Showing posts with label intarnation. Show all posts
Showing posts with label intarnation. Show all posts

Monday, September 3, 2012

प्रविधिका प्रभावशाली महिला


ssandberg
            श्रेयल स्यान्डबर्ग

फोब्र्स म्यागजिनले सन् २०१२ का प्रविधि क्षेत्रका शक्तिशाली महिलाको सूचीमा फेसबुक की प्रमुख सञ्चालन अधिकृत स्यान्डबर्ग रहेकी छन् । सन् २००८ देखि प्रमुख सञ्चालन अधिकृतका रूपमा काम गर्दै आएकी उनले गत जुनमा मात्र फेसबुक को सञ्चालक समिति सदस्य भएकी छन् श्रेयल स्यान्डबर्ग काठमाडौ, भाद्र १६ - विश्वका ठूला प्रविधि कम्पनी जस्तै फेसबुक को कुरा गर्ने बित्तिकै मार्क जुकेरबर्गको चर्चा हुन्छ । माइक्रोसफ्टसँगै जोडिन्छन् विल गेट्स । एप्पलको चर्चा स्टिभ जब्सबाट सुरु हुन्छ । गुगल होस् वा सामसङ त्यसमा पनि पुरुष अनुहार जोडिन्छन् । विश्व अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान प्रविधिको क्षेत्रमा अहिले बिस्तारै महिलाको संलग्नता पनि बढ्न थालेको छ । तरका अनुहारले पुष्टि हुन्छ, प्रविधि क्षेत्रमा पुरुषको मात्र बोलबाला छैन, महिला पनि उत्तिकै प्रभावशाली छन् । । उनी फेसबुक को सबैभन्दा पहिलो महिला सञ्चालक समिति सदस्य हुन् । फेसबुक मा उनको झन्डै १ अर्ब अमेरिकी डलरको सेयर छ ।
हार्डवर्ड विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन पूरा गरेकी उनी अमेरिकामा विल क्लिन्टन राष्ट्रपति हुँदा अमेरिकाको अर्थ मन्त्रालयमा प्रमुख कर्मचारीका रूपमा काम गरेकी थिइन् । त्यसपछि उनी गुगलको अनलाइन ग्लोबल सेल्स एन्ड अपरेसनमा उपाध्यक्षका रूपमा काम गरेकी थिइन् । 'म यो अवस्थामा पुग्छु भन्ने मैले सोचेकी थिइनँ,' उनले भनेकी छन्, 'तर म विश्वास गर्छु कि महिला र पुरुष दुवैको सफल परिवार र करियर सम्भव छ ।' धेरै महिला शक्तिशाली अवस्थामा पुग्नेमा आफू विश्वास गर्ने उनले बताइन् ।
जेन्नी रोमिट्टी
अक्टोबर महिनामा ३० वर्षे महिलो जेन्नी आईबीएमको प्रमुख कार्यकारी अधिकृत भएकी छन् । अमेरिकाको पुरानो प्रविधि कम्पनी आईबीएममा माथिल्लो पदमा पुग्ने आईबीएम भेट्रान पहिलो महिला हुन् । आफ्नो कार्यकालको पहिलो वर्षमा उनले आईबीएमका लागि ५ वर्षे महत्त्वाकांक्षी योजना सार्वजनिक गरेकी छन् । जसमा सन् २०१५ भित्र क्लाउड कम्प्युटिङ र बिजनेस एनालाइटिक्स सफ्टवेयरको व्यापारबाट २० अर्ब अमेरिकी डलर आम्दानी गर्ने लक्ष्य छ । 'लक्ष्य प्राप्ति सकारात्मक बाटोमा अगाडि बढिरहेको छ,' उनले भनिन् ।
जेन्नीले सन् १९८१ बाट आईबीएममा काम सुरु गरेकी थिइन् । सुरुमा सिस्टम इन्जिनियरको काम गरेर उनीले पछि ग्लोबल सेल्सको प्रमुख भइन् । त्यसपछि उनले आईबीएमको बजार १ सय ७० देशमा विस्तार गरिन् ।
उर्लसुला बर्न्स
पि्रन्टर र कपियरको व्यापार गरिरहेको कम्पनी एक्सरोक्सको प्रमुख कार्यकारी बर्न्स बिस्तारै कम्पनीलाई सेवा व्यवसायतिर लैजान व्यस्त छन् । विगत तीन वर्षदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेकी उनले कम्पनीमार्फत इलेक्ट्रोनिक टिकट कारोबार, सडक टोल, पार्किङ मिटर सेवामा लागेकी छन् । यस क्षेत्रले अहिले कम्पनीको कुल आम्दानीको आधा आम्दानी बेहोर्छ । बन्र्सले सन् १९८० बाट एक्सरोक्समा प्रशिक्षार्थी इन्जिनियरका रूपमा काम सुरु गरेकी थिइन् । उनी अमेरिकामा गनिने कम्पनीलाई नेतृत्व गर्ने पहिलो अश्वेत महिला हुन् । 
मेग ह्वाइटम्यान
ह्वाइटम्यान अमेरिकी कम्पनी हेवालेट प्याकार्डको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हुन् । हार्डवर्ड विश्वविद्यालयबाट ग्य्राजुएट सकेकी उनले सन् १९८० बाट वाल्ट डेस्टिनी कम्पनीमा एक्ज्युकेटिभका रूपमा काम सुरु गरेकी थिइन् । उनले ईवेमा सन् १९९८ देखि १० वर्षसम्म प्रमुख कार्यकारी अधिकृत भएर काम गरिन् । त्यस अवधिमा उनले कम्पनीको काम गर्ने कर्मचारी ३० जनाबाट १५ हजार पुर्‍याइन् भने आम्दानी ४० लाखबाट ८ अर्ब डलर पुर्‍याएकी थिइन् ।
यसो त सन् २००९ मा उनीले क्यालिफोर्नियाको गभर्नरमा उम्मेदवारी दिइकी थिइन् । तर सफल भइनन् । उनी क्यालिफोर्नियाकी चौथो धनी महिला पनि हुन् ।
मारिसा मेयर
गुगलको २० औं स्थानमा रहेकी मेयरले गत जुलाईमा कार्यालय छाड्ने भन्दै गरेको घोषणाले धेरैलाई आश्चर्यमा पार्‍यो । तर उनीले प्राविधिको क्षेत्रलाई नै छाड्दै थिइनन् । उनले त्यहाँबाट याहुको नयाँ प्रमुख कार्यकारी अधिकृत बनिन् । जागिर छाडेपछि उनले भनिन्, 'गुगलमा बिताएको समय धेरै मज्जाको थियो । तर याहुमा माथिल्लो पदमा काम गर्नका लागि जागिर छाड्नु सजिलो निर्णय पनि थियो ।'
उनको अहिलेको मुख्य जिम्मेबारी भनेको घट्दै गएको याहुको शाखलाई बलियो बनाउनु हो । ३७ वर्षे मेयर सन् १९९९ बाट गुगलमा काम गर्न सुरु गरेकी थिइन् । उनले स्ट्यान्डफोर्ड युनिर्भसिटीबाट मास्टर गरेकी छन् । उनी विश्वमा चिनिएको कम्पनीको उच्च पदमा काम गर्ने युवा महिलामा पर्छिन् । याहुको प्रमुख कार्यकारी हुने घोषणा लगत्तै उनले अर्को घोषणा पनि गरेकी छन् कि 'म छिट्टै आमा हुँदै छु ।' 

