Showing posts with label प्रबासी. Show all posts
Showing posts with label प्रबासी. Show all posts

Sunday, August 8, 2010

कूबत माँ पनि तीजको रन्को सुरु भयो

भनिन्छ तीज आएपछी नेपालीहरुलाई चाडबाडले छोप्न थाल्छ रे हुन पनि हो हरितालिका तिजसँगै नेपालीको घर दैलोमा ठुला ठुला चाडबाडहरुले दैलो घचघचाउन थालि हाल्छ। हिन्दू नारीहरुको महान पर्ब हरितालिका तीज कुबेतमा पनि भब्यसाथ मनाइने तयारी भईरहेको छ। कामको अबसरको साथमा कुबेतमा नेपालीहरु बड्दो क्रममा छन र महिलाहरुले पनि त्यतिकै स्थान जमाउँदै छन र त कुबेतमा केही बर्ष यता यस्ता चाडबाडहरु नियमित रुपमा हर्सउल्लास साथ मनाइदै आएको पाईन्छ। गत बर्षको तीजमा रातो सारी चोलो र गरगहनामा सजिएका कयौ महिलाहरुलाई स्थानिय संचार माध्यमले बिशेष प्राथमिकताका साथमा स्थान दिएयता झन यो पर्ब एक अर्कामा सजिलै साटासाट हुँदै फिजिएको छ। आफ्नो देशको कला सस्क्रितीलाई सदै जोगाइ राख्ने उदेश्य बोकेर स्थापना भएको नेपालकुबेत सास्कृतिक मन्चले फेरी एक पटक सबैलाई नचाउने भएको छ। कुबेतमा पेशारत नेपाली दिदी बहिनीहरुलाई बिशेष सहुलेत स्वरुप निशुल्क प्रबेश गरिने सो तीज कार्यक्रममा ब्यापक रुपमा सफल हुनेमा बिस्वस्थसाथ लागि पर्नु भएको छ मन्चका अध्यक्ष मनु भुजेल। हामीले यस्ता कार्यक्रमहरु धेरै पस्की सकेका छौ स्थानिय दर्शकहरुले ब्यापक रुपमा मन पराएर अनुरोध गरेको हुनाले नै हामी तमतयार साथ लागि परेका छौ भुजेलले जोसिलो पारामा भन्नु भयो। कार्यक्रमलाई सफल रुपमा प्रस्तुत गर्न ब्यबस्थापन पक्षबाट पनि त्यतिकै खटीरहेका छन। निशुल्क टिकट राखेको हुनाले नेपालीहरुको ओइरो लाग्ने सबैको अनुमान छ। स्तरिय कार्यक्रम प्रस्तुत गर्न कलाकारहरुले पनि त्यतिकै मेहनत गरेर अभ्यासमा जुटेका छन। तीज बिशेष कार्यक्रम हुने हुनाले अभ्यासका लागि कलाकारहरुलाई तीज सम्बन्धी सामाग्रीलाई केन्द्रित गरेर लागि परेका छन। कुबेतमा नेपाली चेलीहरु बढी मात्रमा घरेलु कामदारको रुपमा पेशारत भएको हुनाले उनिहरुको कथा ब्यथालाई कार्यक्रममा बढी फोकस गरिने छ। आफ्नो दु:ख ब्यथालाई गीत संगीतको माध्यमबाट ब्यक्त गर्ने जुन नेपाली सस्कारमा चली आएको छ यसलाई अझ प्रिथक रुपमा प्रस्तुत हुने आयोजकहरुको भनाइ छ। नेपालकुबेत सास्कृतिक मन्चको स्थापना हुनु अगी देखिनै कुबेतका स्थानिय प्रतिभावान कलाकारहरुको खोजी गरी बिभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गर्दै आएको मन्च संगठित भएर बिधिबत रुपमा स्थापना भए यता अझ स्तरिय कार्यक्रम आयोजना गर्दै आएको छ। नियमित रुपमा बिभिन्न चाडबाडहरुलाई केन्द्रित गरी आयोजना गरिएका यस अगिका सबै कार्यक्रमले ब्यापक लोक प्रियता कमाउदै आएको छ। अझ यस पटकको कार्यक्रम त झन ब्यापक हुने र निस्वार्थ रुपमा बिना नाफा मुखी सस्थाको रुपमा चिनाउन सफल हुनेमा कुनै दुईमत देखिन्न।

