Showing posts with label raajanitik न्यूज़. Show all posts
Showing posts with label raajanitik न्यूज़. Show all posts

Monday, May 3, 2010

युवासङ्घ छलफलमा, बामदेवलाई कारबाहीको माग, एमालेको अनुशासन समितिको बैठक पनि जारी

काठमाडौँ, २० बैसाख , नेकपा एमाले निकट युवासङ्घ आन्तरिक छलफलमा व्यस्त रहेको छ । पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई कारवाही गर्नुपर्ने माग गर्दै सङ्घले अहिले छलफल गरिरहेको छ ।
छलफलका निष्कर्षसहित सङ्घले गौतमलाई कारवाहीको माग गर्दै पार्टीलाई सोमबार नै ज्ञापनपत्र बुझाउने भएको छ । प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिनुपर्ने माग गर्दै गौतमले केन्द्रीय नेता तथा सभासद्सहित ६० जनाको नामसहित आइतबार ज्ञापनपत्र र्सार्वजनिक गरेका थिए ।
यसपछि सोमबार बिहान मात्रै उनले युथफोर्सका कार्यकर्ताहरुले ज्यान मार्ने धम्की दिएको बताएका थिए । उनले नाम सार्वजनिक गरेका अधिकांश व्यक्तिहरुले पनि जानकारी विना नै ज्ञापनपत्रमा नाम राखिएको भन्दै गौतमलाई कारवाही गर्नुपर्ने बताउँदै आएका छन् ।
यसैबीच एमालेको अनुशासन समितिको बैठक पनि बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय बल्खुमा जारी बैठकमा गौतमलाई कारवाही प्रक्रिया कसरी अघि बढाउने भन्ने बिषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।

Sunday, May 2, 2010

चितवनमा प्रदर्शनकारीलाई गोली लाग्यो

चितवनको भरतपुरमा मैयादेवी कन्या कलेज अगाडि आज बिहान प्रहरीले गोली चलाउँदा मिलेनियम कलेजका विद्यार्थी आशिष देवकोटाको घाँटीमा गोली लागेको छ ।
उक्त घटनामा प्रहरीले नौ सेल अश्रुग्याँस प्रहार गरेको पनि चितवनबाट हाम्रा समाचारदाताले जनाएका छन् । प्रहरी आक्रमणमा परी विद्यार्थीहरु जनक श्रेष्ठ अनुप भट्टराई र शिव अधिकारी र पत्रकार केपी शर्मालगायतका २ जना सञ्चारकर्मी घाइते भएका छन् ।

Friday, April 30, 2010

राजधानीमा त्रास/मुख्य बजार क्षेत्र बन्द

माओवादीले जवरजस्ती ठूलो मात्रामा चन्दा मागेको भन्दै राजधानीको मुख्य बजार क्षेत्र शुक्रबार दिउँसोदेखि नै बन्द गरिएको छ । यसले राजधानीबासीमा त्रास फैलिएको छ । शनिबार गर्ने भनेको मे दिवसको प्रदर्शन र अनिश्चितकालिन आमहड्ताल घोषणाबाट त्रसित व्यवसायीले थप चन्दा मागका सामना गर्नु परेपछि व्यापार व्यवसाय नै बन्द गर्नु परेको बताएको छ । राजधानीको मुख्यबजारहरु न्यूरोड, इन्द्रचोक, असन, पुतलीसडक लगायतका क्षेत्रमा रहेका पसल तथा व्यापारिक केन्द्रहरु बन्द गरिएका छन् । व्यापारीहरुले माओवादी कार्याकर्ताले चन्दा माग्न थालेपछि बाध्य भएर बन्द गर्नुपरेको बताएका छन् । माओवादी कार्याकर्ताहरु आएर ठूला पसलहरुमा १५ हजार रुपैया र अन्यस्थानमा चामललगायतका खाद्यन्नसमेत मागेको व्यापारीहरुले बताएका छन् । 'चन्दा स्वेच्छिक भनिएपनि जवरजस्ती १५ हजार रुपैयाँ माग गरिएको छ' नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकार इकान्तिपुरसंग भने, 'जवरजस्ती चन्दा माग गर्न थालेपछि बाध्य भएर व्यवसाय बन्द गर्नुपरेको हो ।'
प्रदर्शन र त्यसपछिको आमहड्तालका लागि हजारौंको संख्यामा माओवादी कार्यकर्ताहरु मुलुकभरबाट राजधानी आइसकेका छन् । उनीहरुले निजी, सार्वजनिक तथा घर/भवनहरुमा आश्रय लिइरहेका छन् ।

