Showing posts with label saamaajik. Show all posts
Showing posts with label saamaajik. Show all posts

Sunday, September 25, 2011

बुद्ध एयरको विमान दुर्घट्ना, चालक दल सहित सबै यात्रुको मृत्यु

बुद्ध एयरको विमान दुर्घटनामा परेको
काठमाडौ, आश्विन ८ - माउण्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको एउटा विमान आइतवार बिहान ललितपुरको पहाडी क्षेत्रमा दुर्घटनामा परेको छ । उक्त १९०० डी बीचक्राफ्ट विमानमा सवार चालक दलका तीन सहित १९ जनाको मृत्यु भएको छ ।
१८ जनाको शव घट्नास्थलमा भेटिएको उद्दारमा खटिएकाले जनाकएको छ भने घाइते अवस्थामा उद्दार गरी उपचारको लागि पठाएका एक जनाको समेत बाटोमै मृत्यु भएपछि विमानमा रहेका सबैको मृत्यु भएको हो । घाइते अवस्थामा भेटिएका निराजन कर्मचार्यलई जीवितै उद्दार गरी अस्पताल पठाएक थियो ।
बिहान बाक्लो हुस्सु लागेको बेला उक्त विमान ललितपुरको बिशंखुनारायण र लामाटार गाविसको सीमानामा पर्ने कोटडाँडा भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
'बिहान बाक्लो हुस्सु परेको थियो, सुरुमा जहाजको आवाज सुन्यौं, त्यसपछि ठूलो आवाज आयो' उद्दारमा खटिएका स्थानीय केशव थापाले ईकान्तिपुरसंग भने, 'गनाउन थालेपछि जहाज दुर्घट्ना भएको अनुमान लगाएर हामीले खोजविन गर्ने र प्रहरीलाई खवर गर्ने काम गरेका हौं ।' थापाले विहान सवा सात बजेतिर उक्त आवाज सुनिएको पनि उल्लेख गरे ।

Saturday, September 24, 2011

बुद्ध एयरको विमान ललितपुरको विशंखुनारायण दुर्घटनाग्रस्त भएको छ

८ असोज, ललितपुर ,  माउन्टेन फ्लाइटबाट र्फकदै गरेको बुद्ध एयरको बीच एयरक्राफ्ट विमान ललितपुरको विशंखुनारायण गाविसस्थित लामाटार कोटडाँडामा आज बिहान सवा ७ .३० बजे दुर्घटनाग्रस्त भएको छ । विमानमा १४ जना भारतीय, २ नेपाली र तीनजना चालक दलका सदस्य सहित १९ जना सवार रहेको बताइएपनि यात्रुको विस्तृत विवरण आउन सकेको छैन । चालक दलका सदस्यमा क्याप्टेन केवी ताम्राकारसहित को-पाइलट प्रभा अधिकारी र एयर होस्टेस अस्मिता श्रेष्ठ रहेको बताइएको छ ।

Sunday, September 18, 2011

देश भर भाकम्पको धक्का मानबिय तथा भौतिक क्षति

काठमाडौ, आश्विन १ - शक्तिशाली भुकम्पको धक्काबाट राजधानीलगायतका क्षेत्रमा गरी साँझ साँढे आठ बजेसम्मको विवरण अनुसार पाँच जनाको मृत्यु भएको छ । त्यसैगरी उपत्यकामा मात्र २४ जना घाइते भएको विवरण आएको छ ।

Monday, September 5, 2011

आठ वर्षमा ६ हजार महिलाले गर्भपतन गरे

२० भदौ, नुवाकोट । नुवाकोटमा पछिल्लो आठ वर्षयता ६ हजार महिलाले सुरक्षित गर्भपतन गराएका छन् । जिल्लामा सन् २००३ को सेप्टेम्वरमा मेरी स्टोप्स सेन्टरको शाखा खुलेपछि जिल्लाबासीले सुरक्षित गर्भपतन सेवा पाउँदै आएका छन् ।