Sunday, January 24, 2010

नेपालीको नागरिकतामा भारतीय युवती

२०६६ माघ १० - वैदेशिक रोजगारीमा नेपाली राहदानी प्रयोग गरेर भारतीय युवतीसमेत खाडी मुलुक आउने गरेको तथ्य फेला परेको छ । लमजुङकी एक युवतीको राहदानीमा साउदी अरेबिया आएकी भारतीय युवतीको मृत्युपछि उनकै डायरीबाट यो तथ्य खुलेको हो ।लमजुङ, बागलुङपानी ४ की केशमाया विकको नाममा भारत सिलिगुडीकी ३६ वषर्ीया आइतीदेवी सुब्बा १३ महिनाअघि साउदी अरेबिया आएकी थिइन् । उनको मृत्यु भएर शव दाबी गर्न कोही नआएपछि घर मालिकले नातेदार पत्ता लगाइदिन रियादस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए । दूतावासले मृतकको डायरीमा लेखिएको फोन नम्बरमा सम्पर्क गर्दा उनी अर्कैको राहदानीमा आएको थाहा भएको थियो । 'डायरीमा भएको नम्बरमा फोन गर्दा उनी लमजुङकी केशमाया नभएर सिलिगुडीकी आइतीदेवी भएको पत्ता लागेको हो,' रियादस्थित नेपाली दूतावासका प्रथम सचिव खड्गप्रसाद दाहालले भने, 'आइतीदेवीले आफ्नी बहिनीलाई पहिल्यै केशमायाको राहदानीमा आएकी बताएकाले परिवार पत्ता लगाउन सजिलो भयो ।'दूतावासका अनुसार मृतक आइतीदेवीले प्रयोग गरेको राहदानीको नम्बर ४००५६७८ मा वाहकको नाम केशमाया विक र नजिकको नातेदारको नाम शान्तबहादुर विक, ठेगाना बागलुङपानी ४ लमजुङ छ । प्रथम सचिव दाहालले अन्य केही भारतीय युवती पनि नेपाली राहदानी बोकेर साउदी अरेबियामा रोजगारीमा आउने गरेको बताए । भारतले घरेलु कामदारको रूपमा महिलालाई पठाउन प्रतिबन्ध लगाएकाले पनि उनीहरूले नेपाली राहदानी किनेर आउने गरेको दूतावासको भनाइ छ । आइतीदेवीले कसरी केशमायाको राहदानी पाएकी थिइन् भन्ने स्पष्ट जानकारी नभए पनि उनी मुम्बई हुँदै साउदी अरेबिया पुगेको पत्ता लागेको छ ।

Tuesday, August 18, 2009

श्रममन्त्रि आज इजरायल जादै

इजरायलमा वैदेशिक रोजगारका लागि लामो समयदेखि लगाइएको रोक खुलाउने विषयमा पहल गर्न श्रम तथा यातायात व्यवस्थामन्त्रि मोहम्द अफ्ताव आलम सहितको टोली आज इजरायल जादै छ । झण्डै ६ महिनादेखि नेपाली कामदार रद्ध गरेको इजरायलमा नेपाली कामदार फेरी पठाउने विषयमा पहल गर्न मन्त्रि सहितका उच्चस्तरीय अधिकारीहरु इजरयल भ्रमणमा जान लागेका हुन् । श्रममन्त्रि,वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका महानिर्देशक र वैदेशिक रोजगार विभागका प्रतिनिधि,परराष्ट्रमन्त्रालयका सचिव र वैदेशिक रोजगार व्यवसायी सहित १० जनाको टोली विहान साढे ९ बजे इजरायल जाने भएको हो । भ्रमण ७ दिनको हुनेछ । भ्रमणका क्रममा श्रममन्त्रि आलमले इजरायलका श्रममन्त्रिसंग भेटवार्ता गर्नुहुनेछ । इजरायलको भ्रमणपछि सरकारी टोली साउदि अरबमा गइ त्यहाँको श्रम अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको बताइएको छ ।

