको दुख पोख्ने थल्योको रुप लिने गरिन्थ्यो । किन की महिलाहरुको सानै उमेरमा विहे हुने र उनिहरु धेरै समय सम्म माइत जान नपाउने  कारणले वर्ष दिनमा एक पल्ट माइत जाने र आफ्ना घरमा भोगेको सबै दुख कष्टलाई गीतको माध्यमवाट माइती घरमा साथीभाई संग सुनाउने र रमाइलो गर्ने हुँदा उनिहरुले आफ्नो दुख हल्का भएको महसुस गर्थे । कीन कि त्यस समयमा महिलाहरु पढे लेखेका पनि हुदैन थे उनिहरुलाई धेरै सामाजिक र आर्थिक वन्धनहरु ह्ुन्थे त्यसैले आफ्ना कुरा राख्न वर्ष दिनमा एक दिन तीज कुर्नु पथ्र्यो । साथि भाई संग आफ्ना दुख पोख्नु पथ्र्यो । तर अहिले समय फेरीएको छ ।


महिलाहरुको सदियौं देखिको दासत्व पनि केही कम भएको छ । किन कि उनिहरु पढ्न लेख्न सक्ने भएका छन् । नेपालका गाँउका केही र सहरका प्राय सबै महिला पढे लेखेका छन् ।  आफ्ना कुरा राख्नलाई तीजनै कुर्नु पर्दैन । धेरै फोरमहरु वनेका छन् तर पर्याप्त छैन्न । जति महिलाहरुले संघर्ष गरेका छन् तेति उनिहरुले उपलव्धि हासिल गरेका छैन्न  । पहिलाको तुलनामा केही प्रगती गरेका छन् , केही अवसर प्राप्त गरेका छन्, तर जति पाउनु पर्ने तेती अधिकार कागजमा त पाएका छन् व्यवहार मा अझै आई सकेको छैन । अहिले पनि धेरै महिलाहरुले दायिजो नल्यएको निहुमा ज्यान  गुमाउनु परेको छ , दायिजोको निहुमा दिन दिनै घरेलु हिंन्सा सहनु परेको छ । तर पनि विश्वलाई हेर्ने हो भने केही परिवर्तन पक्कै भएको छ ।  पहिला पहिला हाम्रा आमा दिदि वहिनीले तीजको गीतमा आफ्ना सासु , नन्दले दुख दिएको गीत गाउथे तर अहिले देश विकासका गीत घन्किन थालेका छन् महिला अधिकारका गीत घन्किन थालेका छन् । यसलाई पनि महिलाहरुमा आएको चेतना मान्नु पर्छ  । 

अहिले धेरै सुन्न सकिन्छ तीजमा विक्रिती वढेको छ । एक महिना सम्म तीज मनाउन थाले नेपाली दिदी वहीनी विग्रिए भन्ने गरेको सुनिन्छ । हुन पनि हो तीजमा केही मात्रमा विक्रिती पनि आएका छन् । पहिला पहिला समुहमा मिलेर गाउने तीज गीत अहिले सिडीमा आउन थालेका छन् । समुहको सट्टा सिडी वजाएर तीज गीत मा नाच्न थालेका छन् महिलाहरु ।  अहिले गीत वानाएर गाउन गाउ गाउमा समेत छोडिसकेको भान हुन्छ । सी डीमा आएको गीत पनि वेदना को होइन केटा र केटीको माया प्रेमका हुन्छन  यसलाई विक्रिती नै मान्नु पर्छ । किन की तीजमा त महिलाले मात्र दुख सुखका गीत गाउने चलन थियो तर केटा र केटी विचको प्रेमको गीत होइन । माया र प्रेमका गीत पनि हुन्थे तर दाजु भाई दिदी वहिनी र माइती मामलीका मात्र हुन्थे तर अहिले त भेट्न आउ है तीजको दीन विजि हुन्छु भोली पल्ट आउ फोन गर भन्ने जस्ता छन् यस्ता गीत केही भट्कीला नै हुन । किन की परम्परालाई विकासित गर्नु पर्छ सभ्य र भव्य वनाउनु पर्छ तर विक्रिती फैलाउनु हुदैन । अचेल भन्ने गरिन्छ हुने खाने महिलाहरु २० हजारको सारी गहना लगाएर तीजमा सजिने गर्छन । त्यसले तीज भनेको गहना देखाउने चाड पो होकि जस्तो देखिन्छ । तर नहुनेहरुका लागि एउटा सामान्य नयाँ लुगा लगाउन पनि धौ धौ हुन्छ । यस्ता विक्रितीले नहुने महिलाहरुको मनमा एउटा नैराश्यता पैदा गर्छ त्यसैले आफ्नो औकात मात्र होइन समाजको पनि औकत हेरेर चाड पर्व मानाउदा राम्रो होला । ताकि आफ्नो चाड मनाउने तरिकाले समाजमा वस्ने अन्य मानिसको मनमा नैराश्यता पैदा नगरोस ।