Monday, August 29, 2011

आज घरघरमा दर खाइँदै

१३ भदौ, काठमाडौँ । हरिलातिका तीजको अघिल्लो दिन आज हिन्दु महिलाहरुले घरघरमा दर खाँदैछन् । टाढाटाढा रहेका चेलबेटीहरु आज माइतीघरमा भेला भएर दुधमा पकाइएको खीर, ढकनी र मिठाई लगायतका परिकारलाई दरका रुपमा खाने गर्दछन् ।

Sunday, August 28, 2011

दीलकुमारीले दिने भैन नेकेट दृश्यमा

 नेपाली चलचित्रमा को कस्तो समयमा कसरी प्रवेश गर्छ त्यो भन्न निक्कै गाह्रो हुन्छ । सायद मुस्ताङमा रहेकी दीलकुमारी वाईवाले पनि चलचित्रको नायिका हुन्छु भनेर सोचेकी थिईनन् होला । तर भाग्यको खेला यी मुस्ताङकी युवती आज नेपाली चलचित्रको नायिका भएकी छिन् । त्यो पनि हट दृश्य दिने खालको । उकेश दाहालले निर्देशन गरिरहेको दोश्रो चलचित्र ‘किन किन’मा दीलकुमारी एक हट नायिकाको पहिचान वनाउन लागिरहेकी छिन् । उनको चलचित्र यात्रको कहानी निक्कै रोचक रहेको छ । 

Thursday, August 18, 2011

दर्जन पत्रकार माथि आक्रमण

भरतपुर, भाद्र २ - बिहीबार साँझ हात्ती प्रशिक्षण सम्बन्धि समाचार संकलनका लागि सौराहा पुगेका चितवन स्थित कान्तिपुरकर्मी दीपेन्द्र बडुवाल लगायत एक दर्जन पत्रकार माथि आक्रमण भएको छ । सांझ खाना खाएर राप्ती किनार घुम्न गएका पत्रकारको टोली माथि जंगल पवका संचालक जिवा चौधरी लगायतले आक्रमण गरेका हुन ।

आक्रमणकारीले माफि मागे

भाद्र, १ लम्की, कैलाली ,पत्रकार दिपक रावल माथि कुटपिट गर्ने बलिया ७ राजीपुरका खेम बज्गा“ई सहितको समूहले माफिमागेको छ । आफुहरुले नचिनेर भुलवस आक्रमण गरेको भन्दै मागेको हो । सो समूहले ३० गते आईतबार सा“झ धनगढीबाट घरतर्फ फर्कदै“ गरेको अवस्थामा बलियाको कान्छिबजार आक्रमण गरेको थियोे । आक्रमणबाट पिडित रावलले उनीहरु विरुद्व ईलाका प्रहरी कार्यालयमा पक्राउगरी घटनाको छानविन गर्न माग गरेका थिए । मंगलबार दुवै पक्षबीच भएको छलफलमा आक्रमणकारीहरुले रातिको अवस्थामा चिन्न नसक्दा आक्रमण गरिएकोले सो घटनामा आफुहरु पूर्णरुपमा दोषी भएको र ठुलो गल्ती गरेको भन्दै माफि मागेको थियो ।

Monday, August 15, 2011

कन्चनपुरमा घरको सामुहिक हत्या

श्रावण ३०, कन्चनपुरको भीमदत्त नगरपालिका ९ मटेना गाउँस्थित  धर्मानन्द नाथको घरमा सामूहिक हत्या भएको छ । आइतबार राति भएको घटनामा हत्या गरिएकामा धर्मानन्दकी आमा ५० वर्षीया हरियादेवी नाथ, उनकी श्रीमती २५ वर्षीया धनादेवी नाथ, नाबालक छोरा ६ वर्षीय रवि नाथ र ४ वर्षीया रेनुका नाथ रहेका छन् ।