Friday, August 7, 2009

इराकमा एक नेपाली कामदार गत असार १ गते देखी थुनामा

इराकमा एक नेपाली कामदारलाई इराक पुलिसले एयर पोर्टबाट समातेको छ । इटहरीका तिल वीर विश्वाकर्मालाई गत असार १ गते इराक एयर पोर्टबाट समातेको हो । उनलाई हाल इराक पुलिसको टेलिफोन न.०७७०७२३४१०२ मा राखिएको छ । इराकमा काम गर्ने नेपालीहरुको अनुसार नेपाल सरकारले केही पहल गर्‍यो भने उनलाई छुटाउन सकिन्छ । नेपाली कामदारका अनुसार उनलाई त्यहाको पुलिसले कडा सजय सहित् हिरासतमा राखेको कुरा थाहा भएको छ । उनलाई छुटाउनलाई इराकमा कार्यरत नेपालीले धेरै पटक प्रयास गर्दा पनि नसकेको कारण उनिहरुले नेपाल सरकारलाई पहल गरिदिन आग्रह गरेका छन ।

Monday, July 27, 2009

सिड्नीमा नेपाली पढ्ने अर्को कलेज बन्द

सिड्नीमा थुप्रै नेपालीहरु पढ्दै गरेको स्टर्लिङ कलेज आज मंगलबारदेखि बन्द भएको छ। कलेजमा “कम्युनिटी वेलफेयर” पढाइ हुने गरेको थियो। छिट्टै “पर्मानेन्ट रेसिडेन्सी” पाइने आशामा अहिले कम्युनिटी वेलफेयर पढ्ने नेपालीहरुको सङ्ख्या थुप्रै छ।
उक्त कलेज बन्दको समाचारले सिड्नी बस्ने सबै नेपालीहरुलाई कुनै न कुनै तरिकाले पक्कै दु:ख पुर्‍याएको छ। किनकि प्राय: सबैको नजिकको मान्छे, दिदी-बहिनी, साथी वा कोही त्यहाँ पढ्दै थिए।यसरी कलेज बन्द भएको सिड्नीमा पहिलोपटक भने होइन। यसअघि धेरै कलेजहरु बन्द भइसके। केही महिना अघिमात्र नेपालीहरुद्वारा नै सन्चालित ग्लोबल कलेज बन्द हुँदा पनि धेरै नेपालीले दु:ख पाएका थिए। तर यस बारेमा यहाँका सम्बन्धित अधिकारीहरुले खासै चासो देखाएको पाइएको छैन।

Monday, July 20, 2009

हेलिकप्टर दुर्घटनामा चार नेपालीको मृत्यु

काठमाडौं, साउन ५ - दक्षिणी अफगानिस्तानमा आइतबार भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका मध्ये चार जना नेपाली रहेका छन् । उनीहरुको सनाखत हुन सकेको छैन । उनीहरु कान्धारस्थित सुपि्रम फ्युल कम्पनीमा कार्यरत थिए । अर्का दुई जना भने दुर्घटनाका बेला हेलिकप्टरबाट हाम फालेको कान्धारमा कार्यरत साधुराम थापालाई उदृत गर्दै राससले जनाएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उक्त दुर्घटनामा १६ जनाको मृत्यु भएको थियो ।
साभार