Thursday, April 29, 2010

माओवादीले जबर्जस्ती चन्दा मागेको बिरोधमा बजार बन्द

१६ बैसाख (धनगढी), अब जनताले पनी पतिकर गर्न भए एकीकृत नेकपा माओवादीले जबर्जस्ती रुपमा चन्दा मागेको भन्दै कैलालीको अत्तरीयाका व्यापारीले बजार बन्द गरेका छन् । आफुले सञ्चालन गरेको व्यवसाय भन्दा बढी चन्दा मागेको भन्दै उनीहरु बिरोधमा उत्रिएका हुन्।
उनीहरुले बिहीबार बिहानदेखि अत्तरीया बजार पुरै बन्द गराएका छन् । व्यापारीहरुले माओवादीबाट जबर्जस्ती रुपमा चन्दा माग्न नरोकीएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । यति गर्दा पनि माओवादीले चन्दा माग्न नरोके र सरकारले शान्तिपूर्ण रुपमा व्यवसाय गर्ने वातावरण नमिलाए थप आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

Wednesday, April 28, 2010

राजधानी माओवादी कार्याकर्ताले भरियो


माओवादी कार्यकर्ताले राजधानीका ठाउूठाउूमा मार्चपास गरेका छन् । उनीहरूले लैनचौर, बाग्ाबजार, बानेश्वर, कोटेश्वर, सुनधारा, त्रिपुरेश्वर, पुतालिसडक क्षेत्रमा बुधबार बिहान मार्चपास गरेका हुन् । त्यसमध्ये केहीले युनिर्फमसहित मार्चपास गरेका थिए ।माओवादीले स्वयंसेवकहरूलाई 'अभ्यास गराएको' जनाएको छ । 'यो मार्चपास कार्यक्रमलाई निरन्तरता दिन्छांै,' वाईसीएल उपत्यका इञ्चार्ज चन्द्रबहादुर थापाले भने, 'यसलाई प्रदर्शनको तयारीका ंरूपमा बुझ्दा हुन्छ ।' लैनचौरमा पोलिटब्युरो सदस्य लेखराज भट्ट र सुन्धारामा वाईसीएल केन्द्रीय संयोजक गणेशमान पुनले सम्बोधन गरेका थिए ।भट्टले मार्चपास र शारीरिक अध्यासका लागि भेला भएका कार्यकर्तालाई अनुशासित र संयम भएर प्रदर्शन गर्न निर्देशन दिएका थिए । 'अनुशासित र संयम भएर शान्ति, संविधान निर्माणका लागि राष्ट्रिय सरकारको आन्दोलनमा लाग्नुपर्छ', उनले भने, 'यो सरकारलाई अपदस्थ नगरे देश बन्धक हुन्छ, त्यसैले आन्दोलनबाटै राष्ट्रिय सरकार बनाउनुपर्छ ।' उनले प्रदर्शनमा सरकारी हस्तक्षेप र अन्य तत्त्वबाट हुने घुसपैठबाट सतर्क रहन पनि निर्देशन दिए । 'घुसपैठ र हस्तक्षेपको प्रयत्न हुनसक्छ,' उनले भनाइ थियो, 'हामी सतर्क हुन जरुरी छ ।'वाईसीएल संयोजक पुनले 'शान्ति र संविधान अपहरण गर्ने तत्त्वलाई खबरदारी गर्न' युवाहरू लाग्नुपर्ने बताए । 'शान्ति र संविधानका लागि युवाहरू खबरदारी गर्न हजारांै युवा राजधानी आएका हुन्,' उनले मार्चपास समापन कार्यक्रममा भने, 'युवाहरूको आवाज बेलैमा सुनियोस् ।'उनले प्रहरीहरूलाई 'जनताको पक्षमा लाग्न' आग्रह गरे । 'देश निर्माणमा लागेका जनताको पक्षमा लाग्ने कि शान्ति र संविधान निर्माण प्रक्रियाविरुद्ध लाग्ने शक्तिको पक्षमा लाग्ने ? बुझ्नुपर्ने बेला भएको छ,' पुनको भनाइ थियो ।कार्यकर्ताहरू बाहिरबाट राजधानी आउने bihibaar पनि जारी रहेको माओवादीले जनाएको छ । 'कार्यकर्ताहरू राजधानी आउने क्रम जारी छ,' थापाले भने । उनले राजधानी आउने कार्यकर्तालाई सुरक्षा निकायले अवरोध नपुर्‍याएको बताए । सरकारी स्कुलमा कार्यकर्ता नराखेको दाबी गर्दै सभासदसमेत रहेका थापाले मंगलबार गन्तव्यमा पुग्न नसकेकाले डिल्लीबजारलगायका क्षेत्रमा बास बसेको बताए । कार्यकर्ता बसेको स्थानमा प्रहरी पुगे पनि नराम्रो व्यवहार नगरेको माओवादीको भनाइ छ । शनिबार मे दिवस मनाउन राजधानी आएका हजारौं माओवादी कार्यकर्ता र समर्थकहरूले राजधानीको पार्टी प्यालेस, निजी विद्यालय, निर्माण हुँदै गरेका हाउजिङ, सरकारी स्वामित्वका खाली भवनमा खचाखच भरिने क्रम जारी छ ।माओवादी नेवाः राज्य समितिका सहसचिब दिलीप प्रजापतिले आन्दोलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । पार्टीले नेवाः राज्य समितिलाई कार्यकर्ता व्यवस्थापनको जिम्मेवारी दिएको थियो । राजधानी छिरेका कतिपय कार्यकर्ता र समर्थक सुन्धारा, नयाँ बसपार्क, नयाँ बानेश्वरमा 'सेल्टर' खोज्दै भौतारिइरहेका देखिन्थे । माओवादी कार्यकर्ताले पाटनका केही विहारमा समेत आश्रय लिएका छन् ।

