महिलालाई जागिरमा आरक्षणको लागि वकालत गरिरहेको एक संस्थाको अभियानमा साथ दिँदै मुम्बइकी डिजे तथा कलाकार जेन्नी डीले निर्वस्त्र फोटो खिचाएकी छिन् । भारतको स्वतन्त्रता दिवसको अवसर पारेर महिला स्वतन्त्रता र आरक्षणको माग गर्दै जेन्नीले निर्वस्त्र फोटो खिचाएकी हुन् । मुम्बइमा रहेको गैरसरकारी सस्था सिटिजन्स एक्सन फोरमले भारतको स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरेको महिला स्वतन्त्रता सम्बन्धि अभियानमा ‘के भारतीय महिला स्वतन्त्र छन् त ?’ भन्ने शिर्षकमा जेन्नीका तस्विरहरु प्रदर्शन गरिएका थिए ।