Wednesday, July 27, 2011

१४ वर्षीय बालिका यौनशोषणबाट गर्भवती

विष्णु तिमिल्सिना (बर्दिया) बर्दियामा १४ वर्षीय बालिकामाथि भएको यौनशोषणबाट एक किशोरी गर्भवती भएकी छन्। उनी गर्भवती भएपछि जोखिममा परेकी छन्। जिल्लाको सदरमुकामदेखि करिब १० किलोमिटर पश्चिम पर्ने सानोश्री गाविस-४ गणेशपुर गाउँकी स्थानीय गुराँस उच्च माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत १४ वषर्ीया किशोरीलाई सोही ठाउँका ६६ वषर्ीय बलबहादुर ज्ञवालीलले आफनो गर्भ रहेको स्वीकारेर बालिकालाई आफूसँगै राखेका छन्।
बालिकाको गर्भ ज्ञवालीको भएको थाहा पाएपछि स्थानीय गाउँलेहरूद्वारा दुवै परिवारलाई सामाजिक बहिष्कार गर्ने निर्णयगरेको थाहा भएको छ।

Tuesday, July 19, 2011

काठमाडौ प्रहरीले चार्ल्स मेन्डिजलाई पक्राउ गरेको छ

श्रावण ३ काठमाडौ ,  काठमाडौ प्रहरीले चार्ल्स मेन्डिजलाई पक्राउ गरेको छ । ठूला घराना र व्यसायीहरुसंग उठबस रहेका मेन्डिज विदेशी मूलका नेपाली नागरिक हुन् । उनलाई राजधानीका ठूला घरानाहरुले 'पावर ब्रोकर' को रुपमा चिन्छन । उनी धेरै समय होटल सोल्टीको सर्वाधिक मंहगो 'गोसाई कुण्ड सुइट' मा बस्ने गर्दथे । प्रहरीले मेन्डिजलाई मंगलबार राति अलक्जेण्डर बोरिसको उजुरीमा पक्राउ गरेको हो । मेन्डिजलाई ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो, उनले दिएका चेकहरु बैंकमा नसाटिएपछि बोरिसले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।' काठमाडौ प्रहरी प्रमुख केदार रिजालले भने । आर्थिक संकटमा परेकै कारण उनी केही समय यता काठमाडौ बाहिर बस्दै आएका थिए । हाल उनी हनुमानढोकास्थित हिरासतमा छन् ।

Monday, July 18, 2011

दाइजोको करण एक महिलाको रहस्यमय मृत्यु

२ साउन, रौतहट,  जाइजो नल्याएको भन्दै पटकपटक परिवारका सदस्यहरुको यातनाको शिकार बन्दै आएकी एक महिलाको रौतहटको चन्द्रनिगाहापुरमा एक महिलाको रहस्यमय मृत्यु भएको छ । चपुर-५ की २१ वर्षीया किरण साहको गएराति आफ्नै घरमा रहस्यमय मृत्यु भएको हो । मृतकका माइती पक्षले उनको मृत्यु सहज नभई हत्या गरिएको दाबी गरेको छ । किरणको तीन महिनाअघि भारतीय फलफुल व्यापारी बुद्धि साहसाग विवाह भएकामा परिवारका सदस्यले दाइजो नल्याएको भन्दै उनलाई यसअघि चरम शारीरिक र मानशिक यातना दिदै आएका थिए ।

Tuesday, July 12, 2011

प्रहरिको गोली लागी चितवानमा एकको मृत्यु

२९ असार, चितवन, पुर्वी चितवनको खैरहनीमा प्रहरीले चलाएको गोली लागेर बुधबार बिहान एक सर्वसाधारण घाइते भइका छन् । गोली लागेर घाइते हुनेमा स्थानीयय विनोद चौधरी रहेको चितवन प्रहरीका प्रमुख उपरीक्षक रबिन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो । घाइते चौधरीलाई उपचारका लागि भरतपुर मेडिकल कले पुर्‍याइएको छ । गत २३ मा भएको सवारी दुर्घटनाको विषयलाई लिएर सडक अवरुद्ध गर्न जम्मा भएका स्थानीय बासिन्दा र सवारी चालकबीच विवाद भएपछि स्थितिलाई नियन्त्रण लिन प्रहरीले गरेको हवाई फायर गरेको थियो ।