हतियारसहित दर्जनौं समातिए

राजधानीका विभिन्न स्थानबाट प्रहरीले हतियारसहित ६ जनालाई पक्राउ गरेको छ । राजधानीको मुड्खुस्थित प्रहरीले राखेको चेकिङ पोस्टमा चितवनको प्रताप स्मृति बिग्रेडका २ माओवादी कार्यकर्ता मुकुन्द केसी र कृष्णबहादुर तामाङलाई खुकुरीसहित समातेको छ । उनीहरू खकुरी लिएर राजधानी छिर्दै थिए । डिल्लीबजारको उकालोमा बुधबार बिहान चक्कुसहित वाईसीएल कार्यकर्ता निर्मल लामा पक्राउ परेका छन् । राजधानीको नयाँबजारबाट हतियारसहित माओवादी कार्यक्रममा काभ्रे भकुण्डेबेसी घर भएका मनोज मगर, इलाम चुलाचुलीका प्रतीक राई र राजन राईलाई पक्राउ गरिएको छ ।

Tuesday, April 20, 2010

संविधान निर्माणका लागि दवाव स्वरुप कर्मचारीद्वारा प्रदर्शन

तोकिएको समयमा संविधान निर्माण गर्न दवाव स्वरुप निजामती कर्मचारीहरुले प्रदर्शन गरेका छन् । कर्मचारीहरुले राजनितीक दल र सरकारलाई निर्धारित समयमै नयाँ संविधान निर्माण गर्न आग्रह गर्दै कठमान्डौको बाबर महल बाट जुलुस निकालेको हो । साथै बाहिर तीर पनी जुलुस निक्लिएकाछन । बाके, धनकुटा र पर्साका स्थानिय प्रशासन कार्यलयमा पदर्शन गरेका हुन् ।
उनिहरुले समयमै संविधान जारी नगरे कार्यलय बन्द गरी सडक आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । उनिहरुले यस्तो अवस्था सिर्जना हुन नदिन तर्फ गम्भिर हुन राजनितीक दललाई आग्रह गरेका छ्न । कर्मचारीले स्थानिय प्रशासन मार्फत कर्मचारी र जनताको चाहाना अनुरुपको संविधान जारी गर्नुपर्ने माग सहितको ज्ञापन पत्र संविधान सभाका अध्यक्ष सुवास नेम्वाङलाई बुझाएका हुन् ।

Monday, April 5, 2010

संविद्यान छिटो बनाउ भन्दै र् याली

चैत २३ काठमाडौं, देशमा राजनितीक खिचातानी बडिरहेको बेला तोकिएको समयमा संविद्यान जारी गर भन्दै राजधानीमा आज नागरीक समाजका बिभिन्न व्यत्विहरु सहितको विशाल र् याली निष्किएको छ । उक्त र् याली माइती घर मण्डला हुदै संविद्यान सभा भवन अगाडी सम्म पुगी कोणसभामा परिणत हुने कुरा सहभागीहरुले बताएका छन् । दिगो शान्ति र संविद्यान निर्माण समयमा गर्नु पर्छ भनि दवाब दिनको लागि आयोजना गरिएको कुरा मानव अधिकारवादी नेताहरुले बताएका छन् । गर्मीको तातो घामको प्रवाह नगरी धेरै मान्छेहरु उक्त र् यालीमा प्ले कार्डं र व्यानर हातमा लिएर सहभागी भएका छन् ।