Sunday, July 19, 2009

अफगानिस्तानमा हेलिकोप्टर दुर्घटना, चार नेपालीको मृत्यु

५ साउन, काठमाडौं । अफगानिस्तानको कान्दाहरमा एक निजी हेलिकोप्टर दुर्घटना हुँदा चार नेपालीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । कान्दाहर एयर फिल्डमा कार्यरत साधुराम थापाका अनुसार हेलिकोप्टर दुर्घटनामा मृत्यु हुने नेपालीको नाम ठेगाना खुल्न सकेको छैन । दुर्घटनामा परेका नेपाली सबै सुप्रिम फ्युल कम्पनीका कामदार हुन् । उनीहरु एक महिना अघिमात्र सो कम्पनीमा काम गर्न गएका थिए । रुसमा निर्मित एमआई-८ हेलिकोप्टर कान्दाहरस्थित एक शिविरबाट उडान भर्न लाग्दा दुर्घटना भएको थियो ।
साभार आनलाइन ख़बर

Wednesday, July 15, 2009

१३ जना नेपालीहरु इराक एयरपोर्तबाट इराकिको कब्जामा परेका छन

इराकमा कामको लागि गएका १३ जना नेपाली लाई इराकिको कब्जामा परेका छन । उनिहरुका अनुसार एयरपोर्ट भन्दा २०० मितर् टाढा पुराएको हुनसक्ने कुरा टेलिफोन बाट कब्जामा पर्ने नेपालीहरुले बाताएका छन । उनिहरुले आफुहरुले खान सम्म पनि नपाएको र साथमा भएको चाउ को साथमा ट्वाइलेटमा जमेको पनि सग खाएको कुरा बाताएका छन । उनिहरुका अनुसार आफुहरुलाई रेडजोन एरियामा राखेको र त्याहा २४ घण्टा बम बारी भइ रहेको कुरा खुल्न आएको छ । बाच्ने सम्भावना काम भएको कुरा उनिहरुले बाताएका छन । उनिहरुलाई नेपालबाट राम कुमार सुबेदी भन्ने एजेन्टले २ दिन भित्र नेपाल फर्काउने आषा देखाएको भए पनि तो भन्दा पहिलाइनै ईराकमा समाइतिएको र नेपाल का सबै संघ सस्थाहरु र नेपाल सरकारलाई सहयोग गरिदिन आग्रह गरेका छन । उक्त टोलिमा गोर्खा, भात्तपुर, झापा, मोरङ लगायतका छन । उनिहरिले उक्क्त कुर इराकी मोबाइल न ०७७१०८८५३५५ बाट फोन गरेर खबर गरेका थिए । उनिहरुका अनुसार इराकिहरुले अरु देशका कामदरलाई भन्दा नेपाली कामदारलाई देखी नसक्ने कुरा बाताएका छ्न ।

Sunday, July 12, 2009

यी बच्चाहरूका भबिश्य कता जालान् त ?

सन् २००३ सालमा इजरायली भुमीमा जन्मिएका बिदेशीकामदारहरूका बच्चाहरू जॊ १० बर्ष उमेर पुरा पुगेका थिए तिनिहरू आमा र बच्चाहरू दुबैलाइ इजरायल सरकारले रेसिसडेन्टल भिसा दिएकॊ थियॊ र बाँकी गैरकानूनी ठहर्नेहरू सबैलाइ स्वदेश फिर्ता पठाउने नियम लागु गरीएकॊ थियॊ तर केहि महिना पछि यस नियमलाइ पूर्ण रूपमा पालना गराउन इजरायल सरकार सफल नभएकॊ वा कानून लागु हुनेक्रममा केहिलचकतापन देखिएकाले,तत्पश्चात इजरायलमा लगभग तिनहजार जत्ती बालबालिकाहरू बिदेशी मूलुकका नागरीकहरूद्वारा गैरकानूनी तबरले जन्माइ हाल इजरायलमा नै अधिकाँश बालाधिकार र सुबिधाहरू जस्तैःस्वास्थ्य बिमा,सुरक्षा,स्वतन्त्र र इन्टरीयर अफीसबाट जन्मदर्ता प्रमाण पत्र समेत पाइ खुलेआम ,जन्मभुमी भएकै हक जमाएर आमा र बच्चा इजरायलमा नै बस्दै आइरहेका छन् तर इजरायलमा नयाँसरकार,शासनप्रणाली ,प्रधानमन्त्री परीबर्तन हुनु संगसंगै जूलाइ १ तारिखदेखि बिदेशीकामदारहरूकालागी नयाँ नियम लागु गरीए पश्चात गैरकानूनी रूपमा बस्दै आएका कामदारहरू , बच्चा र आमा समेत स्वयंकै देशमा फिर्ता पठाइने भएकॊ छ जस्का कारण अधिकाँश बिदेशीकामदारहरू बस्ने तेलअभिब शहर कॊलाहलपूर्ण देखिन्छ सबै गैरकानुनी रूपमा बस्दै आएका कामदारहरू त्राहि,त्राहि भइ भुमीगत हुनेप्रयासमा छन् र ति बच्चाहरूले मौन गुहार , बालाधिकार,जन्मसिद्द अधिकार,जन्मभुमीमै बस्न पाउन अधिकार मागीरहेका छन् ......... चिच्याइ रहेका छन्...... सबैसामु प्रश्न खडा गरीरहेका छन्......
साभार