फेसबुकमा भिडियो च्याटिङ सुरु हुँदै, गुगलको पनि नयाँ सेवाको तयारी

अषाढ २५, काठमाडौ, गुगलसँग प्रतिस्पर्धाका लागि चालिएको एक कदमको रूपमा हेरिएको एक नयाँ प्रविधिका रुपमा फेसबुकले पनि भिडियो च्याटिङको सुविधा छिट्टै उपलब्ध गराउने भएको समाचार छ । फेसबुकको जस्तै अर्को विश्व विख्यात साईट गुगलले पनि गुथल प्लस नामको अर्को एवं नयाँ साईट थाल्ने भएको घोषणा यस अघि नै गरिसकेको छ । गुगल प्लसमा भिडियो च्याटको पनि सुविधा रहेको बताइएको छ । काठमाडौ, अषाढ २५ - गुगलसँग प्रतिस्पर्धाका लागि चालिएको एक कदमको रूपमा हेरिएको एक नयाँ प्रविधिका रुपमा फेसबुकले पनि भिडियो च्याटिङको सुविधा छिट्टै उपलब्ध गराउने भएको समाचार छ । फेस बुकले यो नयाँ सेवा सुरु गर्नकाल लागि स्काइपबीच साझेदारी भएको समाचारमा जनाइएको छ । दुबैले केही शीघ्र सन्देशका लागि केही औजारहरुको उपयोग गर्दछन् ।

Sunday, July 10, 2011

काभ्रेको जनागालमा भीषण आगलागी

२७ असार, काठमाडौ,  काभ्रेको जनागालमा सोमबार बिहान भीषण आगलागी भएको छ । प्रहरीका अनुसार जनागालमा रहेको मायोज चाउचाउको कारखानामा आगलागी भएको हो । बिहान साढे ९ देखि सुरु भएको आगलागी प्रहरी, स्थानीय र कारखानाका मजदुर आगो निभाउने प्रयासमा जुटेपनि आगलागी नियन्त्रणमा आएको छैन । आगलागी नियन्त्रणमा लागि ललितपुर, भक्तपुरका बारुणयन्त्रको सहायता लिइएको छ । काठमाडौँबाट समेत बारुणयन्त्र त्यता पठाइएको छ । आगलागीबारे थप विवरण आउन बाँकी छ ।

सरकारले फेरी डिजेल र मट्टितेल मा ५ रुपयाका दरले मुल्य बृदी

कठमानडौ ,  26  निगमका प्रवक्ता मुकुन्द ढुंगेलले डिझेल र मट्टितेलमा गरिएको मुल्यबृद्धि पछि निगमको घाटा ७४ करोड रुपैयाँमा झर्ने अनुमान गरिएको छ । मुल्यबृद्धि नगर्दा घाटा एक अरव रुपैया भन्दा बढि थियो । नेपाल आयल निगमले डिजेल र मट्टितेलमा ५/५ रुपैया मुल्य बढाएको छ । शनिबार बसेको संचालक समितिको बैठकले मुल्य बढाउने निर्णय गरेको हो । बढेको मुल्य आइतवारदेखि नै लागु हुनेछ । अव डिजेल र मट्टितेलको मुल्य ७३ रुपैयाँ ५० पैसा पुगेको छ । यसअघि निगमले पेट्रोलको मुल्य बृद्धि गरेको थियो ।

Wednesday, July 6, 2011

परिवारको सामूहिक हत्या

३ असार, गाइघाट, उदयपुरको डालागाउँ गाविस-५ मा गएराति एकै परिवारका चार जनाको सामूहिक हत्या भएको छ । प्रहरीका अनुसार स्थानीय खेरबाहुर मगर र उनकी श्रीमतीसहित चार जनाको एक समूहले हत्या गरेको हो । मतृकहरु सबैको परिचय खुलिनसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Thursday, June 30, 2011

त्रिभुवन अन्तरास्ट्रिय बिमान स्थलको धावन मार्गमा अनियमिता भएको भनि लेखा समितिले कारबाहिको सिफारिस गर्यो

 अषाढ १६, काठमाडौ, संसदको सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रियव विमानस्थलको धावनमार्ग निर्माणमा अनियमितता भएको ठहर गरेको छ । समितिले अनियमिततामा संलग्नलाई कारवाही गर्न सरकारलाई निर्देशन पनि दिएको छ । चार महिना अगाडि मात्र करोडौं रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको धावन मार्ग तथा हेलिकप्टर पार्किङ क्षेत्र भत्किएको छ । धावन मार्ग भत्किएर पटक-पटक विमान सेवा पनि  अवरुद्ध हुन थालेपछि बुधबार लेखा समितिले स्थलगत निरीक्षण गरेको थियो ।