Sunday, April 4, 2010

उच्चस्तरीय राजनीतिक संयन्त्रको आइतबारको बैठक स्थगित

राज्य पुनःसंरचना आयोग गठनमा प्रमुख तीन दलबीच सैद्धान्तिक सहमति भए पनि अन्य विषयमा मतैक्यता नहुँदा उच्चस्तरीय राजनीतिक संयन्त्रको आइतबारको बैठक स्थगित भएको छ । राज्य पुनःसंरचना आयोगलाई पुर्णता दिने विषयमा आइतबारको बैठकमा छलफल गर्ने कार्यसूची तय गरिएको थियो । एकीकृत नेकपा (माओवादी) का नेता नारायणकाजी श्रेष्ठले चाँडोभन्दा चाँडो संयन्त्रको बैठक हुनुपर्नेमा जोड दिँदै थाँती रहेका सबै मुद्दालाई किनारा लगाउनुपर्ने बताउनुभयो । उहाँले एमाले र काङ्गे्रसका कारण संयन्त्रले टुङ्ग्याउनु पर्ने विषयबारे छलफलको प्रयास भइरहेको जानकारी दिँदै यथाशक्य चाँडो बैठक गर्ने बताउनुभयो । रासस

Sunday, March 28, 2010

सरकार ढल्ने कुरा हल्लामात्र - ओली

एमाले नेता केपि शर्मा ओलीले माओवादि संविधान निर्माण भन्दा सत्ताकब्जामा केन्द्रित रहेको आरोप लगाउनुभएको छ । बाराको कलैयास्थीत जिल्ला अस्पतालमा उपचार गराइ रहनु भएका एमाले स्थानिय नेता सोहन चौधरीलाई भेट्न पुग्नुभएका ओलीले सरकार ढल्ने कुरा हल्लामात्र भएको बताउनुभयो । उहाँले सोहन चौधरी जीवनभरी नेपाली जनताको लागि लडेको नेता भएको टिप्पणि गर्दै उहाँको स्वास्थ्य लाभको कामना गर्नुभयो ।

Monday, March 1, 2010

सिंहानियाको हत्यापछि जनकपुर स्तब्ध

१८ फागुन, जनकपुरधाम । जनकपुरका सन्चार उद्यमी तथा व्यवसायी अरुण सिंहानियाको सोमबार साँझ हत्या भएपछि जनकपुर बजार स्तब्ध भएको छ । बजार स्वतस्फूर्त बन्द छन् भने यातायातका साधन पनि चलेका छैनन् । उद्योगी व्यवसायी र सर्बसाधारण असुरक्षित महसुस गर्दै आतंकित बनेका छन् । सिंहानियाको शव राखिएको केयर अस्पतालमा सभासद, सर्बसाधारण र पत्रकारहरु भेला भएका छन् । सरकारले सुरक्षा व्यवस्था चुस्त बनाउन नसकेकोले सन्चारकर्मीहरुको श्रृङ्खलाबद्ध हत्या भइरहेको भन्दै पत्रकार र सर्बसाधारण आक्रोशित भएका छन् । जनकपुर ४ घर भएका सिंहानिया जनकपुर टुडे दैनिकका प्रकाशक तथा टुडे सन्चार समूहका अध्यक्ष हुनुहुन्थ्यो । हत्याको जिम्मा तराई जनतान्त्रिक पार्टी मधेसले लिएको छ । गत वर्ष पुस २७ गते सोही संस्थासँग आबद्ध महिला सन्चारकर्मी उमा सिंहको पनि हत्या भएको थियो । यसैबीच स्थानीय प्रशासनले गएरातिदेखि नै जनकपुरलाई नाकाबन्दी गरी अपराधिको खोजी जारी राखेको जनाएको छ । यद्यपी स्थानीय प्रशासनले कसैलाई पक्रन सकेको छैन ।
गत माघ २४ गते मात्रै काठमाडौंको लाजिम्पाटमा स्पेसटाइम नेटवर्कका अध्यक्ष जमिम शाहको हत्या भएको थियो ।

Monday, February 22, 2010

राप्रारा नेपालको जुलुस संविधान सभा भवन तिर

भर्खरै राप्रारा नेपालले रत्नपार्कबाट ठुलो जुलुस निकालेको छ । काठमाडौ वाहिरबाट ल्याइएका कार्यकर्ताका साथ अहिले त्यस जुलुस सिहदरवार माइतीघर बबरमहर हुदै संविधान सभा भवन तिर लम्कीदै छ । जुलुसमा व्यपक झण्डाको व्यवस्था गरिएको छ । जुलुसलाई अगाडी र पछाडीबाट प्रहरीले सुरक्षा दिइरहेको छ । उक्त जुलुस संविधान सभा भवन सम्म गएर टुंगिने कुरा थाहा भएको छ ।