Monday, July 6, 2009

इराकबाट नेपालीको रोजी रोटी खोसियो

विश्वा आर्थिक मन्दिका कारण र अमेरिकन आर्मिको फ्रिती पछी इराकबाट ठुलो मात्रमाँ नेपाली कामदारहरु नेपाल फर्कने सुरमा छन । किनकी त्यहाको अमेरिकन आर्मीहरु सिटीबाट हटे पछि क्यम्पहरुमा काम गर्ने नेपालीहरुको रोजगारीमाँ कमी आएको छ। लेवर सप्लाई गर्ने कंपनी पीपीइबाट कमसेकम ७०% कामदार हटौने योजना रहेको कुरा उक्त कम्पनिले बाताएको छ । नेपाल सरकारले इराक निषेध गरेपनी इंडिया ,कुवैत ,दुबई,जोर्डन हुदै यहाँ ५० हजारको हराहारीमाँ पुरुष र २ हजार जती महिला कामदार रहेका छन। त्यहा नेपालीहरुले राम्रो काम गरिरहेका थिए । यहाँ नेपालीहरु कामदारको रुपमा अमेरिकन आर्मीलाई सगाई रहेका थिए । इराकमाँ धेरै जसोकामहरु इराकीलाईनै दिनथाले पछी नेपाली,इंडियनहरुले काम पाउन गार्हो भएको छ ।

Saturday, July 4, 2009

साहुको ऋण तिर्न परिवारलाई चिन्ता

पर्वत
बन्धकी राखेको घरखेत निखनौला अनि दुई चार रुपैया जोगाएर छोराछोरीको भविष्यका लागि पनि जोहो गराउँला भन्ने आशमा डेढ वर्षअघि रोजगारीका लागि कतार गएका पर्वतका एक युवा गएको ऋण तिर्न नपाउँदै ज्यान गुमाएपछि परिवारको विचल्ली परेको छ। गाउँमा भएको खेतबारी साहु कहाँ बन्धकी राखेर कतारमा रोजगारी गर्न गएका पर्वत जिल्लाको कुर्घा गाविस वडा नं ३ चाउका गाउँका ऋषिप्रसाद शर्माले विदेश जाँदाको खर्च नकमाउँदै ज्यान गुमाउनुपर्‍यो। ऋषिले ऋण तिर्न नपाउँदै दुबईबाट कतारतर्फ जाँदै गरेको पानीजहाज दुर्घटनामा परि ज्यान गुमाउन पुगेका हुन्। डेढ वर्ष अगाडि गाउँबाट एक लाख रुपैंया ऋण काढेर कतार गएका ऋषिले हालसम्म एक लाख रुपैया मात्र घरमा पठाएका छन। उनका काका पर्ने मीनप्रसाद शर्माका अनुसार कतारबाट पठाएको एक लाख रुपैंयामध्ये पचास हजार रुपैया परिवारले घर खर्च र पचास हजार रुपैंया गाउँको ऋण तिरेर सकेका छन। शर्माले कतार जाँदा लगेको एक लाखमध्ये पचास हजार तिर्न अझै बाँकी छ। मृतक ऋषिको सात मुरी मकै फल्ने बारी र चार मुरी धान फल्ने खेत मात्र रहेको छिमेकी काशिनाथ चापागाईले जानकारी दिए। उनकी श्रीमति गीता शर्मालाई भने घट्नाका बारेमा अहिलेसम्म जानकारी दिइएको छैन। उनका दुई वर्षका एक छोरा, सात र १० वर्षकी दुई छोरी छन।'ऋण तिर्न पनि सकेन, अन्य आयस्रोत छैन । छोराछोरीको त विचल्ली हुनेनैभयो'– ऋषिका काका मीनप्रसादले दैनिकीसँग भने।चार दाजु भाई मध्येका कान्छा छोरा रहेका ऋषि पानी जहाजमा सुरक्षा गार्डको रुपमा काम गर्ने गरेको उनले जानकारी दिए।

