Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Sunday, August 29, 2010

तिमी गर्छु फुल क़ा कुरा

तिमी गर्छौ फुलका कुरा
म सम्झिन्छू भुलका कुरा
तिमी गर्छौ जूनका कुरा
म गर्छु मनका कुरा .
तिमी गर्छौ प्रदेश का कुरा
म गर्छु देशका कुरा
तिमी भन्छौ तिम्रो नाममा
ताजमहल बनाऊ छू
तर म भन्छु गाउमा चौतारो लगाऊ छू
आखिर तिम्रो र मेरो भावनामा मेल नखाए पछि
मादी र मर्स्यग्न्दी सरी भएऊ
भेट हुन सम्भब भएन .

Tuesday, August 10, 2010

गजल

योगेन्द्र राउत
ओईलीएको फूलसरी,झर्नेहरु पनि देखें
पिरतीमा सयौचोटि,मर्नेहरु पनि देखें
कस्लाई थाहा भोली यहाँ,के हुने हो
छैन भर साथै जिउने मर्ने बाचा,गर्नेहरु पनि देखे
मायालुको साथ पाए,भुली सारा संसार नै
प्रेमनगर तिरै डेरा,सर्नेहरु पनि देखें
जिवनको यथार्थलाई,छोडी कतै बिरानोमा
कल्पनाको
जुनी बित्ने मायाँप्रिती,कस्ले बुझ्छ कस्ले गर्छ?
बनावटी मायाकै भर्,पर्नेहरु पनि देखें !!

Thursday, June 10, 2010

गजल

मनमा चाह भए पनि पोख्न नमिल्ने
कसको माया कति भनि जोख्न नमिल्ने
उनको नजर ले सोध्छिन मलाई तिम्रो माया कति भनि?
तिम्रो भन्दा धेरै भनि तोक्न नमिल्ने
दोबाटोमा भेटेर चौबाटोमा छुट्नु पर्ने
उनको बाटो चाहेर नी रोक्न नमिल्ने
बिछोड हुँदा दुबइको आँखाहरु रसाएथे
एकान्तमा एक्लै भाको मौका पनि छोप्न
नमिल्ने मनमा चाह भए पनि पोख्न नमिल्ने
कसको माया कति भनि जोखं नमिल्ने

युबराज थापा : इराक

Wednesday, June 2, 2010

कबिता

यहाँ सबै प्रेम पूजा भन्छन् पूजारी बन्न सक्तैनन्यहाँ
सबै प्रेमी बन्छन् प्रेमलाई जोगाउँन सक्तैनन्यहाँ
प्रेम गर्न सजिलो हुन्छ,प्रेम जोगाउँन गार्हो यहाँ
मुर्दा बन्न सजिलो हुन्छ,मलामी पाउँन सार्हो यहाँ
भँमराहरु ललाइँत हुन्छन,फूलको जवानी चुम्न यहाँ
फूलहरु बिवश हुन्छन,ओइलिदै भूइँमा झर्न
न फूलको हो यो दोष न भँमराको हो यो दोषयहाँ
सबै छन् प्रेमका भोकाँ प्रेमी केवल निर्दोष
युबराज थापा : हाल इराक

Thursday, May 13, 2010

कबिता

निम्न बर्ग परिवारमा जिन्मिनाले दु:ख पाए।
स्कुल जानेबेलामा म घाश् दाउरा, जङल धाए।
दुनियाँको नजरमा अनपढ म मुर्ख भए।
गरिबिकै कारणले धन कमाउन बिदेश आए।
सोचेकोथे बिदेशमात रुखमै पैसा फल्छहोला।
साहुकोमन पग्लिदैन फलाम बरु गल्छहोला।
ठेगाना छैन ततोघाममा शरीर कहिले ढल्छहोला।
बिनाआगो येहीघामले मेरो शरीर बल्छहोल।
बा-आमलाई दुईछाक खुवाउन आएपर्देश धोकोबोकी।
घरमा पर्खि बासेकाछन आउछ धनको पोकोबोकी।
रिनै तिर्न गाह्रो भयो फर्किदैछु खाली हातबोकी।
आफ्नै देशमा केहीगरेर रिन तिर्ने आशबोकी।
आफ्नै देशमा केहीगरेर रिन तिर्ने आशबोकी।
युबराज थापा
हाल :इराक

Sunday, April 11, 2010

गजल

लुकाको छु धेरै आसुँ थोरै हाँसो भित्र
दू :ख लाई सुख सम्झी कोर्छु मानचित्र !
आँशु देखे दुखी भन्लान जोरिपरी ले
धारे हात लाउलान, दागाधारी ले
मरे सरि भए पनि फेरी बाँचेको छु
मुटु भरी चोट बोकी अझै हासेको छु ।
kapil deuja

Wednesday, March 31, 2010

गजल

नजरको तिर बनाई हाने तिमीलाई
लाखौ थरि फूलबाट छाने तिमीलाई ।
चरी जस्तै हावामा उडिजाला भनेर
अघात प्रेमको डोरीले बाने तिमीलाई ।
अद्रृष्य कुराहरुको किन पछि लाग्नु
दिलमा सजाई देउता माने तिमीलाई ।
सयौ कोष दुर तिमीलाइ देख्दा
पनी आफ्नै सामु नजरले ताने तिमीलाई ।
बसंताले पालुव फेरे झै नफेर अब
मेरो दिलको रानी ठाने तिमीलाई । ।
कान्छालाल तामाङ हाल : इराक

Wednesday, March 10, 2010

गजल

विश्वासको भुमरीमा अविश्वासी घात पाँए
माया दिन्छु भन्ने माथि घृणाको साथ पाँए ।
भेटै पिच्छे भन्थो किन माया गर्छु तिमिलाई
भमराले फूलको रस चुस्ने जस्तै मात पाए ।
पहिले त भन्थो केरे सजाउछु दिलमा सानु
स्वार्थ लुटी सक्या रछौ त्यसैले त लात पाएँ ।
कुरुप तिम्रो आत्म छ भन्ने थाहा पाएँ
कलङगका काडाँ सरि संघर्षका खात पाएँ ।
सुख शान्ति दिन्छु भनि फुलको वास्ना लिन्थ्यौ क्यारे
तिम्रै घाती गफमा फसी मात्र तीता वात पाएँ ।