Showing posts with label artikal. Show all posts
Showing posts with label artikal. Show all posts

Saturday, October 2, 2010

नेपालमा सडक बालबालिकाको स्थिति

“नुवाकोट त्रिशुलीका राम प्रसाद अधिकारी पसुपतिमा लासपोलेर बागमतिमा फेकिएको दाउरा संकलन गर्छन उनको उमेर १२ वर्षको छ । उनको घर र आमा बाबु सबै पहिरोले लग्यो ।  बाच्ने सहाराको खोजिमा गाँउका एक जना दाई पर्ने संग काठमाडौ छिरेका हुन् । हुन त उनले होटेलमा  भाडा माज्ने काम समेत गरे तर  होटेल साहुको दुव्र्यवहारको कारण सडकमा आउन बाध्य भए । हाल उनि पसुपतिमा दाउरा टिपेर दिन विताएका छन् । त्यस्तै अर्का वालक हुन राजन उनको परिवारमा कोहि छैन । किन की उनको आमा लागु औषध ओसार पोसारको मुद्दामा पोखरा जेलमा छिन भने वावुको मृत्यु भई सक्यो । राजन गौसलामा दिनभरी डेनड्रइट सुग्छन् । त्यसको असरले उनको शरीर दुव्लो  भएको छ उनि राम्रो संग वोल्न पनि सक्दैनन् । उनलाई छाला सम्वन्धी र स्वसप्रश्वस सम्वन्धी  रोग लागेको छ । सुरपाउदा उनि भन्छन आमालाई एकपटक भेट्न चाहान्छु तर डेन्ड्रइटको असरले उनको स्वर नै सुकेको छ । अर्का हुँन दिपेश उनको वावु सानैमा विते घरमा खाना लागाउनको दुख भयो आमा सहित काठमाडौ आए उनको आमाले डान्स रेस्टुरेन्टमा काम गर्न थालिन र उनलाई स्कुल भर्ना त  गरिन ।

Thursday, September 23, 2010

सहाना प्रधान ko सम्झनामा दोस्रो विश्वयुद्ध


सहाना प्रधान
नेपाली राजनीतिको अग्र भागअंा रहेर धेरै बर्षा काम गरेकी नेत्री सहाना प्रधान  काठमाडौंको असनटोलमा वि.सं १९८४ सालमा जन्मेकी  नेपाली राजनीतिको महत्वपूर्ण व्यक्तित्व हुन् । उनको जीवनmaa  धेरै उतारचढावले भरिएको छ । जीवनमा उनले धेरै घटनाहरू भोगिन् । उनको जीवन यात्रा पढ्दा रोमान्चक साथै अत्यासलाग्दो पनि लाग्छ । १९८८ असारमा आमाले संसार छोडेपछि १९८९ मा बुबा, हजुरआमा, काका गणेशलाल, सूर्यलाल र अरु तीन भाइबहिनीसहित पाँच वर्षको उमेरमा बर्मा पुगेकी सहानाले बर्मामा भएको दोस्रो विश्वयुद्ध देख्न पाइन् ।