अहिले धेरै महिला नेतृहरु तीज कार्यक्रम नै व्यस्त भएका छन् । भन्न त उनिहरुले आफ्ना उदेश्य अनुसार आफ्ना धारण राखेको पाइन्छ । तर  अवको तीज कसरी मनाउने भन्ने योजना कतैवाट आएको सुनिन्न । यो तीज भडकिलो भयो सबैले भन्छन् तर कसरी मनाउनु पर्छ भन्ने आवज कतै आउदैन । अवको दिनमा तीजलाई महिला अधिकारको लडाई संग जोड्नु पर्छ । किन की नेपाली समाजका सबै महिलाहरु तीज मनाउछन् । यो तीजमा सबैले खुलेर आफ्ना कुरा राख्ने र संघर्षका आवज उठाएर मनाउनु पर्छ । यो तीज हिन्दु महिलाहरुको मात्र नभै सबै महिलाको पर्वको रुपमा विकास गर्नु पर्छ । भनिन्छ अंश र वंश को आवज उठाउने नेपाली महिलाहरु तीजको दरमा मंख पर्नु हुदैन , हो अव यो तीजलाई पनि अंश र वंशको आवज उठाउने माध्यमको रुपमा विकास गर्नु पर्छ । ताकि दर खाने , गहना प्रदर्सन गर्ने सारी प्रदर्सन गर्ने थलोको रुपमा मात्र होइन ।
अहिले तीजको वेलामा फेसन सो हरु हुने गरेका छन् ती पनि विक्रिती हुनु, महिलाहरुमा सुन्दरी प्रतियोगिहरु हुने गरेका छन ती पनि विक्रिती हुन । किन कि यस्ता फेसन सोले महिला भनेका सौनदर्यका साधान हुन भन्ने भान दिन्छ । त्यसैले यस्ता विक्रीती विसंगतीलाई हटाएर सामुहीक तीज मनाउने , आफ्ना कुरा राख्ने अधिकारका कुरा गर्ने साधारण किसिमले दर खाने चलन ल्याइयो भने तीज मनाएको सार्थक हुन्थ्यो तीज सबैको तीज वन्न सक्थ्यो  , महिला अधिकारको लागि कोसे ढुंगा पनि  तीज वन्न सक्थ्यो । 





Sunday, September 4, 2011

१०१ प्रभावशाली छन् महिलाहरु

हिला र पुरुष मानव सृष्टिका आधारभूत सर्त हुन्। जहाँ महिलाका कुरा हुन्छन् त्यहाँ पुरुषलाई कदापि छुटाउन सकिँदैन। त्यसैगरी पुरुषको समाजमा महिलाले पनि उत्तिकै सम्मानित एवं प्रभावशाली जीवनको अपेक्षा गर्नु स्वाभाविक हुन्छ। नेपाली समाजको कुरा गर्ने हो भने  महिलाको भूमिका पुरुषको तुलनामा केही संकुचित रहेको यथार्थ कसैसामु लुक्न सकेको छैन। यति हुँदाहुँदै पनि हाम्रो समाजमा त्यस्ता महिलाहरू छन् जसको प्रभावका सामुन्ने सम्पूर्ण समाज नतमस्तक छ। त्यस्ता महिलाहरूको यशोगान गाउन समाजले केही कन्जुस्याइँ गरेको उदाहरण यदाकदा भेटिए पनि यसबाट तिनको उचाइ घटेको छैन बरु बढेकै छ।