टङ्क ढकालसहित पाँच सय कार्यकर्ता गिरफ्तार’

फागुन, काठमाडौं । संवैधानिक राजतन्त्र , संघियता र धर्मनिरपेक्ष राज्य बारे जनमत संग्रह गर्नुपर्ने लगायत माग राख्दै सोमबार काठमाडौं उपत्यका बन्द गराएको राप्रपा नेपालले आफ्ना पाँच सय नेता-कार्यकर्ता पक्राउ परेको दावी गरेको छ । प्रहरीले भने तीन सय कार्यकर्ता पक्राउ गरेको जनाएको छ ।
राप्रपा नेपालका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पार्टी महामन्त्री टङ्क ढकालसहितका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको बताउनुभयो । ढकाल शाहीकालका सूचना तथ सन्चारमन्त्रीसमेत हुनुहुन्छ । श्रेष्ठका अनुसार सहमहामन्त्री प्रल्हाद साह, केन्द्रीय सदस्यहरु केदार कोइराला, तारा लुइटेल, श्याम घिमिरे, रेशम लामालगायत पक्राउ परेका छन् ।
‘घरमा सुतिरहेकालाई पनि प्रहरीले पक्राउ गरेको छ,’प्रचार विभाग प्रमुख श्रेष्ठले भन्नुभयो, ‘शान्तिपूर्ण आन्दोलनमा पनि सरकार कडारुपमा प्रस्तुत भएको छ ।’ श्रेष्ठका अनुसार कलङ्कीमा सुतिरहेका स्याङ्जाका जयनारायण श्रेष्ठलगायतका कार्यकर्तालाई प्रहरीले विहानै पक्राउ गरेको छ । उहाँले मङ्गलबार सिहदरबार घेराउको कार्यक्रम तय गरिएको जानकारी दिनुभयो । बन्दको अबज्ञा गरेको भन्दै राप्रपा नेपालका कार्यकर्ताहरुले कलङ्की, चाबहील, बल्खु, गौशाला, कोटेश्वरलगायत स्थानमा केही गाडीहरुमा तोडफोड गरेका छन् । ट्राफिक प्रहरीका अनुसार आन्दोलनकारीले ललितपुरको सातदोबाटोमा पनि गाडीमा तोडफोड गरेका छन् । जनआन्दोलन २ मा तत्कालीन राजा ज्ञानेन्द्रका मुख्य सहयोगीको भुमिका निर्बाह गरेका कमल थापाको दल राप्रपा नेपालले पहिलोपटक बन्द आह्वान गरेको हो । राप्रपा नेपाल संसदीय दलका नेता चन्द्रबहादुर गुरुङले १४ जेठमै संविधान जारी गर्न तथा महंगीविरुद्ध पनि बन्द गरिएको बताउनुभयो ।
बन्दका कारण काठमाडौं उपत्यका सुनसान छ । यातायातका साधन चलेका छैनन् भने मुख्य-मुख्य बजार पनि बन्द छन् । राप्रपा कार्यकर्ताहरु राजधानीका विभिन्न चोक-चोकमा बन्द सफल पार्न विहानैदेखि प्रदर्शनमा उत्रिएका छन् ।
बन्द सफल पार्न राप्रपा नेपालले विभिन्न जिल्लाबाट कार्यकर्ता राजधानी भित्राएको छ । बन्दको पूर्वसन्ध्यामा उसले काठमाडौं उपत्यकामा आइतबार साँझ मसाल जुलुस निकालेको थियो ।
साभार आनलाइन खबर

Monday, February 1, 2010

माओवादीका ११ कार्यकर्ता पक्राउ

१९ माघ, इटहरी । एकीकृत नेकपा माओवादी कोचिला राज्य समितिका सेक्रेटरीसहित ११ जना कार्यकर्ताहरुलाई सुनसरी प्रहरीले आज विहान पक्राउ गरेको छ । कोचिला राज्य समिति सेक्रेटरी मोहन तिमल्सीना, इटहरी नगर इन्चार्ज नविन सुब्बा, सेक्रेटरी उपेन्द्र घिमिरेलगायत कार्यकर्ता इटहरी बजारबाट पक्राउ परेका हुन् । संखुवासभाका व्यापारी पासाङ शेर्पालाई अपहरण गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । एकीकृत नेकपा माओवादी कोचिला राज्यसमितिले भने झुठ्ठा आरोपमा आफ्ना कार्यकर्ता पक्राउ गरिएको भन्दै विनासर्त रिहाईको माग गरेको छ । अपहरणको घटनामा आफ्नो संलग्नता नरहेको पनि माओवादीले स्पष्ट पारेको छ ।