s साभार : कान्तिपुर 

Tuesday, October 12, 2010

चिलीको खानी माँ रहेका कामदारको सकुशल उद्धार

काठमाडौ, आश्विन २७ - चिलीको खानीमा थुनिएका ३३ जना कामदार मध्ये २ जना कामदारको सकुशल उद्धार गरिएको छ । चिलीका राष्ट्रपति सेवास्तियन पिनेरा पनि खानीमा उपस्थित भएका छन् । उद्धार सफल भएपनि उनले भने, 'चिलीवासीको सपना पूरा भएको छ ।'
विगत ६९ दिनदेखि उनीहरु खानीमा थुनिएका थिए । ६ सय २२ मिटर तलसम्म स्टिलको उद्धार संयन्त्र जडित डन्डी घुसाउन काममा सफलता मिलेपछि उद्धार कार्य सम्भव भएको हो । गत साउन २० गते सुरुङ भत्किदा ती कामदार भूमिगत खानीमा फसेका थिए ।  अन्यको पनि उद्धारकार्य जारी रहेको छ ।  उदार पछि खानिबता निस्काना सफल अफंता र देश बासी सग कुसी बाड़ादै छन . जुन देशका नागरिक तहा बंदी भएका चाहं उनिहरु नामा माँ भजन गाउदै  झन्डा सहित उनिहरुको उदारको कमाना गरिएको थियो .