Monday, August 15, 2011

मधेसी महिलाका समस्य र मधेशी महिला सभासद

लेख
मधेसी महिलाका समस्य  र मधेशी महिला सभासद
काठमाडौंमा नेपाल सतभावाना पार्टी नेपालले पार्टी फुटाएर पत्रकार सम्मेलन गरिरहेको बेलामा तराइको रौतहटमा भरखर बिहे गरेकी किरण गुप्ताको रहस्यमय मृत्य भईरहेको थियो । तराईको मुद्धालाई प्रमूखताका साथ उठाएको भन्ठान्ने तराईका सभासदहरु किन महिला हिंसाको विरुद्धमा आवाज उठाउन सकिरहेका छैन्न ।  तराइमा दिनहुँ जस्तो महिलाहरु माथि हिंसा भईरहेको हुन्छ ।  विषेस गरी बोक्सीको निहँुमा र दाइजोको निहँुमा  यस्ता घटना भएका छन् ।  अनौपचारिक सेवा केन्द्र इन्सेकको तथ्यांक अनुसार १६ महिनामा मात्रा तराइमा दाइजोका कारण ज्यान गुमाउने महिलाहरुको सख्या १० जना पुगिसकेको छ । अब भन्नुस वोक्सीको आरोपमा कतिजनाले ज्यान गुमाएका होलान ।  कति जना महिलाहरु अपहेलित र कति जनालाई र्दुव्यवहार गरेको हामिले सुनेका छौं ।

Monday, July 18, 2011

वर्तमान परिस्थिति र नेकपा (एमाले)को राजनीति

हामी सबैले भोगिरहेकै कुरा हो, मुलुक यतिबेला गम्भीर संक्रमणकालीन अवस्थाबाट गुज्रींदै छ । पुराना मान्यता, संरचना र सम्बन्धहरु टुटेका छन् । तर त्यसका नयाँ आयामहरु राम्ररी स्थापित भैसकेका छैनन् । पुराना संरचनाहरुको ठाउँमा नयाँ मान्यताको उद्घोष त गरिएको छ तर तिनीहरुलाई स्थापित गर्ने काम भैसकेको छैन । यो काम गर्नका निम्ति जारी शान्ति प्रक्रियालाई निस्कर्षमा पु¥याउनु आवश्यक छ । र, यससँगै नयाँ लोकतान्त्रिक संविधानको घोषणा हुनैपर्छ । यी दुईटा अभिभारा पुरा गरेको खण्डमा मात्रै पुराना विचार, प्रणाली र मान्यताको ठाउँमा नयाँ चिजलाई स्थापित गर्न सकिन्छ । अहिले पुराना संरचना भत्किसकेको तर नयाँ स्थापित र संस्थागत नभैसकेको अवस्था हो, जुन असहज र पिडादायी छ । हामी त्यही अवस्थामा छौं । यो असहजतालाई अन्त्य गर्न जारी शान्तिप्रक्रिया र लोकतान्त्रिक संविधान निर्माणको कुरामा केन्द्रीत भएर लाग्नुपर्ने जरुरी छ ।

Sunday, May 15, 2011

सारीरिक सम्पर्क, सम्भोग, सेक्स

मधु सुधन कोइराला  हाल अफगानिस्तान
यो कुराको नाम लिना साथ् सबैको काँन ठाडा ठाडा हुन्छन चाहे एसलेखेलामा भाग लियिसकेका हुन् चाहे नलिएका,चाहे जति सुकै बिध्वन होस् या जति सुकै मुर्ख ,चाहे करोसौको मालिक होस् या चाहे सडकका खाली पेट तर पनि यसका कानुनी ढोका, रिति, रिवाज,सस्कारका पर्दाहरु हाम्रो नेपालि आँगनमा प्रसस्त छन् । यस खेलमा कुन चै टिम पुरुस वा नारी बढी सक्रीय र आकर्सित हुन् छन् भन्ने विभिन्न बिसेसज्ञ हरुले आफ्नो आफ्नै तरिकाले बेस्लेसन गरेकाछन् ।