Wednesday, January 27, 2010

सुजाताका पीए ठगेर वेपत्ता

१४ माघ, काठमाडौं, परराष्ट्रमन्त्री सुजाता कोइरालाका स्वकीय सचिव भरत सापकोटाले विभिन्न प्रलोभन देखाई ५० जनाभन्दा बढीलाई ठगी गरेका छन् । सापकोटाले परराष्ट्रमन्त्रीलाई भनेर अमेरिकालगायत मुलुकमा पठाइदिने, राम्रो ठाउँमा सरुवा गरिदिने, जागिर लगाइदिनेलगायत प्रलोभन देखाई ठगेका हुन् ।
आफूहरुलाई दिएको आश्वासन पूरा नगरी सापकोटा एकाएक बेपत्ता भएपछि उनीहरुले आफूहरु ठगिएको थाहा पाएका थिए । पीडितहरुले परराष्ट्रमन्त्रीको मण्डिखाटारस्थित निवासमा बुधबार धर्ना दिएर सोपकोटाले लिएको पैसा फिर्ता गरिदिन माग गरेका थिए । उनीहरुले सापकोटाले १ करोड रुपैयाँभन्दा बढी उठाएको भन्दै परराष्ट्रमन्त्रीसँग फिर्ता गराइदिन भनेका छन् ।
पाँचजना अफगानीलाई नेपाली पासपोर्ट दिएको अभियोगमा परराष्ट्रका नायव सुब्बा बच्चुराम केसी गत बिहीबार पक्राउ परेको दिनदेखि सापकोटा बेपत्ता छन् । सापकोटा परराष्ट्रमन्त्रीको आडमा मेसिन रिडेवल पासपोर्टको ठेक्कासमेत निश्चित प्रस्तावकलाई दिलाइदिन्छु भन्दै हिँडेकोसमेत परराष्ट्र स्रोतले बतायो । तर, उक्त ठेक्का रद्द भइसकेको छ । ‘सापकोटा कता छन्, गत बिहीबारदेखि कुनै सम्पर्क छैन । उनको फोन अफ छ । कोठा बन्द छ,’ कोइराला निकट स्रोतले भन्यो ।
साभार: कान्तिपुर दैनिकबाट

Sunday, January 24, 2010

लडाकु सम्बन्धी प्रधानमन्त्रीको कार्ययोजनामा छलफल शुरु

माओवादी लडाकुको समायोजन तथा पुनस्थापना बिशेष समितिले लडाकुको नियन्त्रण कार्यविधि र प्रधानमन्त्रीको कार्ययोजना दुवैमा छलफल सुरु गरेको छ । चेन अफ कमाण्ड कार्यविधिमा प्राविधिक समितिले यसअघि बिशेष समितिमा बुझाएको लडाकुलाई माओवादीको नियन्त्रणबाट मुक्त गरी समितिको नियन्त्रणमा ल्याउने प्रकृया रहेको छ । त्यसैगरी प्रधानमन्त्रीको कार्ययोजनामा ३ महिना २२ दिन भित्र माओवादी सेनाका लडाकुलाई समायोजन र पुनस्थापना गरी सक्ने योजना रहेको छ ।

सेना समायोजनमा फरक फरक बिचार आयो

सेना समायोजन बारे दलहरुबीच फरक फरक धारणा आईरहेकको बेला कांग्रेसका बरिष्ट नेताले आफ्ना सभापति गिरिजाप्रसाद कोइराला र एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबिच बढिमा ५ हजार लडाकुलाई सुरक्षा निकायमा समायोजन गर्ने सहमति भएको खुलासा गरेका छन।
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले दुई नेताबिच ३ देखि ५ हाजर लडाकुलाई सुरक्षा निकाएमा समबेस गर्ने गोप्य सहमति भएको खुलासा गरेका हुन। उहाँले यो सहमतिबाट दुबै पक्ष पछि हट्न नहुने बताउनुभयो । आज एक सञ्चारमाध्यममा अन्तर्वाता दिँदै उपसभापति पौडेलले यस्तो कुरा बताउनुभएको हो। उहाँले माओबादि सेनालाई नेपालीसेनामा समायोजन गर्नै नहुने र सबै सेनालाई नेपाली सेनामा समावेश गर्न नहुने कुरा अतिबादी सोच भएको बताउनुभएको हो। उहाँले बांकी लडाकुलाई समाजमा पुनर्स्थापित गराउन सहमति भएको समेत दाबी गर्नुभयो।
उच्चस्तरिय राजनितिक संयन्त्रम प्रति रहेको आशंका अझै पुर्ण रुपमा नहटेको भन्दै उहाँले ३ दलका शिर्षनेता बिच कुनै गोप्य सहमति भएर माओबादि आन्दोलन फिर्ता लिएको भए आफुहरुलाई त्यो मान्य नहुने बताउनुभयो।

