Showing posts with label अंतरास्ट्रीय न्यूज़. Show all posts
Showing posts with label अंतरास्ट्रीय न्यूज़. Show all posts

Tuesday, January 12, 2010

हैटिमा हालसम्मकै शक्तिशाली भुकम्प, नेपाली सेना सुरक्षित

२९ पुस, काठमाडौं । क्यारेबियन राष्ट्र हैटिमा हालसम्मकै सबैभन्दा शक्तिशाली भुकम्प जाँदा ठूलो क्षति पुगेको छ । हैटीमा शान्ति सेनामा कार्यरत नेपाली सेनाहरु भने सुरक्षीत रहेको सैनिक जनसम्पर्क निर्देशनालयका प्रवक्ता रमीन्द्र क्षेत्रीले जानकारी दिनुभयो । राजधानी प्रोटोप्रीन्समा महासेनानी रतिन्द्र खत्रीको नेतृत्वमा दुईवटा शान्तिसेनाका पल्टन कार्यरत छन् । संयुक्त राष्ट्रसंघको भवनलगायतका भौतिक संरचनाहरु ध्वस्त भएका छन् । राष्ट्रसंघका सयौं कर्मचारी सम्पर्कविहीन भएको विविसिले जनाएको छ । संयोगबस प्रोटोप्रीन्समा अवस्थित पल्टनको वार्षिक उत्सव कार्यक्रममा संयुक्त राष्ट्रसंघ भवनमा कार्यरत सम्पूर्ण नेपाली स्टाफहरु सहभागी भएकाले संयुक्त राष्ट्रसंघको भबनमा रहेका नेपालीहरु भने जोगिएका छन् ।
युएन हेडक्वाटरमा कार्यरत एक सैनिक अधिकृत भने आफ्नो निवास हुँदै पल्टनसम्म जाने क्रममा केही ढिलाइ गरेकोले भुकम्पमा परेर घाइते भएका छन् । नाम नखुलेका ति अधिकृतको खुट्टा भाँचिएको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो । ‘विहान पाँच बजेसम्म मेरो पछिल्लो सम्पर्क भएको थियो । अहिलेसम्म नेपाली सेना शतप्रतिशत सुरक्षित रहेको जानकारी आएको छ,’ प्रवक्ता क्षेत्रीले भन्नुभयो, ‘यसको विस्तृत विवरण प्राप्त भएको छैन ।’
भुकम्प पछि एक मिनेट भन्दा बढी समय राजधानी प्रोटोप्रीन्स पूरै हल्लिएको विविसिले जनाएको छ । भुकम्पपछि क्युबा, डोमिनिक रिपब्लिक, बामालगायत देशमा सुनामीको चेतावनी दिइएको छ । हैटिको इतिहासमा यो दुईसय वर्षकै ठूलो भुकम्प रहेको भूगर्भविदहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा

Wednesday, June 3, 2009

इराक बाट ठुलो सन्ख्यामा कामदारको कटौती

रोजगरिका लागि भर्खर इराक पुगेका तथा पहिला बाटै कार्यरत नेपालीहरु कम्पनिबाट निकालिन थालेका छन । नेपालबाट भर्खर शाहुको भारी बोकेर इराक पुगेका नेपाली शाहुको ऋण नतिर्दै ठुलो ऋणको भारी बोकेर घर फर्किने भएका छन । विश्वाब्यपी आर्थिक मन्दिका करण इराक बाट काम्दार कटौतीको लहर चलेको हो । उत्त कुरा रोजगारिक लागि इराक पुगेका कुमार क्ष्रेस्ठले बाताएका हुन । उनको अनुसार धेरै नेपाली यहाँ आयर बिजोग हुनु भन्दा आउनु भन्दा पहिलानै बिचार पुराएर आउनुपर्ने कुरा उनी बताउछन । उनी भन्छन आफु काम गर्ने पिपीअैबाट मात्रा २०० भन्दा बदी कामदार निकाली सकेको कुरा उनी बताउछन । त्यस मध्यमा कती त भर्खर १ ,२, महिना मात्र भएको छँ यहाँ आएको उनी भन्छन । नेपाल बाट भारी रकम दलाललाई बुझाउनु पर्ने र यहाँ आएपछी यो गती हुनु भन्दा आउनु भन्दा पहिलानै बिचार पुर्‍याउनु पर्ने कुरा कुमार श्रेष्ठले बताए । त्यसैले तपाईं कोही इराक़ जादै हुनु हुन्छ भने एकपटक् सोचेर मात्र आफ्नो पाहिला अगी बढाउ ।