Thursday, March 24, 2011

राष्ट्रिय अर्थतन्त्र, उद्यमशीलता र व्यवसायिकतामा कार्यकर्ताको पहुँच

 सुरेन्द्र पाण्डे
 हाम्रो पार्टीमा धेरै अघिदेखि कार्यकर्ताहरूको आर्थिक समस्याका बारेमा छलफलहरू भए तापनि समाधान गर्ने विषयमा बहस चल्न सकेको छैन । आर्थिक उपार्जनको सवालमा केन्द्रीय तहका पार्टी नेतादेखि स्थानीय तहसम्मका पार्टी कार्यकर्ताहरू आ–आफ्नै ढङ्गले उपार्जनमा सरिक देखिए तापपनि त्यसबारेमा खुलस्त हुन चाहेको भने देखिँदैन । कतिपय नेता तथा कार्यकर्ता पङ्क्तिमा आर्थिक उपार्जन गर्ने नेता तथा कार्यकर्ताहरूप्रति सकारात्मक दृष्टिकोण राख्न नसक्ने पनि त्यसको एउटा कारण बनेको छ । आर्थिक उपार्जन गर्नु नै गलत हो भन्ने यस्ता व्यक्तिहरूको दृष्टिकोणमा आर्थिक उपार्जनतर्फ लाग्दा गैरसर्वहारा हुने, पार्टीको लक्ष्य तथा आदर्शबाट टाढा भएको भन्ने रहेको छ । यस्ता नेता तथा कार्यकर्ताहरू राजनीतिक र साङ्गठनिक कार्यमा न त सफल देखिन्छन् न त व्यक्तिगत आर्थिक उपार्जनमा सरिक देखिन्छन् । त्यस्तो दृष्टिकोण राख्ने नेता तथा कार्यकर्ताहरूले लुकिछिपी आर्थिक उत्पादन गर्ने र आफ्नो जीवनशैलीलाई उन्नत गर्ने नेता तथा कार्यकर्ताहरूलाई औँला ठड्याउन पनि सकेका छैनन् । कतिपय नेता तथा कार्यकर्ताहरूमा आफूले लुकिछिपी आर्थिक उपार्जन गर्ने, पार्टी र सरकारबाट प्राप्त हुने अधिकतम सुविधाहरू प्राप्त गर्ने तर अरूलाई भने आर्थिक उपार्जन गरेकोमा आलोचना गर्ने र उनीहरूलाई निरुत्साहित पार्ने प्रवृत्तिहरू रहेको देखिन्छ । अर्कातर्फ कार्यकर्ताहरूका केही पङ्क्तिहरू आर्थिक समस्याबाट तड्पिएका छन् र उनीहरूमा उपाय र जानकारीको अभाव छ । हिजोका दिनमा विभिन्न रूपले आर्थिक काममा सक्रिय हुने तर राजनीतिक काममा कम समय दिने समर्थक तथा कार्यकर्ताहरूले भने परिवर्तनपछिको खुला राजनीतिक अवस्थामा धेरै अवसरहरू पाएको देखिन्छ र उनीहरूको पहुँच र आर्थिक अभिवृद्धि छिटो भएको देखिन्छ ।
आर्थिक उपार्जनका सम्बन्धमा देखा परेका यस्ता प्रवृत्तिहरू गलत हुन् र त्यसलाई हटाउनुपर्छ । पार्टी निर्माण तथा मुलुकको दु्र्ततर विकासको लक्ष्यलाई आत्मसात गर्दै कार्यकर्ताहरूको ठूलो पङ्क्तिलाई आर्थिक रूपले आत्मनिर्भर गर्नका लागि स्पष्ट नीति र योजना बनाउनुपर्छ । यसका लागि कार्यकर्तालाई अग्रसर, प्रेरित र दिशानिर्देश गर्नु आजको आवश्यकता हो ।