Wednesday, January 20, 2010

नेपाललाई १४ राज्यमा बाडिने

संबिधान सभा अन्तर्गतको राज्यको पुर्नसंरचना र राज्यशक्तिको बाँडफाड समितिले नेपाललाई १४ वटा संघिय राज्य बनाउन प्रस्ताव गरेको छ । नयाँ संबिधानका लागि समिति तयार पार्ने मस्यौदा प्रतिबेदनमा १४ राज्यको नाम सिमाङकन राजधानी लगायतका बिषय समेटेर पठाईने छ ।
समितिको बुधबार अबेर राति सम्म भएको बैठक र निर्वाचन प्रकृयाले मुलुकमा १४ वटा राज्य बनाउने प्रस्तावलाई पारीत गरेको समितिका सभापति लोकेन्द्र बिष्टमगरले जानकारी दिनु भयो । बिभिन्न जिल्ला गाविस र गाँउलाई मिलाएर ती राज्यहरु निर्माण गरिएका छन् । समितिले मतदानबाट टुङगो लगाएको १४ वटा राज्यका सम्बन्धमा भने काँग्रेस मधेसबादी दल र साना एबं केहि सभासदले बिरोध गरेका छन् । प्रदेशको नाम र राजधानी के के हुने त ?
खप्तड प्रदेश ( राजधानी दीपायल–सिलगढी), लुम्बिनी–अवध–थारूवान प्रदेश ( राजधानीः घोराही), जडान प्रदेश (राजधानीः सिमीकोट), प्रदेश (राजधानीः वीरेन्द्रनगर), मगरात प्रदेश (राजधानीः तानसेन), प्रदेश (राजधानीः पोखरा), नारायणी प्रदेश (राजधानीः भरतपुर), ताम्सालिङ प्रदेश (राजधानीः चौतारा), प्रदेश (राजधानीः काठमाडौँ), मिथिला–भोजपुरा–कोचिला प्रदेश (राजधानीः जनकपुर), सुनकोसी प्रदेश (राजधानीः कमलामाई), किराँत प्रदेश (राजधानीः त्रियुगा), प्रदेश (राजधानीः इलाम) सेर्पा प्रदेश (राजधानीः सोलु)समितिमा एउटै नक्सासहितको प्रस्ताव संविधानसभामा लाने कि दुईवटै लाने भन्ने विषयमा पनि मतदान भएको थियो। एउटै नक्सा पक्षमा २३ र दुईवटा लानुपर्छ भन्नेमा १५ मत परेको थियो। सो दुईवटै प्रस्तावमा समर्थन छैन भन्नेमा दुईमत परेको थियो भने सो प्रक्रियामा असहमति जनाउँदै नेकपा (एमाले) का सभासद् शङ्कर पोखरेलले ‘नो भोट’ मा मत दिएका थिए। त्यसैगरी प्रदेशमा जुन जातिको बाहुल्य छ, ती जातिलाई सरकार निर्माण र निर्वाचनमा दुई कार्यकाल प्राथमिकता दिनुपर्छ भन्ने राजनीतिक अग्राधिकारसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ।