Wednesday, July 1, 2009

पानी जहाज दुर्घटनामा १२ नेपालीसहित २९ वेपत्ता

श्यामसुन्दर शशि
दोहाको समुन्द्री तटमा मंगलवार विहान भएको पानी जहाज दुर्घटनामा १२ नेपालीसहित २९ जना कामदार हराइरहेका छन् । तीमध्ये सातजनाको शव फेला परेको छ । छ जनालाई जिवितै उद्धार गरिएको छ । मृतक तथा जिवित उद्धार गरिएकाहरुको सनाखत हुन नसकेको दोहा स्थित नेपाली दूतावासले जनाएको छ । संयुक्त अरब ईमिरेट्स-युएई) स्थित एचबीक पावर क्लिनिङ्ग कम्पनीले कामदारहरुलाई कतारस्थित आफ्नै कम्पनीमा पानी जहाजबाट ल्याउदै गरेको बेला जहाज दुर्घटनाग्रस्त भएको थियो । जहाजमा सबार ३५ जनामध्ये २४ जना एचबिके कम्पनीकै कामदार थिए भन्ने ९ जहाजकर्मी तथा दुई कैटरीङ्ग स्टाफ रहेको दोहाबाट प्रकाशित हुने गल्फ टाईम्स दैनिकले जनाएको छ । दुर्घटनाग्रस्त जहाजमा १२ नेपाली, ११ भारतीय तथा एक वंगलादेशी रहेको समाचारमा उल्लेख छ । कतारका लागी नेपाली राजदूत डा।सूर्यनाथ मिश्रका अनुसार-दुबईस्थित एचबिके कम्पनीले गंगाबहादुर गुरुंग,लीलाराम पौडेल,मेहदी हुसेन मियाँ,अब्बास अहमद सई,मानसिंह खत्री,शेषनाथ यादव,राजीवकुमार दत्त,तीलकबहादुर खम्चा,शंकर विष्ट,ऋषिप्रसाद शर्मा पौडेल,जयबहादुर पुन मगर र घनश्याम सार्कीलाई कतार ल्याउदै गरेको बेला जहाज दुर्घटनाग्रस्त भएको थियो । सम्बद्ध कम्पनीले दुर्घटनामा परेका नेपालीहरुको पासपोर्ट नम्बर उपलब्ध गराए पनि ठेगाना उपलब्ध गराएको छैन । दुर्घटना भएको २४घन्टा बढि भई सकेकोले दुर्घटनामा परेकाहरुको जिवित रहने सम्भवना न्यून रहेको बताईन्छ । यद्यपि उनिहरुको अवस्था बारे आधिकारिक रुपमा केही भनिएको छैन । झण्डै २६ वर्ष पुरानो यो पानी जहाज दुर्घटनाग्रस्त हुदा प्रायः सबै यात्री सुतिरहेको अनुमान गरिएको छ । दुवई स्थित नेपाली नियोगका प्रमुख अर्जुनबहादुर थापाले घटनाको विस्तृत जानकारी प्राप्त हुन बताए ।
सभार