Wednesday, March 23, 2011

जनताको बहुदलीय जनवाद र यसका चुनौतिहरू

  पृथ्वी सुब्बा गुरुंग
१.    विषय प्रवेश
जनताको बहुदलीय जनवाद नेकपा (एमाले)  को पाँचौं महाधिवेशन – २०४९ द्वारा पारित नेपाली क्रान्तिको मौलिक कार्यक्रम हो । यो कार्यक्रम पार्टीको छैटौं महाधिवेशन – २०५४ सम्म आइपुग्दा नेपाली क्रान्तिको नेतृत्वकारी विचार मात्र होइन सिद्धान्तको रुपमा स्थापित भइसकेको छ । जनताको बहुदलीय जनवादले शासन प्रणालीमा बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई स्वीकार गरेको हुनाले, एकदलीय एकाधिकारलाई नै कम्युनिष्ट क्रान्तिकारीहरुको सिद्धान्त मान्ने संकीर्णतावादी र कठमुल्लावादीहरुको दृष्टिकोणमा, यो सिद्धान्त पूँजीवादी सिद्धान्त हो, यो कार्यक्रम पूँजीवादी दक्षिणपंथी र संशोधनवादी हो भन्ने भ्रमपूर्ण प्रचारवाजी अद्यापि चलिरहेकै छ । अझ भन्ने हो भने जनताको बहुदलीय जनवादी सिद्धान्तले नेपालको वर्ग संघर्षको मुख्य रुप र संसदीय संघर्षको घेराबाट तत्काल बाहिर निस्कने संभावना नरहेकोले क्रान्तिपूर्व पनि कार्यनीतिक रुपमा अधिकतम प्रगतिशील सुधारहरु मार्फत् क्रान्तिकारी फड्कोको पूर्वाधार तयार गर्न कार्यनीति अवलम्वन गरेको हुनाले यो कार्यक्रमले एमालेलाई संसदीय गोलचक्करमा फसाइरहेको भनी क्रान्तिकारी गफ गर्नेहरुको पनि यो मुलुकमा कुनै कमी छैन । यसको साथै हरेक हालतमा जवर्जस्ती हिंसात्मक संघर्षको वकालत गर्ने, हतियारलाई विचार भन्दा ठूलो मान्ने वामपंथी अराजकतावादीहरु र अधिभौतिकवादीहरुको दृष्टिमा जनताको बहुदलीय जनवादले देश, काल, परिस्थिति अनुसार वर्ग संघर्षका शान्तिपूर्ण र हिंसात्मक रुपहरु हुन सक्छन् भन्ने मान्यता अगाडि सारिरहेको सन्दर्भमा जनताको बहुदलीय जनवाद दक्षिणपंथी कार्यक्रम हो भन्ने भ्रम पाल्ने तथाकथित माक्र्सवादको आवरणमा अधिभौतिकवादको शिकार बनेका तथाकथित क्रान्तिकारीहरुको पनि कुनै कमी छैन । अझ वर्तमान परिवेशमा नयाँ संविधान निर्माणको नेपाली सन्दर्भमा प्रकट भइरहेको जवजको सान्दर्भिकता र औचित्यताप्रति अविश्वास सिर्जना गर्ने खालका आफै भित्रका आत्मसमर्पणवादीको क्रियाकलाप र अवरोधले जनताको बहुदलीय जनवाद भन्दा जनताको समावेशी लोकतन्त्र नामको एकदलीय एकाधिकारवादी अधिनायकवादीको कार्यक्रम पो क्रान्तिकारी हो कि भन्ने भ्रम उत्पन्न गरिदिएको छ । यस्तो पृष्ठभूमिमा जनताको बहुदलीय जनवादले आजको नेपाली राजनीतिमा गरिरहेको दिशानिर्देश र सान्दर्भिकतावारे छलफल चलाउनु पर्ने आवश्यकता महसूस भएको छ ।

Wednesday, February 9, 2011

Final proposal for content Analysis


Introduction of indigenous group :
A n independent group of people with own Landor territory, history, culture, religion, Language and social organization is indigenous. Indigenous have not been given any opportunity in the national development level. According to "Indigenous law 2058 B.s, 059 cast are involved in indigenous group. But before that, "National indigenous development committee 2054" was announced 61 cast in indigenous. In the context of Nepal. Indigenous people are not given any opportunity in the local development level too. Indigenous group have their own  and , history, culture, territory, language social organization and our historical identity but opportunity are not given them to impose to establish themselves in the society .