सुदुरपशिममा लागु औसधको बिग बिगी


सुर्खेत, अषाढ १६,  मध्यपश्चिममा दैनिक रूपमा लागुपदार्थ प्रयोगकर्ता पाँचहजार भन्दाबढी रहेको एक तथ्याङ्कले देखाएको छ  . लागु औषधको क्षेत्रमा कार्यरत रिकभरिङ नेपालको तथ्याङ्क अनुसार मध्यपश्चिमका सुर्खेत लगायत १५ वटा जिल्लामा दैनिक रुपमा पाँचहजार बढीले लागु औषध प्रयोग गर्छन् । संस्थाका मध्यपश्चिम संयोजक नयनराज रावतले यस क्षेत्रमा १२ वर्षको उमेर देखिनै लागुपदार्थ प्रयोगमा लाग्ने गरेको बताए । सुर्खेत जिल्लाको सन्दर्भमा हरेक एक लाख मध्ये १० हजार युवायुवती कुनै न कुनै प्रकारको लागु पदार्थका दुर्व्यसनी छन् । सुर्खेतमा लागुपदार्थ दुर्व्यसन विरुद्ध क्रियाशील आध्यात्मिक जागरण केन्द्र (सास नेपाल), भैरव सशक्तीकरण युवा केन्द्र लगायतको तथ्याङ्क अनुसार लागुपदार्थ दुर्व्यसनीको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । तथ्याङ्क अनुसार आधा भन्दाबढी युवायुवतीले कडा खालको लागुपदार्थ प्रयोग गर्दै आएका कुरा थाहा भएको छ  ।

Wednesday, June 29, 2011

फेरिदैंछ वीरगन्ज


वीरगन्ज, अषाढ १६ - मालवाहक ट्रक चलाएर प्रवेश गरेका चालक त्रिपाल सिंहले बुधबार दिउँसो २ बजे इनर्वा प्रहरी चौकीमा १ सय ५० भारु दिन खोज्दा प्रहरीको हप्की खाए । चौकीअगाडि सडक छेउमै रहेको भारतीय मालवाहक ट्रकबाट असुलिएको रकम राख्ने प्लास्टिकको बाल्टिन पनि यो दिन देखिएन । यसअघि रकम नलिई गाडी अघि बढाउनै नदिने प्रहरीले अहिले आफैंले दिन खोज्दा पनि लिन नमानेको देखेर आफू छक्क परेको एक दशकदेखि भारतबाट मालवाहक ट्रक चलाउँदै आएका सिंहले बताए । 'यो त अचम्म भयो,' उनले भने ।
प्रहरी उपरीक्षक (एसपी) रमेश खरेलले पर्सा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको एक साता नबित्दै यहाँ प्रहरीबाट भइरहेको अवैध असुली बन्द भएको हो । ढुवानी व्यवसायीका अनुसार भारतबाट प्रवेश गर्ने प्रत्येक मालवाहक ट्रकले ट्राफिकलगायत जिल्लाका विभिन्न प्रहरी पोस्टमा करिब २ हजार रुपैयाँ बुझाउनु पथ्र्यो । इनर्वा, रजत जयन्ती चोक, बसपार्क र गण्डक प्रहरी चौकी रकम असुलीका प्रमुख विन्दु थिए । भारतबाट भित्रिने मालवाहक ट्रकबाट यहाँ दैनिक करिब २० लाख रुपैयाँ अवैध असुली हुने गरेको थियो । तर अवैध असुली गर्नेलाई नछाड्ने खरेलको चेतावनीपछि सहरमा खुलेआम प्रहरीले गर्ने यस्तो कार्य थामिएको छ । 'अपराध नियन्त्रणमा शून्य सहनशीलता,' खरेलले भने, 'यसका लागि भ्रष्टाचारमुक्त प्रहरी ।'