Showing posts with label अन्त्रस्त्रिया. Show all posts
Showing posts with label अन्त्रस्त्रिया. Show all posts

Saturday, August 1, 2009

आज फ्रेन्डसिप डे मनाइदै


आज फ्रेन्डसिप डे मित्र र मित्रतालाइ सम्मान गर्दै यो दिवस मनाइदैछ । अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट महिनाको पहिलो आइतबार फ्रेन्डसिप डे अर्थात् मित्रता दिवसका रुपमा मनाइन्छ । अमेरिकि काँग्रेसले सन् १९३५ मा अगष्ट महिनाको पहिलो आइतबारलाइ नेशनल फ्रेन्डसिप डे का रुपमा घोषणा गरे पश्चात अमेरिकाबाट मनाउन सुरु भएको यो दिवसलाइ आज थुप्रै देशमा राष्ट्रिय उत्सवको रुपमा मनाउने गरिन्छ । मानिस एक सामाजिक प्राणि भएकाले उसको जिवनमा साथिको महत्व सदा रहदै आएको पाइन्छ । आफ्नो दोस्रो अभिभावकको रुपमा व्यक्तिहरुले साथीलाई लिने गरेका हुन्छन् । आफ्ना बुवा,आमा तथा परिवारलाइ समेत भन्न नसकेका कुरा मित्रलाइ पोख्ने गर्दछन् ।नेपालमा पनि आफ्न साथीहरु सग शुभकामना भाडेर यो दिबस मनाइदै छन ।