Monday, January 18, 2010

माओवादीले भारतीय दुतावास र सिंहदरबार घेर्दै

५ माघ, काठमाडौं । नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधिनताको रक्षार्थ आन्दोलनरत एकीकृत नेकपा माओवादीले मंगलबार भारतीय दूतावास र मुख्य प्रशासनिक निकाय सिंहदरवार घेराउ गर्दैछ । चौथो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत भारतले सीमा मिचेको विवादित नेपाल-भारत सीमा क्षेत्रहरु महाकाली, सुस्ता, पशुपतिनगर, खुर्दलोटन र लक्ष्मणपुर बाँधमा आमसभा गरेको माओवादीले भारतीय हस्तक्षेपविरुद्ध अपरान्ह १ बजेपछि घेराउसहित प्रदर्शन गर्न लागेको माओवादी नेवाः राज्य समितिका सेक्रेटरी नारायण दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार अपरान्ह एक बजेपछि सिंहदरवारको पश्चिमी मूल गेट अगाडिको भद्रकालीमा भेला भएर एक घण्टासम्म नाराबाजी र प्रर्दशन गरिनेछ । त्यस क्रममा सरकारको नागरिक सर्वोच्चता विरोधी चरित्र, भारत परस्त ब्यवहारको भण्डाफोर गर्दै संविधान निर्माण र शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्‍याउन आफ्नो दलको नेतृत्वमा राष्ट्रिय सरकारको गठनका लागि दवाव सृजना गरिने छ । सिंहदरवार अगाडिको एक घण्टे प्रदर्शन पछि जुलुससहित माओवादी नेता तथा कार्यकर्ताहरुले लैनचौरस्थित भारतीय दुतावास अगाडि पुगेर भारतीय हस्तक्षेपविरुद्ध धर्नासहित प्रर्दशन गर्ने कार्यक्रम रहेको छ । सेक्रेटरी दाहालका अनुसार भारतीय दुतावास अगाडि कोणसभासमेत गरिने छ । स्मरण रहोस भरे फेरी माओबादी नेताहरु राकेस सुदलाई गल्ती गरेऊ हामीले भनेर भेटना जान बेर छैना

Tuesday, January 12, 2010

मोष्टवान्टेड’ सूचीमा रहेका युवक प्रहरी हिरासतबाट फरार

२८ पुस, विराटनगर । हतियारसहित पक्राउ परेका एक युवक ईलाका प्रहरी कार्यालय धरानको हिरासतबाटै फरार भएका छन् । प्रहरीको ‘मोष्टवान्टेड’ सूचीमा रहेका १८ वर्षीय उदय लिम्बु गएराति फरार भएका हुन् । अभियुक्त भगाएको आरोपमा प्रहरी जवान श्याम साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लिम्बुलाई गत शनिबार वाईसीएल कार्यकर्ताहरुले धरानको पानमाराबाट एकथान एयरगनसहित नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका थिए ।
हिरासतको गेटमा ताला लागेकै अबस्थामा लिम्बु फरार भएको र अनुसन्धानका लागि प्रहरी जवान साहलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
विभिन्न आपराधिक कृयाकलापमा संलग्न लिम्बु यसअघि पनि ईलाका प्रहरी कार्यालय ईटहरीको हिरासतबाट फरार भएका थिए ।

Saturday, January 9, 2010

बन्धले जनजीवन परभाबित

२६ पुस, काठमाडौं । संघीयताको विरोधमा राष्ट्रिय जनमोर्चाले आह्वान गरेको उपत्यका बन्दले जनजीवन प्रभावित भएको छ । राजधानी काठमाडौंसहित उपत्यकाका ललितपुर र भक्तपुरमा यातायातका साधन फाट्टफुट्ट सन्चालनमा रहेका छन् । उद्योग, कलकारखाना र शिक्षणसंस्था पनि ठप्प छन् ।
बन्दकर्ताले बन्दको अवज्ञा गरेको भन्दै आज विहान आधार्दजन भन्दा बढी यातायातका साधनमा तोडफोड र आगजनी गरेका छन् । काठमाडौंको बाफल क्षेत्रमा सोल्टी क्यासीनोका कर्मचारी बोकेको बा १ क ४६५० नम्बरको बस तोडफोडपछि आगजनी गरेका प्रहरीले जनाएको छ । डल्लीबजारमा बा १ ज ४७११ नम्बरको ट्याक्सी तथा ललितपुरको कुमारीपाटीमा बा १ ख ७०५१ नम्बरको ट्रकमा तोडफोड गरेका छन् । त्यस्तै बालाजुमा बा १ ज ७२०० र पुतलीसडकमा बा १ ज ९०४७ भाडाको ट्याक्सीमा पनि प्रदर्शनकारीले तोडफोड गरेका छन् ।
राजमोका कार्यकर्ताहरुले संघीयताको विरोधमा नाराबाजी गर्दै विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन् ।
संघियताले देश टुक्रिने भन्दै राष्ट्रिय जनमोर्चाले यसअघि सेती-महाकाली, भेरी-कणर्ाली, लुम्विनी-राप्ती, गण्डकी-धबलागिरी र नारायणी अन्चल बन्द गराइसकेको छ । तर आजनै नेवा राज्य समितिले बन्दको बिरोध गर्दै मोटर साइकल रेली गरेको छं ।